Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेकपाका दुई अध्यक्ष फेरी जुटे छलफलमा
नेकपाका दुई अध्यक्ष फेरी जुटे छलफलमा काठमाडौँ — पार्टीभित्र देखिएको बिवाद समाधानका लागि नेकपाका अध्यक्षद्धय निर्णायक छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ दिनपछि पुन छलफल सुरु गरेका हुन् ।
‘भारतीय मिडियालाई बहिष्कार गर्दै प्रतिबन्ध लगाऔं’
‘भारतीय मिडियालाई बहिष्कार गर्दै प्रतिबन्ध लगाऔं’ काठमाण्डौं — नेकपाका केन्द्रिय सदस्य तथा वाग्मती प्रदेशका सचिव आनन्द प्रसाद पोखरेलले भारतीय मिडिया बहिस्कार गर्न आव्हान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीबारे भारतीय मिडियाले गरेको टिप्पणीहरुप्रति आक्रोस व्यक्त गर्दै नेता पोखरेलले सबै क्षेत्र, तह र तप्काबाट प्रतिवाद आवश्यक रहेको बताए ।
चिनियाँ राजदुतको बचाउ गर्दै मन्त्री भट्टराईले भने –सद्भाव राख्नु ठिक
चिनियाँ राजदुतको बचाउ गर्दै मन्त्री भट्टराईले भने –सद्भाव राख्नु ठिक काठमाण्डौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीको बचाउ गरेका छन् । नेकपाभित्र चर्किको बिवादका बीच राजदुत होउले देखाएको सक्रियताप्रति चौतर्फी आलोचना भैरहेका बेला मन्त्री भट्टराईले उनको बचाउ गरेका हुन् ।
ओली - प्रचण्डबीच पार्टी एकता जोगाउने सहमति
ओली - प्रचण्डबीच पार्टी एकता जोगाउने सहमति काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच पार्टी एकतालाई बचाउने सहमति भएको छ । पार्टीभित्र एकताको बिकल्प नरहेको निष्कर्ष निकाल्दै दुबैजना अध्यक्ष सहमतिका आधारहरु खोज्न सहमत भएका हुन् ।
नेकपाको अन्तरसंघर्ष समाधान गर्ने प्रयास जारी
नेकपाको अन्तरसंघर्ष समाधान गर्ने प्रयास जारी काठमाडौं - नेकपाका दुई अध्यक्ष पार्टीभित्र चुलिएको बिवाद समाधानको प्रयासमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा भेटवार्ता जारी छ । भोली स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षले बिवाद समाधानको अधिकतम प्रयास हुने बताईएको छ ।
महाअभियोगको झुठा प्रचार गरेर स्वार्थ पुरा गर्न खोजियो : प्रवक्ता श्रेष्ठ
महाअभियोगको झुठा प्रचार गरेर स्वार्थ पुरा गर्न खोजियो : प्रवक्ता श्रेष्ठ काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले महाअभियोग प्रस्ताव ल्याउने भनेर राष्ट्रपतिलाई बिवादमा तान्न खोजिएको दाबी गरेका छन् । आफ्नो स्वार्थका लागि झुठो प्रचार गरिएको उनले बताए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटबार्ता, मन्त्रीहरुलाई वालुवाटार बोलाईयो
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटबार्ता, मन्त्रीहरुलाई वालुवाटार बोलाईयो काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । राष्ट्रपति कार्यालय शीतल निवासमा जारी भेटबार्तामा समसामयिक विषयमा छलफल भैरहेको बुझिएको छ ।
नेकपा फुट्दैन, फुट्न दिर्ईदैन : नेता शर्मा
नेकपा फुट्दैन, फुट्न दिर्ईदैन : नेता शर्मा काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले पार्टी कुनै हालतमा फुट्न नदिईने बताएका छन् । सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजानिक गर्दै नेता शर्माले पार्टी नफुट्ने र फुट्न नदिईने बताएका हुन् ।
नेकपालाई फुटबाट जोगाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय
नेकपालाई फुटबाट जोगाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो पुस्ताका नेताहरु पार्टी भित्र देखिएको पछिल्लो संकट समाधानको गृहकार्यमा जुटेका छन् । दुबै खेमामा रहेका दोस्रो पुस्ताका नेताहरुको संयुक्त बैठकले पार्टीलाई फुटबाट जोगाउनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।
Weather Update