गठबन्धनले दोलखालाई किन जित्ने लिष्टमा राखेन ?
सोमबार, भदौ १३, २०७९
कालिञ्चोक गाउँपालिकाको स्रोतमाथि गुठीको कब्जा
शनिबार, भदौ ११, २०७९
चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने पर्यटकीय क्षेत्रको लाखौं रुपैयाँ आन्तरिक आय वर्षौंदेखि गुमाईरहेको छ । आफ्नो क्षेत्रभित्र पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य कालिञ्चोक मन्दिर र आसपासको क्षेत्रबाट उठ्ने लाखौं रुपैयाँ राजस्व गाउँपालिकाले उठाउन नसकेको हो । कालिञ्चोक गाउँपालिका भित्र पर्ने उक्त क्षेत्र गाउँपालिकाको मुख्य धार्मिक तथा...
मतदाता नामावलीमा नाम छुटेको छ ? एक हप्ताभित्र दर्ता गर्नुस्
आइतबार, भदौ १२, २०७९
भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने...
दोलखामा कामु प्रधानन्यायधीशको विद्यार्थीलाई क्लास, भन्छन् : ‘न्यायलयभित्रको बेथिति उठाउनुपर्छ’
शनिबार, भदौ ११, २०७९
चरिकोट - सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायधिस दिपक कुमार कार्कीले न्यायलय भित्र हुने बेथिति उजागार हुनुपर्ने बताएका छन् । अदालतभित्र अनियमितता, भ्रष्टाचार वा अन्य कुनै खराबी रहेको भए उठाउन उनले आग्रह समेत गरे । सर्वोच्च अदालतले दोलखा सदरमुकाम चरिकोट स्थित गौरीशंकर बहुमुखि क्याम्पसमा आयोजना गरेको विद्यार्थी माझ अदालत कार्यक्रमलाई सम्बोधन गर्दै...
युवा संघ दोलखाले गर्यो जिम्मेवारी बाँडफाँड, ३१ सदस्यीय सचिवालय गठन
शनिबार, भदौ ११, २०७९
चरिकोट - नेकपा एमाले निकट राष्ट्रिय युवा संघ दोलखाले जिम्मेवारी बाँडफाँड गरेको छ । सदमुकाम चरिकोट स्थित पार्टी कार्यालयमा आज बसेको बैठकले जिल्ला संयोजक, प्रवक्ता सहित ९ वटै स्थानीय तहका ईन्चार्जहरुको जिम्मेवारी बाँडाफाँड गरेको हो ।
नागरिक र मिडियामाथि जासुसी गर्न वाग्मती सरकारको छुट्टै संयन्त्र
शनिबार, भदौ ११, २०७९
हेटौंडा - वाग्मती प्रदेश सरकारले वैयक्तिक गोपनीयता र प्रादेशिक अधिकार क्षेत्रविपरीत छुट्टै जासुसी संयन्त्र खडा गर्ने भएको छ । प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान ब्युरो’ गठन गर्न कानुन बनाएको हो । संविधानमा प्रदेश अनुसन्धान ब्युरो गठन गर्न सकिने व्यवस्था भएपनि संघीय कानुनसँग बाझिने गरी प्रदेशलाई ऐन बनाउन बन्देज गरिएको छ ।
भक्तपुरमा ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन, दोलखा र रामेछापका पाँच जना पक्राउ
शुक्रबार, भदौ १०, २०७९
काठमाण्डौं - दोलखा र रामेछापको केही व्यक्तिहरुले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बजारमा पुर्याउने गरेको पाईएको छ । ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरेको अभियोगमा प्रहरीले दुई जिल्लाका ५ जनालाई पक्राउ गरेको छ ।
अस्पतालबाट फरार रामेछापका एक जना कैदी पक्राउ
बिहीबार, भदौ ९, २०७९
काठमाडौैं - त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट फरार रामेछाप घर भएका एकजना कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप तिल्पुङग गाउँपालिका वडा नं २ घर भएका ३१ वर्षीय भोला बुढाथोकी रहेका छन् । अस्पतालबाट फरार भएका उनलाई ललितपुर प्रहरीले लुभुबाट पक्राउ गरेको हो ।
बैंकिङ कसूर मुद्दाका फरार ओखलढुंगाका एक अभियुक्त पक्राउ
बुधबार, भदौ ८, २०७९
प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका १ घर भई हाल काठमाडौं ७ चाबहिल बस्ने ५२ वर्षीय शंकरप्रसाद लुईटेल रहेका छन ।
अपर तामाकोसीको ड्याममा बेपत्ता युवकको शव दुई हप्तापछि फेला
बुधबार, भदौ ८, २०७९
चरिकोट – दोलखाको लामागरस्थित माथिल्लो तामाकोसी आयोजनाको ड्याममा बेपत्ता एक युवक फेला परेका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ का २८ वर्षिय रमेश बस्नेतको शव आज फेला परेको हो ।
प्रचण्डका घरबेटीको कम्पनी शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा
बुधबार, भदौ ८, २०७९
काठमाडौँ - शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । सरकारले उक्त कम्पनीलाई ठेक्कापट्टामा तीन वर्षका लागि प्रतिबन्ध लगाएको हो । खरिद सम्झौताविपरीत ठेक्का अलपत्र पारेको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङलाई तीन वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ ।
पूर्वमन्त्री गुरुङद्धारा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन
मंगलबार, भदौ ७, २०७९
चरिकोट – पूर्वमन्त्री एवं दोलखाका संघीय सांसद पार्वत गुरुङसहितको टोलीले जिल्लाको दक्षिणी क्षेत्रमा बाढिपहिरोले पुर्याएको क्षतिको स्थलगत अवलोकन गरेको छ । उक्त टोलीले मेलुङ र तामाकोसी गाउँपालिकाको सितली, मालुखोला र शहरेमा गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे स्थलगत अवलोकनसँगै पीडितहरुसँग भेटघाट गरेको हो ।