एमाले केन्द्रीय कमिटीमा दोलखाका पाँच जना नेताको नाम प्रस्ताव
सोमबार, मंसिर १३, २०७८
स्थानीय तहमा मतदाता नामावली संकलन हुँदै
सोमबार, मंसिर ६, २०७८
काठमाडौं - निर्वाचन आयोगले स्थानीय तहमा पनि मतदाता नामावली संकलन कार्य सुरु गर्ने भएको छ । मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट मतदाता नामावली सङ्कलन सुरु गर्ने आयोगले जनाएको छ । हाल ७७ जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भैरहेको थियो ।
एमाले कालिञ्चोक र विगु गाउँपालिका कमिटी सर्बसम्मत निर्वाचित
सोमबार, कात्तिक १५, २०७८
चरिकोट – नेकपा एमाले कालिञ्चोक र विगु गाउँपालिकामा नयाँ नेतृत्व निर्वाचित भएका छन् । कालिञ्चोक गाउँपालिकामा ईश्वरी दाहाल र विगु गाउँपालिकामा टेकमान तामाङको अध्यक्षतामा ७५/७५ सदस्यीय गाउँपालिका स्तरिय नयाँ कमिटी निर्वाचित भएको हो ।
एमाले अधिवेशनहरुमा आम निर्वाचनको जस्तो रौनकता र उत्साह (फोटोफिचर)
बिहीबार, कात्तिक ११, २०७८
चरिकोट – प्रतिपक्षि दल नेकपा एमाले यतिबेला देशभर अधिवेशनको चटारोमा छ । पार्टी केन्द्रको निर्देशन अनुसार वडा अधिवेशनपछि अहिले धमाधम गाउँ र नगर अधिवेशनमा नेता कार्यकर्ताहरु व्यस्त छन् । सबै वडा अधिवेशन सम्पन्न गरिसकेको दोलखा एमालेले पनि सोही अनुसार गाउँ÷नगर अधिवेशनहरु सम्पन्न गर्दैछ । उसले जिल्लाभर व्यापक चहलपहल बढाएको छ...
एमाले गौरीशंकरको अध्यक्षमा गुरुङ, जिरीमा कार्की र मेलुङमा गोले निर्वाचित
बुधबार, कात्तिक १०, २०७८
चरिकोट – दोलखाको तीन वटा स्थानीय तहमा नेकपा एमालेले सर्बसम्म रुपमा नयाँ नेतृत्व चयन गरेको छ । बधुवारसम्म सम्पन्न एक नगरपालिका र दुई गाउँपालिकाको अधिवेशनबाट ७५ सदस्यीय सिंगो कमिटी सर्बसम्मत रुपमा निर्वाचित भएका हुन् ।
यी हुन् एमाले कालिञ्चोक गाउँपालिकाको ९ वटा वडा हाँक्ने नयाँ नेतृत्व
सोमबार, कात्तिक ८, २०७८
चरिकोट – नेकपा एमालेले कालिञ्चोक गाउँपालिकाको ९ वटै वडाहरुको अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । यही कात्तिक ६ र ७ गतेसम्म वडा अधिवेशनहरुबाट सबै वडाहरुमा अध्यक्षसहितको नयाँ वडा कमिटि निर्वाचित भएका हुन् । नयाँ वडा कमिटिको नेतृत्वमा केही नयाँ र पुराना मिश्रित अनुहारहरु निर्वाचित भएका छन् ।
‘अब अन्य कम्युनिष्ट पार्टीको औचित्य छैन, जनता एमालेमा गोलबन्द हुन्छन्’
आइतबार, कात्तिक ७, २०७८
चरिकोट - नेकपा एमालेका नेता एवं पुर्वमन्त्री आनन्द प्रसाद पोखरेलले अब अन्य कम्युनिष्ट पार्टीहरुको औचित्य सकिएकाले जनता एमालेमा गोलबन्द हुने बताएका छन् । नेपाली कांग्रेस जस्ता दक्षिणपन्थी शक्ति र विदेशीहरुको दलाली गर्ने एकिकृत समाजवादी र माओवादी कम्युनिष्ट पार्टी हुन नसक्ने उनले बताए ।
नेकपा (एस) मा लाग्ने भनिएका नेता कार्यकर्ताहरु धमाधम एमालेमै खुल्दै
शुक्रबार, कात्तिक ५, २०७८
