Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वैतेश्वर अस्पतालले तोक्यो १३ हजारसम्म एम्बुलेन्सको नयाँ भाडादर
वैतेश्वर अस्पतालले तोक्यो १३ हजारसम्म एम्बुलेन्सको नयाँ भाडादर चरिकोट - कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण लकडाउन जारी रहँदा बैतेश्वर गाउँपालिकाले एम्बुलेन्सको नयाँ भाडादर कायम गरेको छ । गाउँपालिकाले यही जेठ १५ गतेदेखि लागु हुनेगरी एन्बुलेन्सको नयाँ भाडादर कायम गरेको हो । जस अनुसार बैतेश्वर अस्पतालबाट काठमाण्डौंसम्मको भाडादर १० हजार तोकिएको छ ।
स्थानीय तहमा धमाधम विद्यालय समायोजन र दरबन्दी मिलान, तामाकोसीका ५ विद्यालय खारेज
स्थानीय तहमा धमाधम विद्यालय समायोजन र दरबन्दी मिलान, तामाकोसीका ५ विद्यालय खारेज दोलखाका स्थानीय तहले धमाधम विद्यालयको तह समायोजन र शिक्षक दरबन्दी मिलान प्रक्रिया अघि बढाएका छन् । नयाँ शैक्षिक सत्रको पुर्वसन्ध्यामा स्थानीय तहहरुले विद्यार्थी संख्यालाई आधार मानेर विद्यालय खारेज, घटुवा र दरबन्दी मिलान गरेका हुन् । जसअनुसार तामाकोसी गाउँपालिकाका ५ वटा विद्यालय खारेज गरिएको छ ।
फेला परेका वन्यजन्तु संरक्षण क्षेत्रलाई बुझाउँछन्, स्थानीय
फेला परेका वन्यजन्तु संरक्षण क्षेत्रलाई बुझाउँछन्, स्थानीय गौरीशंकर संरक्षण क्षेत्र आयोजना अन्तर्गत दोलखाको विगु गाँउपालिका ५ बाट रतुवा मृगको उद्धार गरिएको छ । विगु गाउँपालिका ५, लाईसेप भन्ने स्थानबाट बुधवार रतुवा मृगको उद्दार गरिएको हो । स्थानीय खिम बहादुर खड्काले गाईवस्तु चराउन जाने क्रममा फेला पारेको रतुवा मृगको पाठोलाई उद्धार गरी गौरीशंकर संरक्षण क्षेत्रमा खबर गरेका थिए...
लकडाउनमा खुलेको गौरीशंकर हिमाल (तस्बिरहरु)
लकडाउनमा खुलेको गौरीशंकर हिमाल (तस्बिरहरु) मुलुक लकडाउन (बन्दावन्दी) मा रहँदा दोलखाको प्रसिद्ध गौरीशंकर हिमाल आईतवार खुलेर निकै सुन्दर देखियो । दिनभरको वर्षापछि सूर्यास्तको समयमा मौसममा देखिएको सुधारसँगै गौरीशंकर मनमोहक देखिएको थियो । उक्त तस्वीर धेरैको क्यामेरा र मोवाईलमा कैद भयो । हिन्दु धर्मावलम्बीहरुको आराध्येदेव शिव र पार्वतीको पतीकका रुपमा गौरीशंकर हिमालाई लिने गरिन्छ । ७१३४...
सिताकोथान–जुँगु–झ्याँकु–भोर्ले सडकको स्तरोन्नती हुने, ९२ करोडको वोलपत्र आव्हान
सिताकोथान–जुँगु–झ्याँकु–भोर्ले सडकको स्तरोन्नती हुने, ९२ करोडको वोलपत्र आव्हान उक्त सडक स्तरोन्नतीका लागि वाग्मती प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले आज वोलपत्र समेत आव्हान गरेको छ । सडक स्तरोन्नतीका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष ९२ करोड रुपैयाँ छुट्याएको छ । वोलपत्र आव्हानसँगै सडक स्तरोन्नती हुने निश्चित भएको छ ।
‘कोरोनाको डर छैन, वाली भित्र्याउन पाईएन’
‘कोरोनाको डर छैन, वाली भित्र्याउन पाईएन’ कोरोना भाईरस भन्दा मौसमले साथ नदिएको प्रति किसानलाई चिन्ता छ । निरन्तर वर्षा भएपछि उनीहरुलाई गहुँबाली कसरी भित्र्याउने भन्ने पिरलो छ । विहान मौसम खुल्ने आसमा खेताला भनिएपनि दिउँसो पानी परेपछि मेला त्यत्तिकै बीचमा छोड्नुपर्ने बाध्यता छ । कोरोनाको त खासै वास्ता लाग्दैन तर वैशाखे झरीले पो गर्नुगर्यो, न गहुँ...
एसईई तथा कक्षा ११ र १२ को परीक्षा सुचारु गर्न यस्तो विकल्पमा गृहकार्य
एसईई तथा कक्षा ११ र १२ को परीक्षा सुचारु गर्न यस्तो विकल्पमा गृहकार्य परीक्षार्थीलाई सहज हुने गरी केन्द्रहरू थपेर परीक्षा संचालन गर्ने लगायतका विकल्पहरुमाथि छलफल भैरहेको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइहरूसँग आवश्यक विवरण माग गरेको छ । जिल्लाका इकाइहरूलाई परिपत्र गर्दै कार्यालयले ‘विद्यार्थीहरूले परीक्षा दिनकै लागि कोठा भाडामा बस्नु नपर्ने गरी घरबाटै केन्द्रसम्म आउजाउ गर्न...
गुरांसै फुल्दा वनै रमाईलो..
गुरांसै फुल्दा वनै रमाईलो.. कोरोनाको विश्वव्यापी महामारीका बीच पनि भीरदेखि पाखासम्म गुराँसले नियमित प्रक्रिया छाडेको छैन । विडम्बना, गुराँससँग रम्नेहरु हिजोआज कोही छैनन् । लकडाउनका कारण हिँडडुल बन्द छ । लाग्छ, गुराँसका थुँगाहरु कोही आउने प्रतीक्षामा छन् । देशका डाँडापाखाहरु गुरासले मनमोहक बनाएका बेला कोभिड १९ (कोरोना भाईरस) ले सबैलाई घरभित्र कैद गराएको छ...
तामाकोशी आयोजना : भूकम्प र नाकाबन्दीपछि कोरोना भाईरसको प्रहार
तामाकोशी आयोजना : भूकम्प र नाकाबन्दीपछि कोरोना भाईरसको प्रहार कोरोनाभाइरस सङ्क्रमणका कारण देशमा लकडाउन भएसँगै माथिल्लो तामाकोशी आयोजनाको काममा पनि असर पुगेको हो । ९९ दशमलव ४ प्रतिशत काम सम्पन्न भइ आउँदो असारदेखि विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको भनिएको आयोजना निर्माणको अन्तिम चरणमा आएर कोरोनाभाइरसको सङ्क्रमणको जोखिम बढेपछि प्रायस् बाँकी काम रोक्नुपरेको आयोजनाले जनाएको छ । आयोजनाका...
Weather Update