५८७ प्रहरी इन्सपेक्टरको एकैपटक सरुवा (सूचीसहित)
मंगलबार, भदौ १८, २०८१
नेपाल पत्रकार महासंघको चुनाव ५ असोजमा
मंगलबार, भदौ १८, २०८१
काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशनको नयाँ मिति आगामी ५ असोजका लागि तोकिएको छ । अध्यक्ष विपुल पोखरेलले बक्तव्य जारी गरेर सबै तहको निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् ।
रामेछापमा जलविद्युत आयोजनाको बाँध खोल्दा जल्दै गरेको शव नदीले बगायो
आइतबार, माघ १४, २०८०
मन्थली । रामेछापको उमाकुण्ड गाउँपालिकामा जलाईदै गरेको शव खोलाले बगाएको छ । लिखु २ जलविद्युत् आयोजनाले अकस्मात बाँध खोल्दा लिखु नदीमा जलिरहेको लास बगेको हो । शनिबार साँझ गुम्देलको बाल्दिङका झपडबहादुर थापाको शव जलाइरहेका बेला आयोजनाले बाँध खोलेर नदीमा पानी पठाएको थियो ।
चरिकोट गेष्ट हाउसमा बेश्याबृत्ती, दुई वालिकाको उद्धार, एक महिला पक्राउ
बुधबार, माघ १०, २०८०
काठमाडौँ । काठमाडौंमा संचालित एक चरिकोट गेष्ट हाउस र टिमुरे क्याफेमा नावालिकाहरुलाई बेस्याबृत्तिमा लगाउने गरेको पाईएको छ । जडीबुटीमा संचालन गरिएको उक्त गेष्ट हाउस र क्याफेमा नावालिकाहरुलाई आर्थिक प्रलोभन देखाई यौन क्रियाकलापमा लगाउने गरेको पाईएको हो ।
भिजिट भिसामा विदेश जान लागु भयो नयाँ नियम
बुधबार, माघ १०, २०८०
काठमाडौं । भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियमको पालना गर्नुपर्ने भएको छ । भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि नयाँ नियम लागु गरिएको हो । अध्यागमन विभागले जारी गरेको ६ बुँद नियममा अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी...
ढिँडो र गुन्द्रुक खाँदा गम्भिर बिरामी
मंगलबार, माघ ९, २०८०
बनेपा । काभ्रेपलाञ्चोकमा ढिँडो र गुन्द्रुक खाएका दुई जना गम्भिर बिरामी परेका छन् । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नम्बर २ चुखाका ७० वर्षिय हरिराज तामाङ र उनकी ४० वर्षिया छोरी बिरामी परेका हुन् ।
दोलखाली समाज दक्षिण कोरियाद्धारा विद्यार्थीहरुलाई न्यानो युनिफर्म बितरण
मंगलबार, माघ ९, २०८०
चरिकोट । दोलखाली समाज दक्षिण कोरियाले विद्यार्थीहरुलाई न्यानो युनिफर्म प्रदान गरेको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ स्थित भगवती आधारभूत विद्यालय, वडा नम्बर ६ स्थित भद्रावती प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई १३५ थान स्वीटर र टोपी प्रदान गरिएको हो ।
हत्या आरोपमा क्रान्तिकारीकी अध्यक्ष सिंहलाई पक्राउ पुर्जी
मंगलबार, माघ ९, २०८०
काठमाडौं । अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । १५ वर्षअघिको हत्या घटनामा उनीहरुलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो । कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनीसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
जिरीमा ट्याक्टर दुर्घट्ना, एक युवकको मृत्यु
शनिबार, पुस २८, २०८०
चरिकोट । दोलखाको जिरी नगरपालिकामा ट्याक्टर दुर्घट्ना भएको छ । प्लाई कारखानाका लागि काठको मुढा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालक जिरी नगरपालिका–४ का २४ वर्षीय दावा शेर्पा रहेका छन् । उक्त ट्याक्टर राम प्लाई उड फ्याक्ट्रीका लागि जिरी नगरपालिका–४ स्थित सिउरानीको जंगलबाट काठको मुढा लिएर फर्किँदै थियो ।