Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
काफ्ले बने कांग्रेस वाग्मती प्रदेशसभाको मुख्य सचेतक
काफ्ले बने कांग्रेस वाग्मती प्रदेशसभाको मुख्य सचेतक हेटौंडा । दोलखा प्रदेशसभा क्षेत्र नम्बर १ का सांसद कुन्दनराज काफ्ले नेपाली कांग्रेस वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् । कांग्रेस युवा नेता समेत रहेका काफ्लेलाई कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकमा चयन गरेको हो ।
वाग्मती प्रदेशसभाको उपसभामुखमा चापागाई निर्वाचित
वाग्मती प्रदेशसभाको उपसभामुखमा चापागाई निर्वाचित हेटौंडा । बागमती प्रदेशसभाको उपसभामुखमा सत्तारुढ घटककी उम्मेदवार अप्सरा चापागाई निर्वाचित भएकी छन् । सोमबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा ६१ मत पाएर चापागाई निर्वाचित भएकी हुन् । ११० सदस्यीय प्रदेशसभामा उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ३९ मत परेको छ ।
वाग्मती प्रदेशमा मन्त्रालयको संख्या घटाउने तयारी
वाग्मती प्रदेशमा मन्त्रालयको संख्या घटाउने तयारी हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयहरुको संख्या घटाईने भएको छ । सरकारले मन्त्रालयको संख्या घटाउन प्रमुख सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
‘प्रदेश कार्यालयहरु छुट्टै संचालन हुँदा बिकृति बढ्यो, सिधै स्थानीय तहलाई जिम्मा दिनुपर्छ’
‘प्रदेश कार्यालयहरु छुट्टै संचालन हुँदा बिकृति बढ्यो, सिधै स्थानीय तहलाई जिम्मा दिनुपर्छ’ चरिकोट – नेकपा एमाले पोलिट व्युरो सदस्य एवं पुर्वमन्त्री पार्वत गुरुङले प्रदेश अन्तर्गतका कार्यालयहरुले छुट्टै काम गर्ने परिपाटीले विकृति जन्मिएको बताएका छन् । प्रदेश सरकार मातहतका बिभिन्न कार्यलयहरुले छुट्टै कार्यसम्पादन गर्ने संरचनाले विकृति मौलाउँदै गएको र सुशासनमा प्रश्न उठेको उनले बताए ।
वाग्मती प्रदेश सरकारले फेरी ल्यायो अध्यादेश
वाग्मती प्रदेश सरकारले फेरी ल्यायो अध्यादेश हेटौंडा - वाग्मती प्रदेश सरकारले संसद छल्दै पुनः २ वटा अध्यादेश ल्याएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको हो ।
२७ करोड ६४ लाखको नयाँ सवारी किन्ने वाग्मती प्रदेश सरकारको तयारी
२७ करोड ६४ लाखको नयाँ सवारी किन्ने वाग्मती प्रदेश सरकारको तयारी हेटौंडा - वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षमा २७ करोड ६४ लाख २० हजार रुपैयाँको गाडी किन्ने तयारी गरेको छ । प्रदेश सरकारले मर्मतसम्भारका लागि मात्रै ७३ करोड ८५ लाख ५७ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
वाग्मती प्रदेशसभा प्रभावहिन, संसद छलेर फेरी अध्यादेश ल्याउने तयारी
वाग्मती प्रदेशसभा प्रभावहिन, संसद छलेर फेरी अध्यादेश ल्याउने तयारी हेटौंडा - बागमती प्रदेशसभा निष्प्रभाबी जस्तै बनेको छ । राजनीतिक दलहरु सत्ताको झिनाझप्टीमा केन्द्रित हुँदा प्रदेशसभा गतिहिन बनेको हो । सरकारको नेतृत्व परिवर्तनका लागि गठबन्धनका नेताहरु लाग्दा प्रदेश संसदको काम ओझेलमा परेको छ । जसको असर विकास निर्माणदेखि नीति निर्माणसम्म परेको छ ।
वाग्मती प्रदेशका १३ जिल्लामा कस्तो छ, अपराधिक घट्नाको स्थिति ? (हेर्नुस् तथ्यांक)
वाग्मती प्रदेशका १३ जिल्लामा कस्तो छ, अपराधिक घट्नाको स्थिति ? (हेर्नुस् तथ्यांक) हेटौंडा – वाग्मती प्रदेशमा अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष बिभिन्न अपराधहरुको संख्या घटेको तथ्यांक प्रहरीले सार्बजानिक गरेको छ । वाग्मती प्रदेशका १३ वटा जिल्लाको दुई वर्षको तुलनात्मक अपराधको बिवरण प्रदेश प्रहरी कार्यालयले सार्बजानिक गरेको हो । जस अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४५९४ बिभिन्न प्रकृतिका मुद्धा दर्ता भएकोमा...
वाग्मती प्रदेशका जनप्रतिनिधिहरुको प्राफाईल समेटिएको ‘जनप्रतिनिधि’ पुस्तक विमोचन
वाग्मती प्रदेशका जनप्रतिनिधिहरुको प्राफाईल समेटिएको ‘जनप्रतिनिधि’ पुस्तक विमोचन हेटौंडा - फोटो नेपालले बाग्मती प्रदेशका सांसदहरुको प्रोफाईल समेटिएको पुस्तक सार्वजानिक गरेको छ । ‘जनप्रतिनिधि बागमती प्रदेस’ नामक पुस्तकको आईतबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले विमोचन गरे ।
दोलखाको बाढीपहिरो प्रभावित क्षेत्रका लागि तत्काल ७५ लाख निकासा दिने निर्णय
दोलखाको बाढीपहिरो प्रभावित क्षेत्रका लागि तत्काल ७५ लाख निकासा दिने निर्णय हेटौंडा - वाग्मती प्रदेशले दोलखाको बाढी पहिरो प्रभावित क्षेत्रका लागि ५ लाख रुपैयाँ तत्काल निकासा गर्ने भएको छ । बागमती प्रदेश विपत व्यवस्थापन निर्देशक समितिको सोमवार विाहन बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बाढीपहिरो पीडितको घर सरकारले बनाईदिन्छ : मुख्यमन्त्री पौडेल
बाढीपहिरो पीडितको घर सरकारले बनाईदिन्छ : मुख्यमन्त्री पौडेल हेटौंडा - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाढीपहिरो पीडितका घर प्रदेश सरकारले बनाईदिने आशवासन दिएका छन् । प्रदेशसभामा सांसद्हरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पौडलले यस्तो घोषणा गरेका हुन् । उनले प्रदेशरभर बाढीपहिरोका कारण घरबारविहीन भएकाहरुलाई घर बनाइदिन सरकार तयार रहेको बताए ।
व्यबस्थित योजनासहित सार्वजानिक यातायात सुचारु गर्नुपर्छ : सांसद खड्का
व्यबस्थित योजनासहित सार्वजानिक यातायात सुचारु गर्नुपर्छ : सांसद खड्का हेटौँडा — वाग्मती प्रदेशका सांसद विशाल खड्काले व्यवस्थित योजना सहित सार्बजानिक यातायात सुचारु हुनुपर्ने बताएका छन् । प्रदेशसभामा आईतवार आफ्नो धारणा राख्दै सांसद खड्काले जनताको पिडालाई मध्येनगर गर्दै व्यवस्थित योजनासहित सार्वजानिक यातायात सुचारु गर्नुपर्ने आवाज उठाए ।
Weather Update