Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कांग्रेस उपसभापति गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप
कांग्रेस उपसभापति गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेको छ । सहकारीको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ । धनराजकी श्रीमती ज्योति गुरुङ ललितपुरको मितेरी सहकारीको महाप्रबन्धक रहेका बेला रकम दुरुपयोग भएको भन्दै संसद्मा समेत प्रश्न...
५० लाख लिएर क्रिप्टो कारोबारी छाड्ने प्रहरी हवल्दार छानविनमा 
५० लाख लिएर क्रिप्टो कारोबारी छाड्ने प्रहरी हवल्दार छानविनमा  काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखामा काम गर्ने एक प्रहरी हवल्दार क्रिप्टो कारोबारीबाट पैसा लिएको अभियोगमा छानविनमा तानिएका छन् । प्रहरी सहायक हवल्दार गणेश खड्कालाई आफ्नै कार्यालयले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । 
फेरी बहसमा इपिजी प्रतिवेदन
फेरी बहसमा इपिजी प्रतिवेदन काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार गरेको संयुक्त प्रतिवेदनबारे फेरी बहस सुरु भएको छ । ईपिजी प्रतिवेदन बुझ्न भारतले आनाकानी गरिरहेको सन्दर्भमा नेपालले त्यसलाई पुन स्मरण गराएको छ ।
रामेछाप डडुवाका पहिरो पीडितको बिचल्ली
रामेछाप डडुवाका पहिरो पीडितको बिचल्ली दोलखा । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका पहिरो पीडितहरुको अवस्था दयनीय बनेको छ । पहिरोले विस्थापित बनाएपछि डडुवाका ४३ परिवारको बिचल्ली भएको हो । २ सातादेखि उनीहरु त्रिपालको साहारामा बस्न बाध्य छन् । कोही सडकमा त कोही गाउँको डाँडामा बसेका छन् ।
सामाजिक संजालमा बिवादित स्टाटस लेख्दा दोलखाका युवक प्रहरी हिरासतमा 
सामाजिक संजालमा बिवादित स्टाटस लेख्दा दोलखाका युवक प्रहरी हिरासतमा  काठमाडौं । फेसबुकमा बिवादित स्टाटस लेखेको विषयलाई लिएर दोलखाका एक युवक दुई दिनदेखि प्रहरी हिरासतमा छन् । दोलखा शैलुङ गाउँपालिका–७ का कुशल भनिने २९ वर्षिय मानबहादुर कार्कीलाई प्रहरीले हिरासतमा लिएको हो ।  उनीमाथि सामाजिक सद्भाव भड्किने खालको स्टाटस लेखेको आरोप लगाईएको छ । 
यसकारण भएको थियो सौर्य एयरको जहाज दुर्घट्ना
यसकारण भएको थियो सौर्य एयरको जहाज दुर्घट्ना काठमाडौं । काठमाडौंमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले आफ्नो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम ९ साउन २०८१ मा भएको जहाज दुर्घट्ना भएको थियो । 
Weather Update