Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दशैं तिहारको अवधिमा बाग्मती प्रदेशमा १५६ वटा सवारी दुर्घट्ना
दशैं तिहारको अवधिमा बाग्मती प्रदेशमा १५६ वटा सवारी दुर्घट्ना हेटौँडा । बागमती प्रदेशका १० जिल्ला (काठमाण्डौँ उपत्यका) बाहेकमा दशैको सुरुवातदेखि तिहार अवधिभर १५६ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको अनुसार चार्डपर्बको समयमा भएको १५६ वटा सवारीसाधन दुर्घटनामा परि २३ जनाको मृत्यु भएको छ ।
दोलखाका मैनाली वाग्मती प्रदेश नीति तथा योजना आयोग सदस्यमा नियुक्त
दोलखाका मैनाली वाग्मती प्रदेश नीति तथा योजना आयोग सदस्यमा नियुक्त काठमाडौं । बामगती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. प्रदिपकुमार मैनाली नियुक्त भएका छन् । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद बैठकले मैनालीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
वाग्मती प्रदेशसभामा भाषा विद्येयक पेश गर्ने निर्णय
वाग्मती प्रदेशसभामा भाषा विद्येयक पेश गर्ने निर्णय काठमाडौँ । वाग्मती प्रदेश सरकारले भाषासम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले भाषा सम्बन्धी विद्येय प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको हो । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको आन्तरिक मामिला...
वाग्मती प्रदेशको मन्त्रिपरिषद पुर्नगठनमा सकस
वाग्मती प्रदेशको मन्त्रिपरिषद पुर्नगठनमा सकस हेटौँडा । बागमती प्रदेशमा मन्त्रालय बाँडफाँटका विषयमा सत्ता गठबन्धन दलहरुबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद बिस्तारमा अन्यौलता उत्पन्न भएको छ । सत्ता साझेदार दलहरुले मन्त्रालय भागबन्डा मिलाउन प्रदेश स्तरमा कार्यदल गठन गरेका थिए । तर कार्यदलले सहमति जुटाउन सकेको छैन ।
वाग्मती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय
वाग्मती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय काठमाडौँ । नेपाली कांग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए ।
वाग्मतीका १३ वटै जिल्लामा एकिकृत सेवा कार्यालय संचालन गर्ने तयारी
वाग्मतीका १३ वटै जिल्लामा एकिकृत सेवा कार्यालय संचालन गर्ने तयारी हेटौंडा । वाग्मती प्रदेश सरकारका १३ वटै जिल्लाहरुमा सेवा कार्यालय संचालन गर्ने तयारी गरिएको छ । प्रदेशका १३ वटै जिल्लामा सेवा कार्यालय खोल्ने विषय यसअघि पनि सरकारको प्राथमिकतामा परेको थियो । यस पटक भने सरकारले सबै जिल्लामा एकीकृत सेवा कार्यालय संचालनमा ल्याउने गरी तयारी अघि बढाएको छ ।
वाग्मतीमा प्रदेशमा मन्त्रालय संख्या घटाईयो
वाग्मतीमा प्रदेशमा मन्त्रालय संख्या घटाईयो हेटौंडा । वाग्मती प्रदेशमा मन्त्रालयको संख्या घटाएर ११ वटा मन्त्रालयमा सिमित गरिने भएको छ । मन्त्रालयको संख्या घटाउनका लागि तयार पारेको कार्यदलले दिएको सुझावका आधारमा प्रदेशमा बढीमा ११ वटा मन्त्रालय कायम गरिने भएको हो । मुख्यमन्त्रीको कार्यभार सम्हाले लगत्ते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालयको संख्या घटाउन प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको...
Weather Update