पहिरोले सडक भासिएपछि पुष्पलाल लोकमार्ग अवरुद्ध
शनिबार, असोज १९, २०८१
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३३ पुग्यो
बिहीबार, असोज १७, २०८१
काठमाडौं । यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।
बाढीपहिरोबारे सर्वदलीय बैठक: यस्तो छ निर्णय
आइतबार, असोज १३, २०८१
काठमाडौं । बाढीपहिरोबाट घरबास गुमाएकाहरुको तत्काल पुनर्स्थापना प्रक्रिया अगाडि बढ्ने भएको छ। आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो। शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने छ ।
पहिरोले एम्बुलेन्स रोकिएपछि दुई बिरामीको मृत्यु
आइतबार, असोज १३, २०८१
काठमाडौं । पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
धादिङमा पुरिएका ३ वटा गाडीबाट ३५ जनाको शब निकालियो
आइतबार, असोज १३, २०८१
काठमाडौं । झ्याप्ले खोलामा पुरिएको बसबाट १५ जनाको शव निकालिएको छ । गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा पुरिएको बसबाट उक्त शव निकालिएको हो ।
माथिल्लो तामाकोशीमा बेपत्ता ४ जना अझै भेटिएनन्
आइतबार, असोज १३, २०८१
चरिकोट । दोलखामा पहिरोले पुरिएका चार जना अझै फेला पर्न सकेका छैनन् । बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत ४ जना शनिवार सम्पर्कविहिन भएका थिए । शनिबार बिहान गेटहरु कन्ट्रोल गर्नका लागि बनाइएको दुई तले भवन माथिबाट खसेको पहिरोले दुई जना नेपाली सेना र दुई जना...
डेंगीको संक्रमण फैलिँदै, साँढे १२ हजार संक्रमित
बिहीबार, असोज १०, २०८१
काठमाडौं । डेंगीको संक्रमण तिब्र रुपमा फैलिँदै गएको छ । सन् २०२४ को नौ महिना (जनवरीदेखि सेप्टेम्बरसम्म) को अवधिमा सबैभन्दा धेरै डेंगी संक्रमित देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांक अनुसार सेप्टेम्बरमा काठमाडौंमा पनि संक्रमण बढेको छ ।