चरिकोट – दोलखामा नेकपा (एकिकृत समाजवादी) पार्टीमा लाग्ने अनुमान गरिएका नेता कार्यकर्ताहरु एमालेमा खुल्ने क्रम क्रम तिब्र भएको छ । एमालेबाट विभाजित भएर बनेको नेकपा (एस) मा लाग्ने भनिएका जिल्ला स्तरिय प्रभावशाली नेता देखि स्थानीय अगुवा कार्यकर्ताहरुले मुलघरमै रहने निर्णय लिन थालेका हुन् ।
दोलखामा एमालेको विजयलाई कुनै शक्तिले रोक्न सक्दैन : पुर्वमन्त्री गुरुङ
बिहीबार, कात्तिक ४, २०७८
चरिकोट – नेकपा एमालेका नेता एवं पुर्व सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले दोलखामा आगामी निर्वाचनमा एमालेको विजयलाई कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । अन्य स्थानको निर्वाचनमा तलमाथि भएपनि दोलखामा जस्तोसुकै लडाई लडेर एमालेलाई विजय गराउने उनले ठोकुवा गरे ।
दोलखामा माओवादीबाट निर्वाचित दुई वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरु एमाले प्रवेश
बिहीबार, असोज २१, २०७८
चरिकोट – स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित दुई वडा अध्यक्षसहित धेरै जनप्रतिनीतिहरु एमाले प्रवेश गरेका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा विगु गाउँपालिका वडा नम्बर १ वाट निर्वाचित अध्यक्ष हिरण्य बहादुर गुरुङ, जिरी नगरपालिका वडा नम्बर ५ वाट निर्वाचित वडा अध्यक्ष निमासांगे शेर्पा लगायतका जनप्रतिनिधिहरु एमाले प्रवेश...
दोलखामा एमालेतर्फका सबै जनप्रतिनिधिहरु पार्टी विभाजनको विपक्षमा
मंगलबार, भदौ १५, २०७८
चरिकोट – नेकपा एमालेबाट दोलखामा निर्वाचित सबै जनप्रतिनिधिहरुले पार्टी विभाजनमा साथ नदिने भएका छन् । माधव नेपाल समुहले नेकपा (एकिकृत समाजवादी) पार्टीका रुपमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपनि दोलखामा निर्वाचित सबै जनप्रतिनिधिहरुले विभाजनको विपक्षमा उभिने निर्णय गरेका हुन् । सरकारले राजनीतिक दलसँगै जनप्रतिनिधिहरुलाई समेत विभाजन गर्नेगरी २१ दिनभित्र नयाँ...
मालदार मन्त्रालयमा सत्तारुढ गठबन्धनभित्र किचलो
मंगलबार, भदौ १५, २०७८
काठमाडौं - मालदार मन्त्रालयमा सत्तारुढ गठबन्धनभित्र किचलो भएपछि मन्त्रिपरियाद विस्तारमा अझै ढिलाई हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचित छन् । सरकारलाई पूर्णता दिने विषयलाई लिएर सत्तारुढ दलका नेताहरुबीच निरन्तर छलफल भैरहेपनि सहमति जुट्न नसकेको हो ।
दोलखाका ७४ वडाको अधिवेशन भदौ १८ गते गर्ने कांग्रेसको निर्णय
मंगलबार, भदौ १५, २०७८
चरिकोट - नेपाली काँग्रेस दोलखाले पार्टीको वडा स्तरिय अधिवेशन भाद्र १८ गते नै सम्पन्न गर्ने निर्णय गरेको छ । सदरमुकाम चरिकोटमा मंगलवार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले जिल्लाका सबै वडामा एकैदिन ७४ वटा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।