Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको चिलंखामा बन्ने अस्पतालको शिलान्यास, जर्मन नागरिकहरुको सहयोग
दोलखाको चिलंखामा बन्ने अस्पतालको शिलान्यास, जर्मन नागरिकहरुको सहयोग चिलंखा – दोलखाको विगु गाउँपालिका–५, चिलंखामा अस्पताल निर्माण हुने भएको छ । जर्मन नागरिकहरुको सहयोगमा चिलंखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको हो । हेल्थ नेपाल नामक संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीले अस्पताल भवन निर्माणका लागि सहयोग जुटाएको छ ।
कालिञ्चोक गाउंपालिकाले सुरु गर्यो नागरिकको निशुल्क स्वास्थ्य विमा
कालिञ्चोक गाउंपालिकाले सुरु गर्यो नागरिकको निशुल्क स्वास्थ्य विमा चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले आफ्ना प्रत्येक नागरिकको निशुल्क स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले बुधवार एक सार्वजानिक सूचना जारी गर्दै गाउँपालिकाभित्र स्थायी बसोवास गर्ने सबै नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रममा सहभागि हुन आव्हान गरेको छ । 
ईन्टरनेट चल्ने स्थानमा टहरा बनाई अनलाईन कक्षा लिन्छन् विद्यार्थी !
ईन्टरनेट चल्ने स्थानमा टहरा बनाई अनलाईन कक्षा लिन्छन् विद्यार्थी ! चरिकोट – कोरोना जोखिम कायमै छ । जसका कारण सरकारी तथा नीजि क्षेत्रबाट संचालित विद्यालयहरुमा पठनपाठन सुरु हुन सकेको छैन । कोरोना जोखिमका कारण लामो समयसम्म विद्यालय संचालनमा नआउँदा विद्यार्थीहरु आफ्नो भविष्यबारे चिन्तित छन् । वालवालिकाको पढाई बिग्रिदा अविभावकहरुलाई कम्ता पिरलो छैन । 
एसईई परीक्षाको नतिजा प्रकाशन, यसरी हेर्न सकिन्छ नतिजा
एसईई परीक्षाको नतिजा प्रकाशन, यसरी हेर्न सकिन्छ नतिजा काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशन गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईई परीक्षामा सहभागि थिए ।
कक्षा १२ को परीक्षा स्थगित गर्ने बोर्डको निर्णय
कक्षा १२ को परीक्षा स्थगित गर्ने बोर्डको निर्णय काठमाण्डौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । एक उच्च अधिकारीका अनुसार परीक्षा स्थगित गरिएपनि अर्को मिति तय भैनसकेको बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिइने जानकारी दिए । 
नेपालमा हालसम्म ९७ लाख ८२ हजार डोज खोप भित्रियो
नेपालमा हालसम्म ९७ लाख ८२ हजार डोज खोप भित्रियो काठमाण्डौं  - नेपालमा कोरोना भाइरस विरूद्धको झण्डै एक करोड खोप भित्रिएको छ । चीनबाट सरकारले खरिद गरेको ४० लाख भेरोसेल खोप शुक्रवार आईपुगेसँगै नेपाल आईपुगेको खोपको परिमाण ९७ लाख ८२ हजार डोज पुगेको हो । चीनबाट पाँचौ पटक वाइडवडी जहाजमार्फत बेइजिङबाट थप खोप काठमाण्डौं आईपुगेको हो ।
३४ बुँदे पेशागत मागसहित शिक्षक महासंघले सुरु गर्यो रिले अनशन
३४ बुँदे पेशागत मागसहित शिक्षक महासंघले सुरु गर्यो रिले अनशन मैनापोखरी - नेपाल शिक्षक महासंघ दोलखाले विभिन्न पेशागत माग राख्दै रिले अनशन सुरु गरेको छ । शिक्षक महासंघले शुक्रवारदेखि जिल्लाका सवै स्थानीय तहको कार्यलयमा आफ्न ३४ बुँदे विभिन्न माग सहित रिले अनशन सुरु गरेको हो । नेपाल शिक्षक महासंघ बैतेश्वरले पनि गाउँपालिकाको कार्यालयमा मागपत्र पेश गर्दै रिले अनसन सुरु गरेको...
चीन सरकारले जिरी नगरपालिकालाई उपलव्ध गरायो ठुलो मात्रामा स्वास्थ्य सामाग्री
चीन सरकारले जिरी नगरपालिकालाई उपलव्ध गरायो ठुलो मात्रामा स्वास्थ्य सामाग्री चरिकोट – चीन सरकारले दोलखाको जिरी अस्पतालका लागि ७८ लाख बरावरको स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको छङदु नगरपालिकाले अक्सिजन कन्सन्टेटर, पीपीई सेट, सर्जिकल ग्लोब्स, सर्जिकल माक्स, तथा सेनिटाईजर गरी ७८ लाख भन्दा बढि मुल्यको स्वास्थ्य सामाग्री उपलव्ध गराएको हो । 
आहा ! बसन्तमा मन नअघाउने सुन्दर शैलुङ (फोटोफिचर)
आहा ! बसन्तमा मन नअघाउने सुन्दर शैलुङ (फोटोफिचर) आहा ! बसन्तको हरियाली, हराभरा शैलुङका डाँडापाखा । प्रकृति र अध्यात्मको दोभान मानिने शैलुङ पुग्दा धर्तिकै स्वर्ग पुगेको अनुभुति हुन्छ । तन र मनमा आनन्द र ऊर्जा भरिन्छ । तामाङ भाषाको शब्द ‘शैलुङ’ को नेपाली अर्थ हुन्छ–सय थुम्का । धानको थुप्रो जस्ता थुम्काहरू छन् यहाँ । कुनै अग्ला त कुनै...
एसईई परीक्षाको नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी
एसईई परीक्षाको नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी काठमाण्डौं - यो वर्षको (एसईई) को अन्तिम नतिजा साउन मसान्तसम्म प्रकाशित गर्ने तयारी भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले त्यसका लागि हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्ने काम गरिरहेका छन् । उक्त कार्य गर्न अझै केही समय लाग्ने भएकाले नतिजा प्रकाशन पनि ढिलाई हुने भएको हो ।
दोलखाको अर्को आकर्षक गन्तव्य, यस्तो बन्दैछ ‘मञ्जुश्री पार्क’ (तस्बिरहरु)
दोलखाको अर्को आकर्षक गन्तव्य, यस्तो बन्दैछ ‘मञ्जुश्री पार्क’ (तस्बिरहरु) चरिकोट – भीमेश्वर नगरपालिका–२, स्थित मञ्जुश्री पार्कलाई नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने भएको छ । नगरपालिकाले उक्त पार्कलाई पर्यटकहरुको आकर्षक गन्तव्य बनाउन निर्माण कार्य अघि बढाएको छ । भीनपा–२ का अध्यक्ष बिराज श्रेष्ठका अनुसार पार्कको सम्पूर्ण संरचना तयार गर्न लगभग ७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
कक्षा १२ को परीक्षा साउन तेस्रो सातापछि संचालन गर्ने बोर्डको तयारी
कक्षा १२ को परीक्षा साउन तेस्रो सातापछि संचालन गर्ने बोर्डको तयारी काठमाडौँ - कक्षा १२ को परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आगामी साउन तेस्रो सातापछि गर्ने तयारी गरेको हो । परीक्षा वैशाखमा सम्पन्न गर्नुपर्ने थियो । तर कोभिड–१९ महामारीका कारण पछि सारिएको हो ।
Weather Update