एमाले जनप्रतिनिधिको २० बुँदे संकल्प : हामी शासक होइन, जनताका सेवक हुन्छौैं
शुक्रबार, असार ३, २०७९
रामेछाप र सिन्धुपाल्चोक जिसस प्रमुखमा कांग्रेस विजयी
आइतबार, जेठ २९, २०७९
काठमाण्डौं - रामेछाप र सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जिसस सिन्धुपाल्चोकको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एकिकृत समाजवादीका उम्मेदवार विजयी भएका हुन् ।
दोलखा जिसस प्रमुखमा दुई, उपप्रमुखमा तीन र सदस्यहरुमा १४ जनाको उम्मेदवारी दर्ता
शनिबार, जेठ २८, २०७९
चरिकोट – जिल्ला समन्वय समिति दोलखाको पदाधिकारी तथा सदस्यका लागि हुने निर्वाचनमा १९ जनाको उम्मेदवारी परेको छ । प्रमुख एक, उपप्रमुख एक, र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी तथा सदस्य पदका लागि १९ जनाले मनोनयन दर्ता गराएका हुन् ।
सिन्धुपाल्चोक जिससमा एमाले र माओवादीबीच तालमेल, आगामी चुनावमापनि गठबन्धन गरेर जाने समझदारी
शनिबार, जेठ २८, २०७९
चौतारा - सिन्धुपाल्चोकमा नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले जिल्ला समन्वय समितिसँगै आगामी संघ र प्रदेशको निर्वाचनमा पनि तालमेल गरेर जाने समझदारी गरेका छन् । शिर्ष नेताहरुले यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा वकालत गरिरहेका बेला सिन्धुपाल्चोकमा यस्तो समझदारी भएको हो ।
पराजित उम्मेदवार घरदैलोमा : भन्छन्, ‘चुनाव हारेपनि जनताको साथमा छौं’ (फोटोफिचर)
सोमबार, जेठ २३, २०७९
चरिकोट – धेरै सुनिने जनगुनासो हो, भोट फकाउन चुनावका बेला नेताहरु बारबार जनताको घरघरमा आउँछन् र दुई हात जोड्ने गर्दछन् । जब चुनाव जित्छन् अनि गाउँ फर्किदैनन्, सर्वसाधरण नागरिकलाई चटक्कै बिर्सिदिन्छन् । स्थानीय तहदेखि प्रतिनिधिसभामा निर्वाचित जनप्रतिनिधिहरुप्रति जनताको यो गुनासो पटक पटक दोहोरिने गरेको छ ।
दोलखाको कार्यपालिकाहरुमा एमाले बलियो, चार कार्यपालिकामा एकल बहुमत
शुक्रबार, जेठ २०, २०७९
२० जेठ, चरिकोट – दोलखाको ९ वटा स्थानीय तहको नगर तथा गाउँकार्यपालिकामा एमाले बलियो देखिएको छ । जिल्लाको दुई नगर तथा ७ गाउँकार्यपालिकाको लागि भएको निर्वाचनमा एमालेले ४ वटामा बहुमत प्राप्त गरेको हो । जिल्ला निर्वाचन कार्यालयले सार्वजानिक गरेको नतिजा अनुसार एमालेले भीमेश्वर नगर र मेलुङ, विगु र शैलुङ गाउँकार्यपालिकामा...
एकिकृत समाजवादीका नेता खनाल भन्छन् : ‘वाम एकता आवश्यक छ’
शुक्रबार, जेठ २०, २०७९
२० जेठ, काठमाण्डौं - नेकपा (एकीकृत समाजवादी) का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम एकता आवश्यक रहेकोमा जोड दिँदै त्यो मुलुकको आवश्यकता भएको बताएका छन् । मुलुकका लागि वाम एकता आवश्यक रहेपनि वामपन्थी आन्दोलनका मूल नेताहरु नै त्यसको पक्षमा नरहेको उनले टिप्पणी गरे ।
दोलखाको मतपरिणाम : गठबन्धनको ४५९१९ आउँदा र एमालेलाई खस्यो ३९३२० मत
आइतबार, जेठ ८, २०७९
चरिकोट – स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार दोलखामा सत्तारुढ गठबन्धन र एमालेले झण्डै ९० हजार मत प्राप्त गरेका छन् । जिल्लाको दुई नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तहमा मुख्य प्रतिस्पर्धीका रुपमा रहेको गठबन्धन र एमालेलाई बदरबाहेक उक्त मत झरेको हो ।
कांग्रेसले भन्यो : दोलखामा पहिलो दल
आइतबार, जेठ ८, २०७९
चरिकोट - नेपाली कांग्रेस दोलखाले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट आफ्नो दल पहिलो दलको रुपमा स्थापित भएको दाबी गरेको छ । जिल्लाका सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएपछि सदरमुकाम चरिकोटमा आज पत्रकार सम्मेलन गरी कांग्रेसले यस्तो बताएको हो ।
दोलखामा निर्वाचनको नतिजा : अधिकांसमा गठबन्धन हाबी, दुई पालिका प्रमुख र पाँच उपप्रमुखमा एमाले विजयी
शनिबार, जेठ ७, २०७९
चरिकोट – दोेलखाका सबै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजानिक भएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अनुसार दोलखाका दुई नगरपालिका र ७ गाउँपालिका गरी ९ स्थानीय तहमा मिश्रित मतपरिणाम आएको छ । सार्वजानिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रेसले भीमेश्वर नगरपालिकाको मेयर, कालिञ्चोक र वैतेश्वर गाउँपालिकाको अध्यक्ष...
एमाले नेता एवं पुर्वमन्त्री गुरुङ जब कांग्रेसको विजय जुलुसतर्फ लम्किए..
शुक्रबार, जेठ ६, २०७९
चरिकोट - वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत भीमेश्वर नगरपालिकाको अन्तिम मतपरिणाम शुक्रवार विहान सार्वजानिक भयो । निर्वाचनको नतिजा मिश्रित खालको थियो । सत्तारुढ गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका ईश्वर मानन्धर र उपमेयरमा एमालेका कमला बस्नेत विजयी भए । ९ वटा वडा मध्ये एमालेले ५ र कांग्रेसले ४ वटा...
दोलखाका स्थानीय तहहरुमा एमालेको शक्ति प्रदर्शन, भीमेश्वर र बैतेश्वरमा भव्य जनसभा (फोटोफिचर)
सोमबार, वैशाख २६, २०७९
चरिकोट – नेकपा एमालेले दोलखामा जिल्लाव्यापी शक्ति प्रदर्शन गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले जिल्लाभर व्यापक जनताको उपस्थितिसहित शक्ति प्रदर्शन गरेको हो । एमालेले आज जिल्लाको भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिका केन्द्रीकृत जनसभाको आयोजना गरेको छ भने अन्य नगर तथा गाउँपालिकामा भोली...
आचारसंहिता बिपरित प्रधानमन्त्री र मन्त्रीहरु चुनावी दौडाहमा
आइतबार, वैशाख २५, २०७९
काठमाण्डौं - प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न उनी जिल्ला दौडाहामा निस्केका हुन् । शनिबार रूपन्देहीको बुटवल र तनहुँ पुग्न देउवाले नेपाली सेनाको एनए ०५८ हेलिकोप्टर प्रयोग गरेका छन् ।