Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘मेलुङ गाउँपालिका अध्यक्षमाथि भएको दुर्व्यवहार नियोजित र षड्यन्त्रमुलक’
‘मेलुङ गाउँपालिका अध्यक्षमाथि भएको दुर्व्यवहार नियोजित र षड्यन्त्रमुलक’ चरिकोट - दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि भएको दुव्र्यवहार नियोजित र षड्यन्त्रमुलक भएको भन्दै सरोकारवालाहरुले आपत्ती जनाएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, वाग्मती प्रदेश, जिल्ला समन्वय समिति दोलखा लगायतका निकायले विज्ञप्तीमार्फत घट्नाको बिरोध जनाउँदै छानविन र दोषीमाथि कारबाहीको माग गरेका हुन् ।
पहिरोले पुरियो रामेछापको जिल्ला सामुदायिक आँखा केन्द्र
पहिरोले पुरियो रामेछापको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली - अविरल वर्षासँगै गएको पहिरोले रामेछापको मन्थली स्थित तिलगंगा आँखा केन्द्र मार्फत सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्र पुरेको छ । पहिरोले भवन पुरेपछि आँखा परीक्षण तथा उपचार सेवा प्रभावित भएको छ । केन्द्रका अध्यक्ष गोविन्दप्रसाद घिमिरेका अनुसार केन्द्रका सबै सामाग्री सुरक्षित स्थानमा सारिएको छ । 
जापानबाट थप दुई लाख ८ हजार ६० डोज खोप नेपाल आईपुग्यो
जापानबाट थप दुई लाख ८ हजार ६० डोज खोप नेपाल आईपुग्यो काठमाण्डौं - जापानले सहयोग गरेको दुई लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप नेपाल आईपुगेको छ । जापान सरकारले सहयोग गरेको उक्त खोप कोभ्याक्समार्फत् शनिबार बिहान नेपाल आइपुगेको हो ।
अफगानिस्तानमा फसेका दोलखाका सुमन भन्छन् : ‘बाँचेर स्वदेश फर्किन मुस्किल छ’
अफगानिस्तानमा फसेका दोलखाका सुमन भन्छन् : ‘बाँचेर स्वदेश फर्किन मुस्किल छ’ काठमाडौँ  - सरकारले उद्धारमा तदारुकता नदेखाउँदा अफगानिस्तानबाट स्वदेश फर्किन चाहने नेपालीहरु अझै अलपत्र बनेका छन् । सुरक्षा चुनौती थपिएसँगै त्यहाँ रहेका धेरै थुप्रै नेपाली स्वदेश फर्कन खोजिरहेका छन् । तर उनीहरू काबुल विमानस्थलमै अलपत्र छन् ।
राप्रपा नेता केसीको कोरोनाका कारण निधन
राप्रपा नेता केसीको कोरोनाका कारण निधन चरिकोट - राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) का नेता तिर्थ बहादुर केसीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दोलखा भीमेश्वर नगरपालिका घर भएका केसीको गएराती उपचारका क्रममा मृत्यु भएको हो । उनी निर्माण व्यवसायी समेत रहेका केसी राप्रपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । 
चरिकोट अस्पतालका डा. दंगालले पाए अन्तराष्ट्रिय अवार्ड
चरिकोट अस्पतालका डा. दंगालले पाए अन्तराष्ट्रिय अवार्ड चरिकोट–दोलखा सदरमुकाम चरिकोट अस्पतालका डा. विनोद दंगाल अन्तराष्ट्रिय अवार्डबाट समानित भएका छन् । अस्पतालका प्रमुख डा. दंगाललाई एसिया अवार्डडेस नामक संस्थाले स्वास्थ्य र सामाजिक सेवातर्फ गरेको योगदानको मुल्यांकन गर्दै एसियाकै ठुलो विजनेस अवार्ड प्रदान गरेको हो ।
सुनखानी-साङवा सडकको ३० किलोमिटर कालोपत्रे हुने, बहुवर्षिय ठेक्काको तयारी
सुनखानी-साङवा सडकको ३० किलोमिटर कालोपत्रे हुने, बहुवर्षिय ठेक्काको तयारी चरिकोट – दोलखाको उत्तरी क्षेत्र जोड्ने सुनखानी–साङ्वा सडक कालोपत्रेका लागि बहुवर्षिय ठेक्का लगाउने तयारी भएको छ । कालिञ्चोक गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) गरिसकेको उक्त सडकको ३० किलोमिटर खण्ड कालोपत्रे हुने भएको हो । वाग्मती प्रदेश सरकारले संघीय सरकारसँगको समपुरक अनुदान साझेदारीमा कालिञ्चोक गाउँपालिका हुँदै विगु गाउँपालिका पुग्ने मुख्य प्रवेशमार्ग...
काठमाण्डौंमा यार्सागुम्बा लुटपाटको घट्ना : दोलखा बैतेश्वरका युवक पक्राउ
काठमाण्डौंमा यार्सागुम्बा लुटपाटको घट्ना : दोलखा बैतेश्वरका युवक पक्राउ काठमाडौं - काठमाण्डौंको म्हैपीमा ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार बझाङ मष्ट गाउँपालिका ५, घर भई हाल भक्तपुर सुर्यबिनायक कटुन्जे बस्ने, ३४ बर्षिय धर्म ओखेडा, दोलखा बैतेश्वर गाउँपालिका २ घर भई हाल ठमेल बस्ने ३२ वर्षिय म्यानपावर व्यवस्थापक मनोज कुमार श्रेष्ठ,...
दोलखाको बोच प्रहरी चौकीमा आगलागी (भिडियो)
दोलखाको बोच प्रहरी चौकीमा आगलागी (भिडियो) चरिकोट – दोलखाको बोच स्थित प्रहरी चौकीमा आगलागी भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा रहेको प्रहरी चौकीमा विहान ८ बजेपछि आगलागी भएको हो । विधुत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घट्नास्थलमा खटिएका प्रहरी र स्थानीयले आगो केही घण्टापनि नियन्न्त्रणमा लिएका छन्...
अण्डाको मुल्य बढेको बढ्यै, नियमक निकायको बेवास्ता
अण्डाको मुल्य बढेको बढ्यै, नियमक निकायको बेवास्ता काठमाण्डौं - उपभोक्ताहरुलाई मार पर्नेगरी उत्पादकहरुले एकलौटी मूल्य निर्धारण गरेका छन् । दुई महिनाको अवधिमा अण्डाको मूल्य झण्डै दोब्बरले वृद्धि भएपछि उपभोक्ता ठगिएका छन् । सरकारी बेवास्ताका कारण उपभोक्ता चरम मारमा परेका छन् । केहीसाता अघि अण्डाको मुल्य प्रतिगोटा १२ रुपैयाँ थियो ।
Weather Update