Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रामेछाप घर भएका सैनिक जवानले आफैलाई गोली प्रहार गरी गरे आत्माहत्या
रामेछाप घर भएका सैनिक जवानले आफैलाई गोली प्रहार गरी गरे आत्माहत्या मन्थली - रामेछाप घर भएका नेपाली सेनाका एक जवानले आत्माहत्या गरेका छन् । रामेछापको लिखु गाउँपालिका ५ घर भएका सेना जवान २३ वर्षीय अमिर तामाङले आफैंलाई गोली हानेर आत्माहत्या गरेका हुन् । उनले महोत्तरीको जलेश्वरस्थित श्री रणभीम गण प्रकौलीमा ड्यूटीमै रहेको बेला आफैंलाई गोली हानेका थिए ।
सिंगटी–लामोसाँघु विद्युत प्रसारण लाइन परीक्षण गरिँदै, सतर्कता अपनाउन आग्रह
सिंगटी–लामोसाँघु विद्युत प्रसारण लाइन परीक्षण गरिँदै, सतर्कता अपनाउन आग्रह काठमाण्डौ – सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु भएको छ ।  विद्युत प्राधिकरण अन्तर्गत संचालित उक्त प्रसारण लाईन निर्माण कार्य अन्तिम चरणमा पुगेपछि परीक्षण सुरु गरिएको हो । प्राधिकरणले सार्वजानिक सूचना जारी गर्दै कुनैपनि बेला प्रसारण लाईनमा विद्यूत प्रवाह हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
अमेरिकाले नेपाललाई उपलव्ध गरायो १५ लाख डोज खोप
अमेरिकाले नेपाललाई उपलव्ध गरायो १५ लाख डोज खोप काठमाडौँ - अमेरिकी सरकारले नेपालका लागि १५ लाख डोज खोप उपलव्ध गराउने भएको छ । उक्त खोप सोमबार नेपाल आईपुग्ने छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो ।
भीमेश्वर नगरपालिकाले बनायो संस्कृति प्रतिष्ठान, अध्यक्षमा शंकरलाल श्रेष्ठ चयन
भीमेश्वर नगरपालिकाले बनायो संस्कृति प्रतिष्ठान, अध्यक्षमा शंकरलाल श्रेष्ठ चयन चरिकोट - भीमेश्वर नगरपालिकाले नगरस्तरिय संस्कृति प्रतिष्ठान गठन गरेको छ । नगरपालिका स्तरिय भेलाले शुक्रवार शङ्करलाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय भीमेश्वर संस्कृति प्रतिष्ठान गठन गरेको हो ।
भारतबाट ल्याईएको रेल साउनबाट सञ्चालन गर्ने तयारी
भारतबाट ल्याईएको रेल साउनबाट सञ्चालन गर्ने तयारी काठमाण्डौं - गत असोजमा नेपाल भित्रिएको रेल झन्डै १० महिनापछि संचालनमा ल्याउने तयारी गरिएको छ । अधिकारीहरुका अनुसार साउन महिनाको दोस्रो सातासम्म रेल सञ्चालनमा आउनेछ ।
महासंघ माथि लाग्यो कोभिड खोप र स्वास्थ्य सामाग्री दुरुपयोग गरेको आरोप
महासंघ माथि लाग्यो कोभिड खोप र स्वास्थ्य सामाग्री दुरुपयोग गरेको आरोप चरिकोट - नेपाल पत्रकार महासंघ दोलखा शाखामाथि आर्थिक पारदर्शितादेखि स्वास्थ्य सामाग्री र कोरोना खोपको दुरुपयोग गरेको गम्भिर आरोप लागेको छ । कोरोना महामारीका बेला सक्रिय जिल्ला स्थित पत्रकारका लागि प्राप्त कोरोना विरुद्धको खोप, स्वास्थ्य सुरक्षा सामाग्री दुरुपयोग गरेको, कोभिड कोषको लागि उठाईएको रकम पारदर्शी नभएको लगायतका आरोप लागेको हो ।
तामाकोशी आयोजना : प्रतिक्षाको घडी सकियो, प्रधानमन्त्रीबाट उद्घाटन
तामाकोशी आयोजना : प्रतिक्षाको घडी सकियो, प्रधानमन्त्रीबाट उद्घाटन काठमाडौं - राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमबार परीक्षणको रुपमा बिजुली उत्पादन सुरु भएको छ ।
तामाकोसी गाउँपालिका स्थित कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि मध्येरातमा हातपात
तामाकोसी गाउँपालिका स्थित कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि मध्येरातमा हातपात चरिकोट - दोलखाको तामाकोशी गाउँपालिका ४ मालु स्थित कोभिड १९ अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीमाथि गएराती आक्रमण भएको छ । गएराती साँढे ११ बजेको समयमा अस्पताल पुगेका स्थानीय ४ जना युवाहरुको समुहले डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोप वहादुर मिजारमाथि आक्रमण गरेको हो ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जनगणना अघि बढाउने तयारी
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जनगणना अघि बढाउने तयारी काठमाण्डौं - सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर राष्ट्रिय जनगणना कार्य सुचारु गर्ने तयारी गरेको छ । आईतवार बस्ने बैठकले सम्भवत ः यसबारे आवश्यक निर्णय लिनेछ । चालु आर्थिक वर्षभित्रै जनगणना सम्पन्न गर्ने लक्ष्य राखिएपनि कोरोना महामारीका कारण कार्यक्रम स्थागित गरिएको थियो ।
गृहका अधिकारी भन्छन् : सार्वजानिक यातायात संचालन गर्ने परिस्थिति बनिसकेको छैन,
गृहका अधिकारी भन्छन् : सार्वजानिक यातायात संचालन गर्ने परिस्थिति बनिसकेको छैन, काठमाडौं - स्वास्थ्य मन्त्रालयले तत्काल सार्वजानिक यातायात सञ्चालनमा ल्याउने सम्भावना नरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले अहिलेको परिस्थितीमा सार्वजनिक यातायात खुलाउने परिस्थिती नरहेको बताए ।
नेपाल तर्फ क्षति हुन नदिन थुनिएको ताल खोल्न चिनियाँ टोली सक्रिय
नेपाल तर्फ क्षति हुन नदिन थुनिएको ताल खोल्न चिनियाँ टोली सक्रिय चरिकोट - अविरल वर्षासँगै चीन र दोलखाको सिमा क्षेत्र स्थित थुनिएको रोङ्सीखोला खुलाउन चिनियाँ टोली खटिएको छ । नेपालतर्फ क्षति हुन नदिन चीनले नदी खुलाउन सक्रियता देखाएको हो ।
Weather Update