दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
सोमबार, माघ २३, २०७९
नेपालमा हुने भ्रष्टाचारमा केही सुधार, ११० औं स्थानमा सूचीकृत
मंगलबार, माघ १७, २०७९
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचारको अबस्था सुधार हुँदै गएको प्रतिवेदन सार्वजनिक गरेको छ । भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२२ सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचारमा केही सुधार भएको जनाएको हो । सूचकाङ्कका अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा परेको छ ।
प्रधानमन्त्रीलाई एकिकृत समाजवादीको ज्ञापनपत्र
मंगलबार, माघ १७, २०७९
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गर्दै समाजवादीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
मेयर वालेन शाह बिरुद्ध काठमाण्डौंमा प्रदर्शन
आइतबार, माघ १५, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिका बिरुद्ध उपत्यकाको माईतीघरमा प्रदर्शन भएको छ । महानगरले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन सुरु भएको हो । बिरोध प्रदर्शनका लागि काठमाडौंका विभिन्न ठाउँका वासिन्दा माइतीघरमा भेला भएका थिए । महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको उनीहरुको आरोप छ ।
पार्टी नेतृत्वमा रवि लामिछानेको कमब्याक
आइतबार, माघ १५, २०७९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने चयन भएका छन् । उक्त पार्टीको आईतवार बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रास्वपाको केन्द्रीय समिति बैठक बसेको थियो ।
फेसबुकमार्फत युवतीको चरित्र हत्या गर्ने दोलखा मेलुङका युवक पक्राउ
आइतबार, माघ १५, २०७९
काठमाण्डौं । सामाजिक संजालको दुरुपयोग गरी व्यक्तिको चरित्र हत्या गर्ने दोलखा मेलुङ गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलुङ गाउँपालिका वडा नम्बर ७ खड्काथोकका २४ वर्षिय अर्जुन खड्का रहेका छन् ।
नक्कली मदिरा बिक्री गरेको आरोपमा दोलखाका १ जना सहित तीन जना पक्राउ
आइतबार, माघ १५, २०७९
नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने दोलखाका १ जना सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका १ कुपण्डोलबाट खटिएको प्रहरी टोलीले मदिरा पसलहरूमा खानतलासी गर्ने क्रममा उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।
रवि लामिछानेले लिए नयाँ नेपाली नागरिकता
आइतबार, माघ १५, २०७९
काठमाडौं । नागरिकता मुद्धामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि रवि लामिछानेले नेपाली नागरिकताको नयाँ प्रमाणपत्र लिएका छन् । नयाँ नागरिकताका लागि लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका थिए ।
कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्रका लागि १२ स्थान प्रस्ताव, कहिले लाग्छ टुंगो ?
आइतबार, माघ १५, २०७९
चरिकोट । सामान्यतः गाउँपालिका केन्द्रका लागि मापदण्डको आधारमा सम्भावित स्थानको प्रस्ताव गरिन्छ । दोलखाको कालिञ्चोक गाउँपालिकाले अघिल्लो कार्यकालमा गठन गरेको सुझाव कार्यदलले केन्द्र निर्धारण सम्बन्धी मापदण्डको केही बुँदामा टेकेर सम्भावित तीन स्थानमा गाउँपालिका केन्द्र राख्दा उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।
नयाँ नेपाली नागरिकता लिँदै रवि लामिछाने
आइतबार, माघ १५, २०७९
काठमाडौं । नागरिकता मुद्धामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि रवि लामिछानेले नयाँ नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् । त्यसका लागि लामिछाने आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाँदैछन् । उनले स्थानीय प्रशासनसँग समन्वय गरी नयाँ नागरिकता लिने तयारी गरेका हुन् ।