Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको मतगणना : जिल्लाको राय बुझेपछि निर्णय गर्दै आयोग
दोलखाको मतगणना : जिल्लाको राय बुझेपछि निर्णय गर्दै आयोग दोलखा - निर्वाचन आयोगले दोलखाको बिभिन्न मतदान केन्द्रमा बुथ कब्जा भएको भनि परेको उजुरीबारे निर्णय नभई मतगणना प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ । जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गर्दै आयोगले आवश्यक निर्णयपछि मतगणना प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
समानुपातिक मतगणनामा एमाले पहिलो स्थानमा
समानुपातिक मतगणनामा एमाले पहिलो स्थानमा काठमाडौं - प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ अहिलेसम्मको मतगणनामा एमाले पहिलो दल बनेको छ । धेरै मत पाउनेमा नेकपा एमाले पहिलो स्थानमा देखिएको हो । निर्वाचन आयोगले अपडेट गरेको विवरण अनुसार एमालेले दुई लाख मत कटाईसकेको छ । 
दोलखाको तामाकोशी गाउँपालिकामा १५ राउन्ड गोली चल्यो, एक नेपाली सेना घाइते
दोलखाको तामाकोशी गाउँपालिकामा १५ राउन्ड गोली चल्यो, एक नेपाली सेना घाइते दोलखाको तामाकोशी गाउँपलिकामा मतदानका क्रममा गोली चलेको छ । जिल्लाको तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदानस्थल एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले १५ राउन्ड गोली चलाएको हो ।
दोलखाको गैरीमुदिमा तनाव सिर्जना, प्रहरीद्धारा तीन राउन्ड हवाई फायर
दोलखाको गैरीमुदिमा तनाव सिर्जना, प्रहरीद्धारा तीन राउन्ड हवाई फायर दोलखाको बैतेश्वर गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ ।
दोलखाको तामाकोशी गाउँपालिका २ झुलेमा हवाई फायर
दोलखाको तामाकोशी गाउँपालिका २ झुलेमा हवाई फायर दोलखाको तामाकोसी गाउापालिका वडा नं २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान स्थगित भएको छ ।
चुनावी सुरक्षा : दोलखा फेरि ‘रेडजोन’मा, बुथ कब्जाको कलंक मेटिएला ?
चुनावी सुरक्षा : दोलखा फेरि ‘रेडजोन’मा, बुथ कब्जाको कलंक मेटिएला ? काठमाडौं - निर्वाचन आयोगले दोलखाको अति सम्वेदनशील मतदान केन्द्रहरुलाई विशेष निगरानीमा राखेको जनाएको छ । प्रत्येक निर्वाचनमा जिल्लाको केही मतदान केन्द्र स्थित बुथ कब्जा हुँदै आएको छ । गत स्थानीय निर्वाचनमा पनि बैतेश्वर र तामाकोशी गाउँपालिकाका केही बुथ कब्जा गरिएको थियो ।
निर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने
निर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने काठमाडौं - निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका अनुसार सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने गरी मतगणनाको तयारी भैरहेको छ ।
निर्वाचनका लागि विशेष सुरक्षा योजना लागु गर्ने तयारी
निर्वाचनका लागि विशेष सुरक्षा योजना लागु गर्ने तयारी काठमाडौँ - मंसिर ४ गते हुने निर्वाचनको सुरक्षाका लागि सरकारले विशेष सुरक्षा योजना तयार पारेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहितको सहायतामा गृह मन्त्रालयले विशेष सुरक्षा योजना तयार पारेको हो । जसअन्तर्गत विभिन्न २० वटा सुरक्षा रणनीतिक कार्ययोजना बनाइएको छ ।
बिहिवार मध्यरातबाट चुनावी प्रचारप्रसार गर्न निषेध
बिहिवार मध्यरातबाट चुनावी प्रचारप्रसार गर्न निषेध काठमाडौँ - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलहरुलाई बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न भनेको छ ।  निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । सोही अनुसार...
दोलखाको ऐतिहाँसिक विगु गुम्बाको पुनर्निर्माणपछि उद्घाटन
दोलखाको ऐतिहाँसिक विगु गुम्बाको पुनर्निर्माणपछि उद्घाटन चरिकोट – दोलखाको विगु गाउँपालिका ७ स्थित विगु गुम्बा (टाशी छिमे गछाल गोन्पा) को उद्घाटन गरिएको छ । २०७२ सालको बिनाशकारी भुकम्पले क्षति पुर्याएको उक्त गुम्बा पुर्ननिर्माणपछि मंगलबार एक समारोहकाबीच लामा क्याब्जे थुुब्तेन जोपा रिन्पाछेले उद्घाटन गरे ।
निर्वाचनका लागि ४ दिन सार्वजनिक बिदा
निर्वाचनका लागि ४ दिन सार्वजनिक बिदा काठमाडौँ - सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४ दिन बिदा दिने जनाएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले शिक्षण संस्था र विद्यालयलाई ४ दिन र सरकारी कार्यालय र सार्वजनिक निकायलाई २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
विश्वको जनसंख्या ८ अर्ब पुग्यो
विश्वको जनसंख्या ८ अर्ब पुग्यो काठमाडौँ - विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो ।
Weather Update