Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माओवादी केन्द्र दोलखाका संस्थापक नेता श्रेष्ठ एमालेमा प्रवेश
माओवादी केन्द्र दोलखाका संस्थापक नेता श्रेष्ठ एमालेमा प्रवेश काठमाण्डौं - नेकपा (माओवादी केन्द्र) दोलखाका संस्थापक नेता जगतबहादुर श्रेष्ठ नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा एमाले गौरीशंकर–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेका नेता एवं पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेता श्रेष्ठलाई पार्टीमा स्वागत गर्नुभयो ।
‘सम्पूर्ण जीवन राजनीतिमा बित्यो, अन्तिम पटक अध्यक्ष भएर शैलुङबासीको सेवा गर्ने मन छ’
‘सम्पूर्ण जीवन राजनीतिमा बित्यो, अन्तिम पटक अध्यक्ष भएर शैलुङबासीको सेवा गर्ने मन छ’ चरिकोट - दोलखाको शैलुङ गाउँपालिका अध्यक्षका उम्मेदवार धनबहादुर तामाङले जीवनमा आफुले जनप्रतिनिधिको रुपमा अन्तिम पटक जनताको सेवा गर्न चाहेको बताउनुभएको छ । आफ्नो सम्पुर्ण जीवन राजनीति र समाजसेवामा समर्पित रहेको भन्दै उहाँले शैलुङ गाउँपालिकाको अध्यक्षको जिम्मेवारीमा रहेर जनताको सेवा गर्ने आफ्नो लागि अन्तिम मौका रहेको बताउनुभयो ।
निर्वाचन नजिकिँदै गर्दा दोलखामा माओवादी केन्द्र र कांग्रेस परित्याग गर्दै एमाले प्रवेशको लहर
निर्वाचन नजिकिँदै गर्दा दोलखामा माओवादी केन्द्र र कांग्रेस परित्याग गर्दै एमाले प्रवेशको लहर चरिकोट – दोलखामा सत्तारुढ गठबन्धनप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने क्रम बढेको छ । भागवण्डा नमिलेर गठबन्धननै तहसनहस बनिरहेका बेला नेता कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्न थालेका हुन् । माओवादी, कांग्रेस र एकिकृत समाजवादी परित्याग गरी एमाले प्रवेश गर्नेहरुको संख्या उल्लेख्य छ ।
कांग्रेस पुर्व उपसभापतिको कम्युनिष्ट पार्टीमा सप्रराईज ईन्ट्री
कांग्रेस पुर्व उपसभापतिको कम्युनिष्ट पार्टीमा सप्रराईज ईन्ट्री चरिकोट – नेकपा एमाले दोलखाको पार्टी कार्यालय चरिकोटमा शुक्रवार अकस्मात एउटा चहलपहल देखियो । पार्टी नेता कार्यकर्ताहरुलाई अप्रत्यासित बोलाईएपछि सबैको उत्सुकता बढ्नु स्वभाविक थियो । पार्टी कार्यालयको हलभित्र जम्मा भएका नेता कार्यकर्ताहरु किन बोलाईयो ? भनेर आपसमा कानेखुसी गरेको सुनिन्थ्यो ।
दोलखामा शान्तिपुर्ण मतदान नभए स्थानीय प्रशासनले जिम्मा लिनुपर्छ, त्यो कारबाहीको विषय बन्छ’
दोलखामा शान्तिपुर्ण मतदान नभए स्थानीय प्रशासनले जिम्मा लिनुपर्छ, त्यो कारबाहीको विषय बन्छ’ चरिकोट – नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले दोलखामा शान्तिपुर्ण रुपमा निर्वाचन गराउने वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । विगतका निर्वाचनहरुमा दोलखाका कतिपय स्थानमा मतदाताको भोट हाल्ने अधिकार खोसिएको उल्लेख गर्दै उनले यो निर्वाचनमा त्यस्तो अवस्था दोहोरिए मान्य नहुने चेतावनी दिए ।
दोलखाको सबै स्थानीय तहमा साझा उम्मेदवार उठाउन गठबन्धन असफल, कमजोर बन्दैछ गठबन्धन
