Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मधेस प्रदेश सरकारबाट एमाले मन्त्रीहरुले दिए राजीनामा
मधेस प्रदेश सरकारबाट एमाले मन्त्रीहरुले दिए राजीनामा जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले मंगलबार राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष उनीहरुले राजीनामा पत्र बुझाएका हुन् ।
उपनिर्वाचन : रास्वपाबाट लामिछाने, वाग्ले र खरेल मैदानमा
उपनिर्वाचन : रास्वपाबाट लामिछाने, वाग्ले र खरेल मैदानमा काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन लड्ने उम्मेदवारहरू घोषणा गरेको छ । शनिबार पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै रास्वपाले पार्टी सभापति रवि लामिछाने, अर्थशास्त्री स्वर्णिम वाग्ले र पूर्वडीआईजी रमेश खरेललाई उपनिर्वाचनको उम्मेदवार घोषणा गरेको हो । तीन निर्वाचन क्षेत्रमा २०८० वैशाख १० मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ । 
तीन महिनामा सातौं पटक मन्त्रिपरिषद हेरफेर
तीन महिनामा सातौं पटक मन्त्रिपरिषद हेरफेर काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन् । तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्मा हेरफेर हुन लागेको हो । पुस ११ मा शपथ लिएसँगै उनले माघ ३, १४ र २३, फागुन १४ र १६ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
सत्तारुढ गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा
सत्तारुढ गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डा टुंगो लगाएको छ । गठबन्धनको शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डा लगभग टुंग्याएको हो । मन्त्रालय टुंगो लगाउन बुधबार साँझ बालुवाटारमा गठबन्धन दलका शिर्ष नेताहरुको बैठक बसेको थियो ।
नेकपा एसका बरिष्ठ नेताहरु एमाले फर्किने तयारीमा
नेकपा एसका बरिष्ठ नेताहरु एमाले फर्किने तयारीमा काठमाडौं । नेकपा एकीकृत समाजवादीका केही वरिष्ठ नेताहरूले नेकपा एमालेमै फर्किने तयारी गरेका छन् । नेकपा एसका संस्थापक नेताहरू मुकुन्द न्यौपाने, केदार न्यौपाने र चूडामणि जंगली एमालेमा फर्किन छलफलमा छन् । एमालेमा फर्किने तयारी गरेका मुकुन्द न्यौपाने पार्टीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा छन्  उनले...
मन्त्रिपरिषद अझै बिस्तार हुन सकेन, भागबण्डा मिलाउन सकस
मन्त्रिपरिषद अझै बिस्तार हुन सकेन, भागबण्डा मिलाउन सकस काठमाडौं । सत्तारुढ गठबन्धनभित्र शक्ति बाँडफाँडको भागबण्डा नमिलेपछि मन्त्रिपरिषद् विस्तार अझै हुन सकेको छैन । दश दलीय गठबन्धनमा साना दलले धेरै मन्त्रालयमा दाबी गरेपछिमा मन्त्रिपरिषद बिस्तारमा ढिलाई भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसद संख्याको आधारमा मन्त्रालय भागबन्डाको प्रस्ताव गरेपनि साना दलले अडान छाडेका छैनन् । 
वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिएका छन् । ११० सदस्यीय प्रदेशसभा रहेकोमा ६७ सांसदले मुख्यमन्त्री जमकट्टेलको पक्षमा विश्वासको मत दिए । विश्वासको मतको विपक्षमा १७ मत मात्रै परेको छ । ७ जना सांसद तटस्थ बसेका छन् ।
संसदीय समिति नबनाई संसद अधिवेशन सकिँदै
संसदीय समिति नबनाई संसद अधिवेशन सकिँदै काठमाण्डौं । संसद्को चालु अधिवेशन सकिने दिन धेरै छैन । तर मिनी संसद्का रूपमा चिनिने संसदीय समिति गठन लगायतका काम भने अझै अधुरो छ । संसद्ले अहिलेसम्म प्रतिनिधिसभा नियमावली समेत पास गरेको छैन । नियमावली पास नहुँदा संसदीय समिति गठनको प्रक्रिया रोकिएको हो । 
उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु
उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु काठमाडौं । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ । त्यसका लागि तय भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता गर्न लागेको जनाएको छ । 
प्रधानमन्त्रीले दोस्रो पटक लिए विश्वासको मत
प्रधानमन्त्रीले दोस्रो पटक लिए विश्वासको मत काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट सोमबार दोस्रो पटक विश्वासको मत लिएका छन् । प्रधानमन्त्री दाहालले तीन महिनाको अबधीमा दोस्रो पटक विश्वासको मत लिनु परेको हो । उनी चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । 
प्रधानमन्त्रीले फेरी भने : राष्ट्रिय सहमतिको विकल्प छैन
प्रधानमन्त्रीले फेरी भने : राष्ट्रिय सहमतिको विकल्प छैन काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको कुरा दोहोर्याएका छन् । संकट र सम्भावना दुबैले राष्ट्रिय सहमतिको माग गरेको उनले बताए । सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरु विभाजित हुन र एमाले र राप्रपालाई विश्वासको मत दिएर राष्ट्रिय एकतामा सहभागी हुन आग्रह समेत गरे । 
रामसहायप्रसाद यादव बने उपराष्ट्रपति
रामसहायप्रसाद यादव बने उपराष्ट्रपति काठमाडौँ । जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । यादव शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्‌तर्फ १४ हजार...
Weather Update