सरकारसँग सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता
शुक्रबार, असोज ५, २०८०
शिक्षकहरुको आन्दोलनले देशभरका सामुदायिक विद्यालय ठप्प
बिहीबार, असोज ४, २०८०
काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय ठप्प भएका छन् । सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकलाई लिएर शिक्षकहरुले दोस्रो दिन पनि सडक आन्दोलन जारी राखेका छन् । काठमाडौं केन्द्रीत आन्दोलनका कारण देशभरिका सामुदायिक विद्यालय बन्द छ ।
शिक्षा विधेयकको बिरोधमा काठमाडौंमा शिक्षकहरुको प्रदर्शन
बुधबार, असोज ३, २०८०
काठमाडौं । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको बिरोधमा शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा उत्रिएका छन् । विद्येयकका केही प्रावधानमा शिक्षक संघ संगठनहरुको आपत्ती छ । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका छन् ।
शिक्षक हुन स्नातक र स्नातकोत्तर अनिबार्य
बुधबार, भदौ २७, २०८०
काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रावधान ल्याएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।
शिक्षक राजनीतिक गतिविधिमा संलग्न भए जागिर चट
बुधबार, भदौ २७, २०८०
काठमाडौं । सार्वजनिक विद्यालयका शिक्षकले बहाल रहेर अन्य देशको आवासीय अनुमतिका लागि निवेदन दिन नपाउने भएका छन् । शिक्षकले त्यसरी अनुमति मागेको प्रमाणित भएमा ऊ कारबाहीको भागिदार हुने व्यवस्था नयाँ शिक्षा ऐनमा गरिएको छ ।
अलैचीको भाउ बढ्यो, किसान उत्साहित
आइतबार, भदौ २४, २०८०
काठमाण्डौं । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ। अलैँचीको नयाँ उत्पादन बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो। बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन्।
शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन सकिने
मंगलबार, भदौ १२, २०८०
काठमाडौं । विद्यार्थीहरुले अब शैक्षिक प्रमाणपत्र सच्याउने अबसर पाउने भएका छन् । मन्त्री परिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा प्रमाणपत्रको ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको हो ।
चरिकोट स्थित अस्पतालको जनरल बेड अब निशुल्क
बिहीबार, साउन ३२, २०८०
चरिकोट । दोलखा सदरमुकाम चरिकोट स्थित पशुपति स्मृति प्रादेशिक अस्पतालको सामान्य शैया (जनरल बेड) निशुल्क हुने भएको छ । यो अस्पतालसहित वाग्मती प्रदेश सरकारमातहतका १३ वटा सरकारी अस्पतालमा भदौ १ गते अर्थात शुक्रबारदेखि जनरल बेड निःशुल्क हुने भएको हो ।
एसईईको ग्रेडबृद्धि परीक्षा साउन २६ र २७ गते
शनिबार, असार २३, २०८०
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।
वाग्मती प्रदेशमा २१ प्रतिशत मात्रै रोपाई
शनिबार, असार २३, २०८०
हेटौंडा । बागमती प्रदेशमा यस वर्ष रोपाईमा ढिलाई भएको छ । हालसम्मको तथ्यांक अनुसार यो प्रदेशमा २१ प्रतिशतमात्रै धान रोपाइँ सकिएको छ । कृषि विकास निर्देशनालय हेटौंडाका अनुसार यस वर्ष मनसुन ढिला गरी सुरु भएको कारण असार अन्तिम हप्तासम्म रोपाइँ २१ प्रतिशतमात्र भएको हो ।
यस्तो छ, एसईई परीक्षामा दोलखाको नतिजा
शुक्रबार, असार २२, २०८०
चरिकोट । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा संचालन गरेको एसईई (माध्यमिक शिक्षा परीक्षा) मा दोलखाबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या न्युन देखिएको छ । २०७९ सालको एसईई परीक्षामा दोलखाका ६० जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।
एसईई प्रमाणपत्रमा नाम, थर र जन्ममिति सच्याउन ६ महिनाको समय
शुक्रबार, असार २२, २०८०
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन सक्ने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्रमाणपत्र सच्याउन परेमा अबको ६ महिनाभित्र निवेदन दिन सकिने छ ।
‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला...