Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रवि लामिछानेको सांसद पद खारेज, मन्त्री पदपनि गयो
रवि लामिछानेको सांसद पद खारेज, मन्त्री पदपनि गयो काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।
चरिकोट खानेपानीको बिवाद गहिरिँदै
चरिकोट खानेपानीको बिवाद गहिरिँदै चरिकोट । दोलखा सदरमुकाम चरिकोट र आसपासका क्षेत्रको खानेपानी समस्या समाधान गर्न बनेका दुई संस्था बीचको बिवाद गहिरिँदै गएको छ । चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समिति र चरिकोट सहरी खानेपानी तथा सरसफाई आयोजनाबीचको बिवाद उत्कर्षमा पुगेको हो ।
गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धी मुद्धामा सुनुवाई हुँदै
गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धी मुद्धामा सुनुवाई हुँदै काठमाण्डौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ गर्दैछ । सर्वोच्चको संवैधानिक ईजलासले यसअघि माघ ११ गते हेर्दाहेर्दैमा राखेको मुदामा शुक्रबार सुनुवाई गर्न लागेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म नबुझाएको बहसका क्रममा वकिलहरूले उठाएका छन्...
सबै क्षेत्रमा सेवा शुल्क लिन नपाउने सर्वोच्चको फैसला
सबै क्षेत्रमा सेवा शुल्क लिन नपाउने सर्वोच्चको फैसला काठमाडौँ । होटल तथा रेस्टुराँसहित अब अन्य क्षेत्रले पनि सेवा शुल्क (सर्भिस चार्ज) लिन नपाउने भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार गरेको फैसलाले सेवा शुल्कमा बन्देज गरेको हो ।
श्रीपञ्चमी : बालबालिकालाई अक्षरारम्भ गर्ने दिन
श्रीपञ्चमी : बालबालिकालाई अक्षरारम्भ गर्ने दिन काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी देशभर मनाईदैछ । श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाईन्छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । यो दिन विद्यारम्भको मुख्य तिथि भएकोले विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ...
आफैलाई आगो लगाएका आचार्यको उपचारको क्रममा मृत्यु
आफैलाई आगो लगाएका आचार्यको उपचारको क्रममा मृत्यु काठमाडौँ । बानेश्वरमा आफैलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो । आचार्यले मंगलबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका थिए ।
योजना अलपत्र पार्ने ७ कम्पनीलाई सोधियो स्पष्टीकरण
योजना अलपत्र पार्ने ७ कम्पनीलाई सोधियो स्पष्टीकरण काठमाडौँ । विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । “यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आएकाले कालोसूचीमा राख्न नपर्ने आधार वा प्रमाण भए सूचना प्राप्त भएको मितिले ३०...
प्रधानमन्त्री र सभामुखबीच भेटबार्ता
प्रधानमन्त्री र सभामुखबीच भेटबार्ता काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटघाटमा विभिन्न समसामायिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सुनकोसी गाउँपालिकामा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार
सुनकोसी गाउँपालिकामा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार चौतारा । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको छ । मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो । नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन...
धरानमा खुकुरी प्रहार गरी एक युवकको हत्या
धरानमा खुकुरी प्रहार गरी एक युवकको हत्या धरान । सुनसरीको धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको बिहीबार हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन्।
Weather Update