नेपालमा कोरोना बिरुद्धको तीन खोप परीक्षण गर्ने तयारी
आइतबार, भदौ ७, २०७७
काठमाण्डौं - विश्वका तीन प्रतिष्ठित खोप उत्पादक कम्पनीले उत्पादन गरेको कोरोना भाईरस विरुद्धको खोप नेपालमा परीक्षण गर्ने प्रक्रिया अघि बढाईएको छ । नेपालमा तेस्रो चरणको खोप परीक्षणको तयारी गरिएको हो ।
एसईई दिएका हज्जारौं विद्यार्थी कक्षा ११ पढ्नबाट बञ्चित हुने
शुक्रबार, भदौ ५, २०७७
काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) मा औसत ग्रेड नल्याएका विद्यार्थीहरुले कक्षा ११ पढ्न नपाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार ४ लाख ७२ हजार ७२ विद्यार्थीको नतिजा सार्वजानिक गरेको थियो ।
एसईई परीक्षाको नतिजा सार्वजानिक
सोमबार, भदौ १, २०७७
काठमाडौँ — यो वर्षको एसईई परीक्षाको नतिजा आज सार्वजानिक भएको छ । सोमबार साँझ नतिजा प्रकाशित भएको हो ।
५५ शैयाको दोलखा अस्पतालले सुरु गर्यो सम्पूर्ण सेवा
सोमबार, साउन २६, २०७७
दोलखा—धुलिखेल अस्पताल अन्तर्गत दोलखावजारस्थित दोलखा अस्पतालले सम्पूर्ण उपचार सेवा सुरु गरेको छ । काठमाडौं विश्वविद्यालयको गुणस्तरीय स्वास्थ्य सेवा जनताको घर दैलोमा भन्ने नाराका साथ धुलिखेल अस्पतालद्धारा दोलखा बजारमा ५५ शैया क्षेमताको दोलखा अस्पताल सञ्चालन सुरु गरेको हो ।
त्रिभुवन माविको आर्थिक अनुशासनमाथि प्रश्न, बेरुजुपछि वजेट फ्रिज
शुक्रबार, साउन ९, २०७७
चरिकोट — दोलखाको मेलुङ गाउँपालिका स्थित त्रिभुवन माविको नाममा डेढ करोड रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा विद्यालयले प्राप्त गरेको १ करोड ५० लाख रकम वेरुजु रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले देखाएको छ । विद्यालयले आर्थिक अनुशासनको पालनासँगै नियमानुसार खर्च नगरेपछि डेढ करोड बजेटलाई महालेखा परिक्षकको प्रतिवेदनले वेरुजु...
कृषि उत्पादन बढी गर्ने कृषकलाई पुरस्कार र अनुदान
आइतबार, साउन ४, २०७७
चरिकोट — दोलखा जिल्लाको मेलुङ गाउँपालिकाले बढी कृषि उत्पादन गर्ने व्यवसायिक कृषकलाई पुरस्कार दिने घोषणा गरेको छ । कृषि क्षेत्रमा बढ्दै गएको परनिर्भरता हटाउन र व्यवसायिक कृषि उत्पादनलाई बढवा दिन भन्दै गाउँपालिकाले खाद्यन्न तथा तरकारी बढी उत्पादन गर्ने कृषकका लागि यस्तो कार्यक्रम ल्याएको हो ।
दोलखाको हलेश्वर र दुर्गा मावि नमुना विद्यालयका लागि छनौट
बिहीबार, साउन १, २०७७
चरिकोट - दोलखाका दुई मावि नमुना विद्यालयका लागि छनौटमा परेका छन् । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले दोलखाको दुई विद्यालयलाई पनि नमुना विद्यालयको रुपमा स्तरोन्नती गर्न छनौट गरेको हो ।
अनलाईन कक्षा बन्द गर्ने निजी विद्यालय संचालकहरुको घोषणा
बुधबार, असार ३१, २०७७
काठमाडौँ — निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । प्याब्सन, एनप्याब्सनले बिहीबारदेखि देशभर अनलाइन र दूरशिक्षाको पठनपाठन रोक्ने निर्णय गरेका हुन् ।
दोलखा र सिन्धुपाल्चोकका पशुपालक कृषकलाई डेढ करोड बढि अनुदान
बुधबार, असार ३१, २०७७
चरिकोट- दोलखा र सिन्धुपाल्चोकको पशुपालक कृषकले डेढ करोड भन्दा बढि अनुदान पाएका छन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले दुई जिल्लाका पशुपालक कृषकलाई उक्त अनुदान दिएको हो । दुई जिल्लाका ९९ कृषि फार्म, समुह र सहकारीहरुले १ करोड ६३ लाख ५६ हजार...
यार्चागुम्बा संकटमा पर्दै गएपछि राखियो सम्वेदनशील सूचीमा
मंगलबार, असार ३०, २०७७
काठमाडौँ — बहुमूल्य जडीबुटी यार्चागुम्बु संवेदनशील (जोखिम–उन्मुख) प्रजातिको सूचीमा परेको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले १५ वर्षयता अत्यधिक संकलनका कारण यार्चा उत्पादनमा ३० प्रतिशतले ह्रास आएको भन्दै संवेदनशील सूचीमा राखेको हो ।
कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनलाई आधार मान्ने निर्णय
आइतबार, असार २१, २०७७
काठमाडौँ — कोरोना भाईरस् (कोभिड १९) का कारण यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले गरेको हो ।
बाबा प्लिज मामुसँग झगडा नगर्नू !
शनिबार, असार २०, २०७७
दम्पतीबीच मनमुटाव हुन्छ । भनाभन हुन्छ । ठाकठुक पर्छ । यो सामान्य क्रिया हो । परिवार चलाउनुपर्ने दायित्वबीच कतिपय कुरामा मतभेत रहन्छ । यस्ता मतभेतलाई कसरी सल्टाउने भन्दा पनि त्यसमा आफु हावी हुन खोज्ने प्रवृत्ति अक्सर श्रीमान्(श्रीमतीमा हुन्छ । यही प्रयासले उनीहरुबीच तनाव पैदा गर्छ । तनावले मनमुटाव । मनमुटावले...