Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माओवादी केन्द्रद्धारा दोलखामा धमाधम एकतर्फी उम्मेदवार घोषणा
माओवादी केन्द्रद्धारा दोलखामा धमाधम एकतर्फी उम्मेदवार घोषणा चरिकोट – नेकपा माओवादी केन्द्र दोलखाले स्थानीय तह निर्वाचनका लागि एकतर्फी रुपमा उम्मेदवार घोषणा गर्न थालेको छ । आउँदो वैशाख ३० गते हुने निर्वाचनमा दोलखामा पनि गठबन्धन गर्ने प्रयासकाबीच माओवादी केन्द्रले धमाधम उम्मेदवार घोषणा गर्न थालेको हो ।
एमालेबाट कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा ८ जनाको दाबी 
एमालेबाट कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा ८ जनाको दाबी  चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट ८ जनाले दाबी प्रस्तुत गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उनीहरुले आफुलाई गाउँपालिकाको अध्यक्षको दाबेदारको रुपमा प्रस्तुत गरेका हुन् ।
साझा उम्मेदवारलाई जिताउन गठबन्धनको संयुक्त अपिल
साझा उम्मेदवारलाई जिताउन गठबन्धनको संयुक्त अपिल काठमाडौं - प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय गरेको छ  ।
प्रधानमन्त्री देउवा भारत भ्रमणमा
प्रधानमन्त्री देउवा भारत भ्रमणमा काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रवार त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री देउवा शुक्रबार दिउसो २ः५० बजे भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने कार्यक्रम छ ।
दोलखा एमाले निर्वाचनमा होमियो, १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटि घोषणा
दोलखा एमाले निर्वाचनमा होमियो, १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटि घोषणा चरिकोट – नेकपा एमाले दोलखाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन कमिटि घोषणा गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुको बिजय सुनिश्चित गर्न १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटि घोषणा गरिएको हो । बिहिवार सम्पन्न जिल्ला कमिटीको दोस्रो पुर्ण बैठकले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन...
‘माओवादी केन्द्र प्राईभेट कम्पनी जस्तो भयो, त्यसैले परित्याग गर्यौं’
‘माओवादी केन्द्र प्राईभेट कम्पनी जस्तो भयो, त्यसैले परित्याग गर्यौं’ चरिकोट – तत्कालिन नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टी प्राईभेट कम्पनी जस्तो भएकोले परित्याग गरेको बताएका छन् । मंगलबार एमाले प्रवेश गरेका माओवादी केन्द्र दोलखाका प्रभावशाली नेताहरुले बिधि, पद्धती समाप्त पारेर पार्टीलाई प्राईभेट कम्पनी जस्तो बनाईएपछि पार्टी छोड्ने निर्णयमा पुगेको बताए ।
‘सुनियोजित रुपमा भान्जाको हत्या गरेर निर्वाचनमा हराईयो’
‘सुनियोजित रुपमा भान्जाको हत्या गरेर निर्वाचनमा हराईयो’ गौरीशंकर - माओवादी केन्द्रका तत्कालिन नेता निमा लामाले पार्टीकै नेताहरुले षड्यन्त्र गरेर आफुलाई चुनावमा हराएको बताएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका लामाले आफ्नो भान्जाको सुनियोजित हत्या गरेर पार्टीकै नेताहरुले हराएको खुलासा गरेका हुन् ।
मतदाताको अन्तिम नामावली सार्वजानिक, संख्या १ करोड ७७ लाख ३३ हजार ७२३
मतदाताको अन्तिम नामावली सार्वजानिक, संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ काठमाडौँ -आगामी निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले सहभागिता जनाउन पाउने भएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको थियो ।
मिति घोषणापछि आयोगले थाल्यो स्थानीय तह निर्वाचनको तयारी
मिति घोषणापछि आयोगले थाल्यो स्थानीय तह निर्वाचनको तयारी काठमाडौँ  - सरकारले निर्वाचनको घोषणा गरेपछि निर्वाचन आयोग त्यसको तयारीमा जुटेको छ । आयोगले तोकिएको समयमा एकै चरणमा ७ सय ५३ स्थानीय तहमा निर्वाचन गराउन तयारी थालेको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले २०७९ वैशाख ३० मा मिति घोषणा गरेको थियो ।
निर्वाचनको तयारीमा केन्द्रीत हुने एमाले दोलखाको निर्णय 
निर्वाचनको तयारीमा केन्द्रीत हुने एमाले दोलखाको निर्णय  चरिकोट - नेकपा एमाले दोलखाले चुनाव केन्द्रीत अभियानमा होमिने निर्णय गरेको छ । नवौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिको पहिलो पुर्ण बैठकले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै फागुन मसान्तसम्मको निर्वाचन लक्षित कार्ययोजना तय गरेको हो ।
बैशाखभित्र स्थानीय तहको निर्वाचन गर्न आयोग तयार
बैशाखभित्र स्थानीय तहको निर्वाचन गर्न आयोग तयार बनेपा - निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचत गर्न तयार रहेको जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० गतेभित्र ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग रहेको जानकारी दिएका हुन् ।
कांग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि देउवा निर्वाचित
कांग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि देउवा निर्वाचित काठमाडौं - नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा विजयी भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेकोमा देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत प्राप्त गरे ।
Weather Update