तामाकोसी नदीमा पानीको बहावमा उत्तरचढाव आउनसक्ने, सतर्क रहन आग्रह
आइतबार, चैत १३, २०७८
काठमाण्डौंबाट हराएका मोटरसाईकल दोलखामा धमाधम बरामद हुँदै
आइतबार, चैत १३, २०७८
चरिकोट–काठमाण्डौंबाट हराएका मोटरसाईकलहरु धमाधम दोलखामा फेला पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाले बरामद गरेको १० वटा मोटरसाईकल मध्ये ३ वटा काठमाण्डौंबाट हराएको पत्ता लागेको छ ।
एमसीसी र पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा दोलखामा बिप्लव नेकपाको प्रदर्शन
बुधबार, माघ २६, २०७८
सिंगटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोलखाले जिल्लाको उत्तरी क्षेत्रको व्यापारिक केन्द्र सिङटी बजारमा एमसीसी बिरुद्ध प्रदर्शन गरेको छ । एमसीसी खारेजी र पेट्रोलियम पदर्थको चर्को मुल्य वृद्धिको बिरोधमा बिप्लव नेतृत्वको नेकपाले प्रदर्शन गरेको हो ।
एमालेको स्थानीय संगठन कमिटि नागरिकको उद्धार र राहातमा सक्रिय
बुधबार, माघ ५, २०७८
चरिकोट । नेकपा एमाले शैलुङ गाउँपालिका ८ नम्बर वडा कमिटिको पहलमा बृद्धबृद्धा, एकल महिला तथा अपांगहरुलाई राहात सहयोग गरिएको छ । काठमाण्डौं वडा सम्पर्क मञ्च र विभिन्न समाजसेवीबाट आर्थिक सहयोग जुटाएर वडा कमिटिले न्यानो ज्याकेट, खाद्यन्न वितरणका साथै लकडाउनको समयमा काठमाण्डौंबाट नागरिकको उद्धार गरेको हो ।
ग्रीसमा भएको दुर्घट्नामा दोलखाका एक सहित चार जना नेपालीको मृत्यु
बुधबार, पुस ७, २०७८
काठमाण्डौं - मंसिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा मृत्यु भएका चार जना नेपालीहरुको सनाखत भएको छ । उनीहरु गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा गाडी दुर्घटनामा परेका हुन् ।
उधौली (भुमेपूजा), योमरी पुन्ही र धान्यपूर्णिमा हर्षोल्लासपुर्वक मनाईंदै
आइतबार, पुस ४, २०७८
काठमाडौं - किरात समुदायले आज उधौली पर्व (भुमेपूजा) हर्षोल्लासपुर्वक मनाउँदैछन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवान्का रुपमा मान्ने किरात समुदायले खेतीपातीमा केही...
एक महिनाअघि ईराक पुगेका दोलखालीको बाढीले बगाएर मृत्यु
शनिबार, पुस ३, २०७८
काठमाडौँ - ईराकमा बाढीले बगाउँदा दुई जना नेपालीले ज्यान गुमाएका छन् । इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको मृत्यु भएको हो । उनीहरुको पुरा ठेगाना खुल्न सकेको छैन ।
चरिकोटमा तीनदिने आधारभूत पत्रकारिता तालिम
आइतबार, मंसिर २६, २०७८
चरिकोट – दोलखा सदरमुकाम चरिकोटमा आईतवारदेखि तीन दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखाले तालिमको आयोजना गरेको हो । भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको तालिममा तीन दर्जन प्रशिक्षार्थीहरुको सहभागिता छ ।
सुनखानी-साङ्वा सडक कालोपत्रेका लागि वोलपत्र आव्हान, फागुनदेखि काम सुरु हुने
बुधबार, मंसिर २२, २०७८
चरिकोट – दोलखाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने सुनखानी–साङ्वा सडक कालोपत्रेका लागि वोलपत्र आव्हान भएको छ । सिन्धुपाल्चोक स्थित भौतिक पुर्वाधार विकास कार्यालयलले सडकको डिजिटल सर्वेक्षणपछि बुधवार वहुवर्षीय ठेक्का लगाउनेगरी वोलपत्र आव्हान गरेको हो ।
मुडे-चरिकोट सडकको ठेक्का तोड्ने तयारी
सोमबार, मंसिर २०, २०७८
काठमाडौं - सरकारले मुडे चरिकोट सडकको ठेक्का तोड्ने तयारी गरेको छ । उक्त सडक विस्तार तथा कालोपत्रेको लागि ठेकेदार कम्पनिसँग भएको सम्झौता तोड्दै उसलाई कालोसूचीमा राख्ने तयारी भएको हो । भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले यसै साता ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का तोड्ने जानकारी दिए ।
नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्ट भित्रिएको पुष्टी
सोमबार, मंसिर २०, २०७८
काठमाडौँ - नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्ट भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पनि ओमिक्रोन भेरिएन्टका संक्रमित फेला परेका हुन् । ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
श्रीमती हत्या अभियोगमा रामेछाप मन्थलीका पुरुष पक्राउ
सोमबार, मंसिर २०, २०७८
मन्थली - श्रीमतीको हत्या गरेको आरोपमा रामेछापका एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेल रहेका छन् ।
दोलखाका युवक गुण्डागर्दी गर्दै रकम असुली गरेको आरोपमा पक्राउ
सोमबार, मंसिर २०, २०७८
काठमाण्डौं - गुण्डागर्दी गर्दै रकम असुल गरेको अभियोगमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । महानगरिय प्रहरी अपराध महाशाखाबाट खटि गएको प्रहरीको विशेष टोलीले उनीहरुलाई काठमाण्डौंका मित्रपार्कबाट पक्राउ गरेको हो । उनीहरु काठमाण्डौको पानीपोखरी स्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई धम्की दिई रकम असुलेको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको...