Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भूमि समस्या समाधान आयोग खारेजको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
भूमि समस्या समाधान आयोग खारेजको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश काठमाडौं - सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सरकारको निर्णय विरुद्ध परेको रिटमाथि सोमवार सुनवाई गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश हो । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको...
प्रधानन्यायधीशको प्रष्टिकरण : अध्यादेशबाट गरिएका नियुक्ति संविधानसम्मत
प्रधानन्यायधीशको प्रष्टिकरण : अध्यादेशबाट गरिएका नियुक्ति संविधानसम्मत काठमाडौँ - प्रधानन्यायाधीश तथा संवैधानिक परिषद्का सदस्य चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद्‌मा भएका नियुक्ति संविधानसम्मत रहेको प्रष्टिकरण दिएका छन् । परिषदमा भएका नियुक्ति विरुद्ध परेको रिटमा लिखित जवाफ पेस गर्दै उनले यस्तो जवाफ दिएका हुन् । सभामुख अग्निप्रसाद सापकोटा र निशान्त बाबु खड्काले संवैधानिक आयोगहरूमा संवैधानिक परिषद्ले नियुक्तिका लागि गरेका...
दोलखामा साउन २७ गते रातीदेखि लागु हुनेगरी निषेधाज्ञा जारी
दोलखामा साउन २७ गते रातीदेखि लागु हुनेगरी निषेधाज्ञा जारी चरिकोट - दोलखामा पुन कडा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण दर तिब्र गतिमा फैलिँदै गएपछि यही साउन २७ गते मध्येरातबाट लागु हुनेगरी भदौ २ गते रातीसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो । भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ लाई लक्षित गरी निषेधाज्ञा जारी गरिएको हो । 
रामेछापमा एकैदिन बढी भाडा लिने ६ सवारी साधनमाथि कारबाही, १० हजार जरिवाना
रामेछापमा एकैदिन बढी भाडा लिने ६ सवारी साधनमाथि कारबाही, १० हजार जरिवाना जिल्ला प्रहरी कार्यालय रामेछापले यात्रुहरुबाट नियम बिपरित भाडा असुल गर्ने आधा दर्जन सवारी साधनलाई एकैदिन कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला टाफिक कार्यालयले आईतवार काठमाण्डौं, शिवालय र प्रितिबाट मन्थली आउने र काठमाण्डौं जाने ६ वटा सवारी साधनमाथि कारबाही गरेको हो ।
जिसस दोलखा पाचौं वर्षमा : सिमित अधिकार, धेरै काम गर्ने प्रयास
जिसस दोलखा पाचौं वर्षमा : सिमित अधिकार, धेरै काम गर्ने प्रयास चरिकोट – जिल्ला समन्वय समिति दोलखाका पदाधिकारी चार वर्षअघि निर्वाचित हुँदा त्यत्ति धेरै उत्साही थिएनन् । किनकी संविधान र कानुनले सबैजसो अधिकार संघ, प्रदेश र स्थानीय तहमा केन्द्रित गर्दै जिससलाई समन्वय र अनुगमनको जिम्मेवारीमा सिमित गरिदिएको थियो । जिससका दोलखाका पदाधिकारीहरु निर्वाचित भएको चार वर्ष पुरा गरेर पाचौं वर्ष प्रवेश...
जिरीमा सडक स्तरोन्नती गर्दा बनेको पोखरीमा डुबेर एक वालिकाको मृत्यु
जिरीमा सडक स्तरोन्नती गर्दा बनेको पोखरीमा डुबेर एक वालिकाको मृत्यु चरिकोट – दोलखाको जिरी नगरपालिकामा लामा कन्स्ट्रक्सनले सडक स्तरोन्नती गर्दा बनेको पोखरीमा डुबेर एक वालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिरी नगरपालिका वडा नम्बर ६ निवासी अनिल जिरेलकी ९ वर्षिया छोरी (स्वीटी) अँशु जिरेल रहेकी छन् ।
वाग्मती प्रदेशको दोलखासहित ८ जिल्लामा वृहत अक्सिजन प्लान्ट जडानको तयारी
वाग्मती प्रदेशको दोलखासहित ८ जिल्लामा वृहत अक्सिजन प्लान्ट जडानको तयारी चरिकोट - वाग्मती प्रदेशका दोलखासहित ८ जिल्ला स्थित अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढेको छ । जसका लागि बोलपत्र आह्वान भई करीब रु पाँच करोड ५० लाख प्रदेश सरकारको लगानीमा मेसिन खरीद गरी ल्याउने काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
लकडाउन खुकुलिएसँगै दोलखामा कोरोना संक्रमण बढ्यो, नयाँ भेरियन्टको समेत जोखिम 
लकडाउन खुकुलिएसँगै दोलखामा कोरोना संक्रमण बढ्यो, नयाँ भेरियन्टको समेत जोखिम  चरिकोट – जिल्ला स्वास्थ्य कार्यालय दोलखाले डेल्टा भेरियन्टसहितका कोरोनाको नयाँ भेरियन्टहरु फैलिनसक्ने भन्दै नागरिकहरुलाई सचेत गराएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज एक सार्जजानिक अपील जारी गर्दै नयाँ भेरियन्टबाट जोगिन आग्रह गरेको हो ।
भारतीय सुरक्षा बलले तुईन निकालिदिएपछि नेपाली युवक नदिमा खसेर बेपत्ता
भारतीय सुरक्षा बलले तुईन निकालिदिएपछि नेपाली युवक नदिमा खसेर बेपत्ता काठमाण्डौं - भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिएपछि एक नेपाली नागरिक नदीमा खसेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३० वर्षीय जयसिंह धामी रहेका छन् । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा उनी महाकाली नदीमा खसेका हुन् ।
दोलखामा कोरोना संक्रमण दर साउन यताकै उच्च, एकैदिन ५१ जना संक्रमित
दोलखामा कोरोना संक्रमण दर साउन यताकै उच्च, एकैदिन ५१ जना संक्रमित चरिकोट – दोलखामा फेरी कोरोना संक्रमण दर तिब्र गतिमा बढ्दै गएको छ । शुक्रवार एकैदिन ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा ७२ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र स्थानीय तहमा १५ जनामा एन्टिजिन परीक्षण गरिएकोमा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
कांग्रेस क्रियाशील सदस्यता विवाद कायमै, शिर्ष नेतालाई टुंग्याउने जिम्मा
कांग्रेस क्रियाशील सदस्यता विवाद कायमै, शिर्ष नेतालाई टुंग्याउने जिम्मा काठमाडौँ - नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद अझै टुंग्याउन सकेको छैन । छानविन समितिले विवाद समाधान गर्न नसकेपछि शिर्ष नेताहरुलाई त्यसको जिम्मा दिईएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले पाँच दिनभित्र विवाद टुंग्याउन निर्देशन दिएको छ ।
दोलखामा ३३८ जनामा कोरोनाको सक्रिय संक्रमण
दोलखामा ३३८ जनामा कोरोनाको सक्रिय संक्रमण चरिकोट – दोलखामा कोरोना संक्रमितको संख्या ३३८ पुगेको छ । बिहिवार आज १५ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३३८ पुगेको हो । बिभिन्न स्थानीय तहमा ३९ जनाको एन्टिजिन परीक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
Weather Update