Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बैंकमा कार्यरत दोलखा शैलुुङका एक युवकको सवारी दुर्घट्नामा मृत्यु
बैंकमा कार्यरत दोलखा शैलुुङका एक युवकको सवारी दुर्घट्नामा मृत्यु काठमाण्डौं । गोरखामा भएको सवारी दुर्घट्नामा दोलखा जिल्ला घर भएका एक युवकको ज्यान गुमाएका छन् । मिनिट्रक दुर्घटनामा परी शैलुङ गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षीय विष्णु खड्काको मृत्यु भएको हो । उनी धादिङको राष्ट्रिय वाणिज्य बैँक गजुरी शाखामा कार्यरत थिए ।
उपराष्ट्रपतिको निर्वाचनको लागि मौन अवधि सुरु हुँदै
उपराष्ट्रपतिको निर्वाचनको लागि मौन अवधि सुरु हुँदै काठमाडौँ । निर्वाचन आयोगले यही चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध गर्ने भएको छ । फागुन ३० गते राति १२ बजेपश्चात् मतदानको दिन चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगले जनाएको छ ।
अमेरिकाबाट शंकास्पद रकम भित्र्याउने ६ जना पुर्पक्षका लागि थुनामा
अमेरिकाबाट शंकास्पद रकम भित्र्याउने ६ जना पुर्पक्षका लागि थुनामा काठमाडौँ । काठमाडौं जिल्ला अदालतले ठगी, लिखत कीर्ते, सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसूरमा ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । मुख्य आरोपित पृथ्वीबहादुर शाह, उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
रामेछापमा अदालतको फैसला बिरुद्ध प्रदर्शन र तोडफोड
रामेछापमा अदालतको फैसला बिरुद्ध प्रदर्शन र तोडफोड रामेछाप । रामेछापमा जिल्ला अदालतले गरेको फैसला बिरुद्ध प्रदर्शन र तोडफोड भएको छ । अदालतले जबर्जस्ती करणी उद्योग सम्बन्धी मुद्दामा पवन कठायतलाई सफाइ दिने फैसला सुनाएको थियो । फैसलापछि पीडित विनु यादव र उनका समर्थकहरूले सोमबार साँझ अदालत परिसरमा प्रदर्शन तथा तोडफोड गरेका हुन् । 
तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र टुंग्याउन गोप्य मतदान
तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र टुंग्याउन गोप्य मतदान चरिकोट । दोलखा तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र टुङ्गयाउन गोप्य मतदान हुने भएको छ । सोमवार आयोजित गाउँसभाले स्थायी केन्द्रको निर्णय गोप्य मतदानबाट गर्नुपर्ने प्रस्ताव पारित गरेको हो । सभामा गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीले स्थायी केन्द्र गोप्य मतदान प्रक्रियाबाट टुंग्याउनु पर्छ भन्ने पक्षमा १७ जना सदस्य देखिए भने विपक्षमा १५...
यस्तो हुन्छ बहालवाला र पुर्व राष्ट्रपति/उपराष्ट्रपतिको सुविधा !
यस्तो हुन्छ बहालवाला र पुर्व राष्ट्रपति/उपराष्ट्रपतिको सुविधा ! काठमाण्डौं । देशमा गणतन्त्र सुरुवातसँगै विक्रम संवत् २०६५मा डा. रामवरण यादव नेपालका प्रथम राष्ट्रपति निर्वाचित भए। नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल पूरा हुन लागेसँगै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। देशमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गरेको १५ वर्ष हुन लागेको छ।
दोलखा महोत्सव सकियो, चार करोडको कारोवार
दोलखा महोत्सव सकियो, चार करोडको कारोवार चरिकोट । दोलखा सदरमुकाम चरिकोटमा १० दिनदेखि जारी महोत्सव आईतवार सम्पन्न भएको छ । गत फागुन १९ गतेदेखि सुरु भएको महोत्सवको आईतवार एक कार्यक्रमकाबीच बागमती प्रदेशका सभामुख भुवन पाठकले समापन गरे । आयोजकका अनुसार महोत्सवमा चार करोड रुपैयाँ बराबरको आर्थिक कारोवार भएको छ ।
शिक्षक संघ दोलखाको नयाँ कार्यसमिति चयन, अध्यक्ष मानन्धर दोहोरिए
शिक्षक संघ दोलखाको नयाँ कार्यसमिति चयन, अध्यक्ष मानन्धर दोहोरिए चरिकोट । नेपाल शिक्षक संघको जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । संघको नवौं जिल्ला अधिवेशनले अध्यक्षमा पुनः गोविन्द नारायण मानन्धरलाई चयन गरेको छ । मानन्धर यसअघि पनि अध्यक्षको जिम्मेवारीमा थिए । नयाँ नेतृत्व चयनमा सहमति गर्न ढिलाई भएपछि आईतवार मानन्धरकै नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।
अभि थापाको नेतृत्वमा दोलखाली समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन
अभि थापाको नेतृत्वमा दोलखाली समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन दक्षिण कोरिया । दोलखाली समाज दक्षिण कोरियाको अध्यक्षमा अभि थापा चयन भएका छन् । समाजको आईतवार सम्पन्न भेलाले थापाको अध्यक्षतामा ....सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । दक्षिण कोरियामा रहेका नेपालीहरु संगठित भई बनाएको उक्त महत्वपुर्ण संस्थाको नेतृत्वमा थापा सर्बसम्मत चयन भएका हुन् ।
सिन्धुपाल्चोकको ५ क्याम्पसमा स्ववियु पदाधिकारी निर्बिरोध
सिन्धुपाल्चोकको ५ क्याम्पसमा स्ववियु पदाधिकारी निर्बिरोध सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका ५ क्याम्पसका स्ववियु पदाधिकारी निर्बिरोध भएका छन् । जिल्लाका प्रमुख दुई क्याम्पस चौतारा बहुमुखी क्याम्पस र सुनकोशी बहुमुखी क्याम्पस सहित अन्य क्याम्पसहरूमा सर्वसम्मत रूपमा स्ववियु पदाधिकारी निर्वाचित भएका हुन् । चौतारा बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका अमृत श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् ।
उम्मेदवार शाह भन्छन् : उपराष्ट्रपतिका लागि फरक लिंग अनिवार्य छैन
उम्मेदवार शाह भन्छन् : उपराष्ट्रपतिका लागि फरक लिंग अनिवार्य छैन काठमाडौँ । उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रपति र उपराष्ट्रपति फरक÷फरक लिंगको नभएपनि हुने दाबी गरेका छन् । संविधानले त्यस्तो बाध्यकारी व्यवस्था नगरेको उनको दाबी छ । उपराष्ट्रपतिमा आफ्नो उम्मेदवारीविरुद्ध परेका उजुरीको जवाफमा यादवले आईतवार निर्वाचन अधिकृतको कार्यालयमा त्यस्तो व्यहोराको पत्र बुझाएका छन् । 
सिन्धुलीमा यात्रुबाहक बस दुर्घट्ना, ६ जनाको मृत्यु
सिन्धुलीमा यात्रुबाहक बस दुर्घट्ना, ६ जनाको मृत्यु काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घट्नामा परी पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Weather Update