राष्ट्रपति भण्डारी दोलखा आउँदै, भीमेश्वरको दर्शन र टुकी किसानसँग अन्तरक्रिया गर्ने
बिहीबार, फागुन १८, २०७९
सुन्द्रावतीका आगलागी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण
सोमबार, फागुन १५, २०७९
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीका आगलागी पीडितहरुलाई सोमवार थप राहात सहयोग हस्तान्तरण गरिएको छ । नेपाल थामी समाज दोलखा मार्फत पीडित परिवारलाई १ लाख २९ हजार ४ सय ९५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
पल शाहले उच्च अदालतबाट पाए सफाई, रिहा गर्ने तयारी
आइतबार, फागुन १४, २०७९
काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह भोली (सोमवार) रिहा हुने भएका छन् । उच्च अदालत पोखराले सफाइ दिएपछि उनी रिहा हुन लागेका हुन् । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाई दिने निर्णय सुनाएको हो ।
प्राविधिक समस्या आएपछि दोलखामा राहदानी सेवा बन्द, सेवाग्राही मारमा
आइतबार, फागुन १४, २०७९
चरिकोट । जिल्ला प्रशासन कार्यालयले राहादानी बितरण कार्य बन्द गरेको छ । आईतवार एक सार्वजनिक सूचना जारी गर्दै प्रशासन कार्यालयले राहादानी सम्बन्धी सेवा स्थगित रहने जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत अरुण कुमार वडालले यही फागुन २० गतेसम्मका लागि राहादानी सम्बन्धी सेवा स्थगित भएको जानकारी दिए ।
दोलखामा वर्षा र हिमपात, किसान र होटल व्यवसायीलाई राहात
आइतबार, फागुन १४, २०७९
चरिकोट । दोलखाका उच्च हिमाली क्षेत्रमा आईतवार हिमपात भएको छ । यो वर्ष ढिलोगरी जिल्लाको कालिञ्चोक, शैलुङ, खरिढुङ्गा लगायतका उच्च पहाडी क्षेत्रमा पहिलो हिमपात भएको हो । हिमपात र वर्षा भएपछि किसानलाई राहत मिलेको छ भने व्यवसायी पनि खुसी भएका छन् ।
ईश्वरी दाहालको नेतृत्वमा दोलखा रेडक्रसको नयाँ कार्यसमिति चयन
शुक्रबार, फागुन १२, २०७९
चरिकोट । नेपाल रेडक्रस सोसाइटी दोलखाको सभापतिमा ईश्वरी दाहाल चयन भएका छन् । शाखाको शुक्रबार सम्पन्न १३ औं अधिवेशनले दाहाललाई सभापतिमा चयन गरेको हो । अधिवेशनले दाहालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।
सर्वोच्चबाट क्रिकेटर लामिछानेले पाएनन् विदेश जाने अनुमति
शुक्रबार, फागुन १२, २०७९
काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान नपाउने आदेश दिएको छ । लामिछानले पेश गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश इश्वर खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चले महान्यायाधीवक्ता र लामिछानेको निवेदन एकसाथ आउँदो आईतबार पेशी तोक्न आदेश दिएको छ ।
‘अछुत आमाले जन्माउँदिनन्, समाजले जन्माएको हो’
शुक्रबार, फागुन १२, २०७९
काठमाडौँ । दोलखाबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले समाजमा व्याप्त छुवाछुत र विभेदबारे सरकारको ध्यानाकर्षण गराएका छन् । एमाले पोलिट व्युरो सदस्य समेत रहेका सांसद रिजालले अछुत् जन्माउने सामाजिक सोच र छुवाछूत प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
दोलखा उद्योग वाणिज्य संघको अध्यक्षका लागि बस्नेतको उम्मेदवारी
बुधबार, फागुन १०, २०७९
चरिकोट । दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदका लागि बुधवार मनोनयन दर्ता भएको छ । जस अनुसार संघको अध्यक्ष पदमा व्यवसायी दिनेश बस्नेतले मनोनयन दर्ता गराएका छन् । संघले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बस्नेतले बुधवार दिउँसो अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् ।
नेपाली उत्पादन अनिवार्य गर्न सार्वजनिक निकायलाई सरकारको निर्देशन
शुक्रबार, फागुन ५, २०७९
काठमाडौँ । सरकारले नेपाली उत्पादनलाई अनिवार्य नियम लागु गर्ने भएको छ । मन्त्रालय मातहतका निकाय तथा आयोगहरूले आयोजना गर्ने अतिथि सत्कार एवं चिया खाजामा अनिवार्य रुपमा नेपाली उत्पादन प्रयोग गर्न सरकारले निर्देशन दिएको हो ।
सिन्धुलीमा मोटरसाईकल दुर्घट्ना हुँदा दाजुभाईले ज्यान गुमाए
सोमबार, फागुन १, २०७९
सिन्धुली । सिन्धुलीमा मोटरसाईकल दुर्घट्ना हुँदा दुई जना रहेका छन् । मदन भण्डारी लोकमार्ग अन्र्तगत सिन्धुलीको मरिण गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी दाजुभाईको मृत्यु भएको हो । मृत्यु हुनेमा मरिण गाउँपालिका वडा नम्बर ४ का ३३ वर्षीय जितेन्द्र माझी र मेषबहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुन्द्रावती आगलागी पीडितका लागि प्रवासका युवाहरुले जुटाए दुई लाख ९२ हजार सहयोग
आइतबार, माघ २९, २०७९
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका-९, सुन्द्रावती स्थित कटुवाचौरका आगलागी पीडितहरुको लागि प्रवासमा रहेका युवाहरुको पहलमा आर्थिक सहयोग जुटाईएको छ । रोजगारी र अन्य कामको शिलशिलामा बिभिन्न मुलुक रहेका युवाहरूको पहल र सक्रियतामा आगलागी पीडितहरुको लागि तीन लाख ९२ हजार २ सय ११ रुपैयाँ बरावर आर्थिक सहयोग जुटाईएको हो ।
बलात्कार गरेको आरोपमा रामेछापका एक युवक पक्राउ
आइतबार, माघ २९, २०७९
नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछापबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–२ सिमपानी घर भएका २६ वर्षीय चेतबहादुर मगर भन्ने रबिन थापामगर रहेका छन ।