दोलखाको सबै स्थानीय तहमा साझा उम्मेदवार उठाउन गठबन्धन असफल, कमजोर बन्दैछ गठबन्धन चरिकोट - दोलखाको सबै स्थानीयतहमाबलियो तालमेल गर्ने सत्तारुढ गठबनधनमा रहेका दलहरुको प्रयास असफल भएको छ । आकांक्षीहरुको संख्या धेरै हुनुका साथै स्थानीय स्तरमा गठबन्धनबारे असन्तुष्टि चर्किएपछि सबै स्थानमा गठबन्धन हुननसकेको हो । सिट भागबण्डामा जिल्ला नेताहरुको कसरत व्यर्थ भएपछि गठबन्धनको प्रदेश स्तरिय संयन्त्रले भागबण्डा टुंग्याएको थियो ।
कांग्रेसका वडा सभापतिसहित तीन दर्जन बढी नेता कार्यकर्ता  एमाले प्रवेश
कांग्रेसका वडा सभापतिसहित तीन दर्जन बढी नेता कार्यकर्ता एमाले प्रवेश चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकामा कांग्रेसका वडा सभापतिसहित सिंगो वडा कमिटिका नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का सभापति केदार कार्कीसहित ३८ जना नेता कार्यकर्ताहरु आज एमाले प्रवेश गरेका हुन् । 
दोलखाको शैलुङ गाउँपालिकामा गठबन्धनभित्र लफडा, दुई दलद्धारा छुट्टै मनोनयन दर्ता
दोलखाको शैलुङ गाउँपालिकामा गठबन्धनभित्र लफडा, दुई दलद्धारा छुट्टै मनोनयन दर्ता चरिकोट – दोलखाको शैलुङ गाउँपालिकाको सत्तारुढ गठबन्धनभित्र उम्मेदवारका सन्दर्भमा लफडा देखिएको छ । सिट भागबण्डाका विषयमा गठबन्धन दलहरुबीच कुरा नमिल्दा मनोनयन दर्ता ढिला भएको छ भने दुई दल गठबन्धनबाट बाहिरिएका छन् ।
दोलखामा एमालेका उम्मेदवारहरुको मनोनयन दर्तामा उत्साह (फोटोफिचर)
दोलखामा एमालेका उम्मेदवारहरुको मनोनयन दर्तामा उत्साह (फोटोफिचर) चरिकोट - नेकपा एमालेले दोलखाका सबै स्थानीय तहमा उत्साहजनक रुपमा आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गराएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै स्थानीय तहमा पहिलो दिननै मनोनयन दर्ता गरिएको हो ।
कांग्रेसले जितेको दोलखाको विगु गाउँपालिकापनि माओवादी केन्द्रलाई छोड्यो
कांग्रेसले जितेको दोलखाको विगु गाउँपालिकापनि माओवादी केन्द्रलाई छोड्यो चरिकोट – नेपाली कांग्रेसले अघिल्लो स्थानीय तहमा आफुले जितेको स्थानीय तहपनि अरु दललाई छाडिदिएको छ । शनिवार सार्बजानिक गरिएको जिल्लाको स्थानीय तहको भागबण्डामा विगु गाउँपालिका माओवादी केन्द्रको भागमा परेको हो ।
माओवादी केन्द्रका युवा नेता पाख्रिन सहितका युवाहरु एमाले प्रवेश
माओवादी केन्द्रका युवा नेता पाख्रिन सहितका युवाहरु एमाले प्रवेश चरिकोट – नेकपा माओवादी केन्द्रका युवा नेता विष्णु पाख्रिनको नेतृत्वमा दर्जनौँ युवाहरु एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र र उसको भातृ संस्थाको माथिल्लो जिम्मेवारी समेत सम्हालिसकेका पाख्रिन आफ्नो समुह सहित शनिवार एमाले प्रवेश गरेका हुन् ।
दोलखामा कांग्रेसका प्रभावशाली नेताहरुको स्थानीय तहनै एकिकृत समाजवादीलाई जिम्मा
दोलखामा कांग्रेसका प्रभावशाली नेताहरुको स्थानीय तहनै एकिकृत समाजवादीलाई जिम्मा चरिकोट – नेपाली कांग्रेसले दोलखामा पार्टीका केन्द्रीय सदस्य र जिल्ला सभापतिको स्थानीय तहनै अन्य दललाई जिम्मा दिएको छ । केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको गृहगाउँ तामाकोसी गाउँपालिका र जिल्ला सभापति बर्मा लामाको मेलुङ गाउँपालिका दुबै एकिकृत समाजवादीलाई दिईएको हो ।
Weather Update