थामी समाज दोलखाको छैटौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन
आइतबार, असोज ९, २०७९
आकस्मिक सवारी लाईसेन्सका लागि आवेदन खुल्यो
आइतबार, असोज २, २०७९
काठमाण्डौं - यातायात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ। सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयले जानकारी दिए।
मिटरब्याजीको अभियोगमा दोलखाका एक व्यक्ति पक्राउ
आइतबार, असोज २, २०७९
चरिकोट - दोलखा घर भएका एक जना मिटरव्याजी काठमाण्डौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेजबिक्रम कार्की रहेका छन् । उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो । जिल्लाका एक जना पीडितको जाहरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दोलखा स्थायी घर भएपनि उनी रौतहटको चन्द्रनिगाहपुरु बस्दै आएका थिए...
खोलामा लडेर बेपत्ता शिक्षकको २२ घण्टापछि जिबितै उद्धार
आइतबार, असोज २, २०७९
चरिकोट - सिन्धुपाल्चोकको एक खोलामा बेपत्ता भएका शिक्षकको करिव २२ घण्टापछि जिबितै उद्धार गरिएको छ । जिल्लाको हेलम्बु १ नाकोटे स्थित ठाडो खोलामा लडेर बेपत्ता भएका दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षिय शिक्षक केशव शिवाकोटीको उद्धार गरिएको हो ।
खोलामा लडेर बेपत्ता शिक्षक शिवाकोटी घाईते अवस्थामा भेटिए
आइतबार, असोज २, २०७९
चरिकोट - सिन्धुपाल्चोकको खोलामा बेपत्ता भएका दोलखाको कालिञ्चोक गाउँपालिका घर भएका एक शिक्षक घाईते अवस्थामा भेटिएका छन् । जिल्लाको हेलम्बु १ नाकोटे स्थित ठाडो खोलामा लडेर बेपत्ता भएका कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षिय केशव शिवाकोटी केही घाईते अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ...
सवारी दुर्घट्नामा गम्भिर घाईते भएका दोलखाका युवकको उपचारका क्रममा मृत्यु
शनिबार, असोज १, २०७९
चरिकोट — सिन्धुपाल्चोकमा कार दुर्घट्नामा परी गम्भिर घाईते भएका दोलखा भीमेश्वर नगरपालिका २ का एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका वडा नम्बर २ का २२ वर्षिय राजेश तामाङ रहेका छन् । धुलिखेल अस्पतालबाट रिफर गरी काठमाण्डौंको केएमसी अस्पतालमा उपचारका क्रममा उनको आज मृत्यु भएको हो ।
सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला
शनिबार, असोज १, २०७९
काठमाडौं - दशैं लगायतका चाडपर्बलाई लक्षित गरी आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला गरिएको छ । आजदेखि टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् ।
दोलखा बैतेश्वरका युवक मुग्लिन पुलबाट हामफालेर बेपत्ता
शुक्रबार, भदौ ३१, २०७९
काठमाण्डौं - दोलखा घर भएका एक युवक मुग्लिन पुलबाट हामफालेर बेपत्ता भएका छन् । मोटरसाईकल चढेर मुग्लिन पुगेका ती युवक मोटरसाईकल पुलमा छाडेर नदीमा हामफालेका हुन् । मोटरसाईकलमा उनको झोला र सोसाईट नोट भेटिएको प्रहरीले बताएको छ ।
दशैंको टीकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा
शुक्रबार, भदौ ३१, २०७९
काठमाडौँ - यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११स्५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १० : ३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
१ करोड ७९ लाख ८८ हजार ५७० पुग्यो मतदाता संख्या
शुक्रबार, भदौ ३१, २०७९
काठमाडौँ - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको छ। निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। आयोगले निर्वाचनका लागि १० हजार ८९१ मतदानस्थल तोतेको छ । साथै २२ हजार २२६ वटा मतदानकेन्द्र...
दोलखाबाट हराएका पुरातात्विक सम्पदा कसरी पुग्यो बेलायत र अमेरिका ?
शुक्रबार, भदौ ३१, २०७९
काठमाडौँ - दोलखाका दुई निजी संग्रहकर्तासँग रहेका सोह्रौं शताब्दीको सृजना मानिने दुई पुरातात्विक सम्पदा बेलायत र अमेरिकामा फेला परेका छन् । हराएका वा चोरिएका नेपाली सम्पदाको पहिचान तथा घरफिर्तीमा अभियान बनेको ‘लस्ट आट्र्स अफ नेपाल’ अनुसार, दोलखाको कोरछेंस्थित श्रेष्ठ परिवारसँग रहेको तामाको सुनौलो ‘बज्रधारा’ अन्तर्राष्ट्रिय आर्ट डिलर रोस्सी एन्ड रोस्सीसँग...
घरजग्गा कारोबार गर्न अनुमति लिनुपर्ने व्यवस्था गर्दै सरकार
बिहीबार, भदौ ३०, २०७९
काठमाण्डौं - सरकारले घर-जग्गा सम्बन्धी कारोबार गर्न अब अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गर्ने भएको छ । मालपोत ऐन-२०३४ संशोधन गर्दै सरकारले घरजग्गा कारोबारमा अनुमति लिनुपर्ने नियम लागु गर्न लागेको हो । जसका लागि सरकारले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक नै जारी गरेर विभिन्न ऐन संशोधन गर्ने तयारी गरेको छ...
काभ्रेमा पहिरोले घर पुरियो, एकै परिवारका तीनजनाको मृत्यु
बिहीबार, भदौ ३०, २०७९
बनेपा - काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । जिल्लाको बेथानचोक गाउँपालिका ४, चलाल गणेशथानमा गएराति पहिरो जाँदा तीनजनाको मृत्यु भएको हो ।