दोलखाका प्रमुख जिल्ला अधिकारीको तीन महिनामै सरुवा
शनिबार, चैत ११, २०७९
दोलखाको जनसंख्या बृद्धिदर ०.७४ प्रतिशतले घट्यो
शुक्रबार, चैत १०, २०७९
चरिकोट । २०७८ सालको जनगणनाले दोलखा जिल्लाको जनसंख्या ऋणात्मक देखाएको छ । दोलखासहित हिमाली र पहाडी क्षेत्रका ३४ वटा जिल्लाको वार्षिक जनसंख्या बृद्धिदर ऋणात्मक देखिएको हो । रामेछाप जिल्लाको वार्षिक जनसंख्या बृद्धिदर सबैभन्दा बढी ऋणात्मक देखिएको छ ।
काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायत जिल्लाका १६ जुवाडे पक्राउ
बिहीबार, चैत ९, २०७९
काठमाडौं । भक्तपुरमा दुई जना भारतीयसहित बिभिन्न जिल्लाका १६ जना जुवाडे पक्राउ परेका छन् । उनीहरु तीन लाख बढी नगदसहित पक्राउ परेका हुन् । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित एक क्याफेमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । मझेरी क्याफेमा जुवा खेलिरहेका क्याफेका सञ्चालक दिलीप गिरीसहित १६ जनालाई पक्राउ...
पेट्रोल सेवन गरेका दोलखा सुन्द्रावतीका एक नावालकको मृत्यु
बुधबार, चैत ८, २०७९
चरिकोट । पेट्रोल सेवन गरेका दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर–९, सुन्द्रावतीका एक नावालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्द्रावती निवासी मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाई रहेका छन् । उक्त परिवार हाल सिंगटीमा पसल संचालन गर्दै आएको थियो ।
अयोग्य भनिएका लडाकुलाई दुई लाख राहत दिने तयारी
बुधबार, चैत ८, २०७९
काठमाडौं । अनमिनको प्रमाणीकरणको बेला अयोग्य ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँको दरले राहत दिने प्रक्रिया सुरु भएको छ । गृहमन्त्रलयका अनुसार बुधबारदेखि राहत बितरणको प्रक्रिया अघि बढेको छ । मन्त्रिपरिषदको गत सोमबारको बैठकले माओवादीका अयोग्य लडाकुहरुलाई कार्यविधि बनाएर राहत दिने निर्णय गरेको थियो ।
दोलखाको कालिञ्चोक क्षेत्रमा चैत महिनामा भारी हिमपात
मंगलबार, चैत ७, २०७९
चरिकोट । बोलीचालीको भाषामा हिउँद यामको गर्मीलाई ‘चैत्र बैशाखको धुप’ भन्ने गरिन्छ । अत्याधिक गर्मीलाई प्रतिकात्मक शब्दमा ‘धुप’ भनिएको हो । तर अत्याधिक गर्मी हुनुपर्ने मौसममा कहिलेकाही हिमपातसँगै चिसो हुने गर्दछ ।
दोलखाको प्रसिद्ध कालिञ्चोक क्षेत्रमा यो पटक त्यस्तै भएको छ । चैत महिनामा हिमपात हुँदा स्थानीय दंग परेका छन्...
राहदानी विवादमा रवि लामिछाने बिरुद्ध मुद्धा नचल्ने
सोमबार, चैत ६, २०७९
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचलाईने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन् । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो।
पाँच जना डीआईजी एआईजीमा बढुवा
सोमबार, चैत ६, २०७९
काठमाडौं । सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
दोलखाका तीन क्याम्पसको स्ववियुमा तीन विद्यार्थी संगठनको नेतृत्व
आइतबार, चैत ५, २०७९
चरिकोट । दोलखाको ११ वटा क्याम्पसहरु मध्ये आईतवार तीन वटामा स्ववियू निर्वाचन सम्पन्न भएको छ । जिरीस्थित जिरी क्याम्पस, कालिञ्चोक गाउँपालिका सिंगटी स्थित प्रताप स्मृति क्याम्पस र बैतेश्वरको नाम्दु स्थित त्रिपुरा क्याम्पसमा स्ववियु निर्वाचन भएको हो । तीन क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनमा फरक तीन विद्यार्थी संगठनका नेतृत्व विजयी भएका छन्...
जाली नोटको कारोबार गर्ने दोलखा र रामेछापका युवाहरु पक्राउ
बिहीबार, चैत २, २०७९
काठमाण्डौं । जाली नोटको कारोवार गर्ने दोलखाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौंको सतंगल बस्ने २४ वर्षिय सुरेन्द्र कार्की रहेका छन् । उनीसँगै रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ८ घर भई काठमाडौंको माकलबारी बस्ने ३४ वर्षिय छिरिङ लामापनि पक्राउ...