नेपालले एसीसी प्रिमियर कपको उपाधी जित्यो, एसिया कपमा छनौट
मंगलबार, वैशाख १९, २०८०
काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपका लागि छनौट भएको छ । नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपको स्थान सुरक्षित गरेको हो । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने...
नेपालले यूएईलाई ९ रनले हरायो, नेपाल विश्वकप छनौट चरणमा प्रवेश
बिहीबार, चैत २, २०७९
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराएको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको ऐतिहाँसिक जित हासिल गरेको हो । बिहीबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा यूएईमाथि जित हासिल गरेसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको...
दोलखाका भेट्रान उमा खेलाडी उद्धवलाई ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक
बुधबार, मंसिर १४, २०७९
काठमाडौं। दोलखा घर भएका नेपाली भेट्रान खेलाडी उद्धाव थापा मगरले उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक जित्न सफल भएका छन् । युकेको ओर्चेस्टरमा भएको प्रतियोगितामा उद्धवले चाइनिज प्याटर्न फर्ममा स्वर्ण तथा वेपन प्याटर्न फर्ममा रजत जित्न सफल भएका हुन् ।
मेलुङ गाउँपालिकामा फुटबल प्रतियोगिता सुरु
आइतबार, कात्तिक ६, २०७९
चरिकोट – दोलखाको मेलुङ गाँउपालिकामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ । गोरखनाथ युवा क्लबको आयोजनामा सुरु भएको फुटबल प्रतियोगिता को गाँउपालिकाका अध्यक्ष हिरा कुमार थोकर एक समारोहकाबीच उद्घाटन गरे ।
विश्वकप फुटबलमा ३२ देश खेल्ने, यस्तो छ समुह विभाजन !
बुधबार, असार १, २०७९
काठमाडौं - सामान्यतया गर्मी मौसममा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यति बेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यस पटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकाले विश्वकप जाडो महिनामा सारियो ।
कालिञ्चोक गाउँपालिकाले जित्यो अन्तरपालिका स्तरिय शिक्षक भलिवल प्रतियोगिताको उपाधी
आइतबार, वैशाख ४, २०७९
चरिकोट – दोलखाको सदरमुकाम चरिकोटमा आयोजित अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि कालिन्चोक गाउपालिकाले हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा बैतेश्वर गाउपालिकालाई पराजित गर्दै कालिन्चोक गाउँपालिका उपाधी जित्न सफल भएको हो । उपाधि हात पार्ने टोलिले ४० हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
कालिञ्चोकले जित्यो उपाध्यक्ष कपको उपाधि
आइतबार, मंसिर २६, २०७८
चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकामा आयोजित उपाध्यक्ष कप खुल्ला महिला जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधी कालिञ्चोक गाउँपालिकाकै खेलाडीहरुको समुहले सुरक्षित गरेको छ । शनिवार सम्पन्न फाईनल खेलमा जिरी नगरपालिकालाई पराजित गर्दै कालिञ्चोक गाउँपलिका उपाधि जित्न सफल भएको हो ।
कालिञ्चोक गाउँपालिका–६, मा महिला भलिवल प्रतियोगिता सुरु
मंगलबार, कात्तिक १६, २०७८
चरिकोट - दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ मा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ६ को आयोजनामा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले एक समारोहकाबीच उद्घाटन गरे । दिपावलीको अवसरमा सोमवारदेखि जनज्योती माविको प्रांगणमा सुरु भएको अन्तर वडा स्तरिय प्रतियोगिता तीन दिनसम्म चल्नेछ...
नेपालले जित्यो त्रिकोणात्मक टी-२० सिरिजको उपाधि
शनिबार, वैशाख ११, २०७८
काठमाडौं - नेपालले नेदरल्याण्ड्सलाई पराजित गर्दै त्रिकोणात्मक टी २० सिरिजको उपाधि जितेको छ । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गरेको हो । कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीले शानदार ब्याटिङ गरे । उनीहरुको ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर...
दोलखाको जिरीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
शुक्रबार, वैशाख १०, २०७८
जिरी - दोलखाको पर्यटकीय नगरी जिरीमा जिल्ला स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको वाग्मती प्रदेशसभा सांसद पशुपति चौलागाईले उद्घाटन गरे ।