Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मिटरव्याजीको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता
मिटरव्याजीको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजपीडितहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गरेर समस्या समाधान गर्ने प्रधानमन्त्रीको आसवासन छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटरब्याजपीडितहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
दोलखाको सुरीलाई केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प
दोलखाको सुरीलाई केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प चरिकोट । दोलखालाई केन्द्रबिन्दु बनाएर शनिवार भुकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार साँढे ११ बजेको समयमा ४.६ म्याग्नेच्युडको भूकम्प गएको हो ।
दोलखाको चरिकोटमा सवारी दुर्घट्ना, एक युवकको मृत्यु, एक जना घाईते
दोलखाको चरिकोटमा सवारी दुर्घट्ना, एक युवकको मृत्यु, एक जना घाईते चरिकोट । दोलखामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा आज विहान भएको दुर्घट्नामा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
श्रम स्वीकृतिको आवेदन अब स्थानीय तहबाटै
श्रम स्वीकृतिको आवेदन अब स्थानीय तहबाटै काठमाडौँ । बैदेशिक रोजगारीको लागि श्रम स्वीकृतिको प्रक्रिया अब स्थानीय तहबाटै सुरु गरिने भएको छ । श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने व्यवस्था गर्न लागिएको हो । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै...
२० लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका एक जना पक्राउ, दुई जना फरार
२० लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका एक जना पक्राउ, दुई जना फरार काठमाण्डौं । डलर साट्ने भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर २ कर्थली घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षिय भिम बहादुर तामाङ रहेका छन् ।
सिन्धुलीमा करेन्ट लागेर एक जना वालकको मृत्यु, बाबु गम्भिर घाईते
सिन्धुलीमा करेन्ट लागेर एक जना वालकको मृत्यु, बाबु गम्भिर घाईते सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर अर्का एक जना घाईते भएका छन् । करेन्ट लागेर मृत्यु हुनेमा १२ वर्षीय दिपेश श्रेष्ठ रहेका छन् । उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
दोलखाको बाबरेमा मदिरा उत्पादन गर्न निषेध, अटेर गरे सेवा सुविधा नदिईने 
दोलखाको बाबरेमा मदिरा उत्पादन गर्न निषेध, अटेर गरे सेवा सुविधा नदिईने  चरिकोट । स्थानीय सरकारले कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेमा मा मदिरा उत्पादन तथा बिक्रीबितरणमा रोक लगाएको छ । वडा कार्यालयले धूम्रपान तथा मद्यपान न्यूनीकरणका लागि भन्दै स्थानीयबासीको नाममा यस्तो उर्दी जारी गरेको हो ।
खसी किन्ने बहानामा गाउँ छिरेर चोरी, दुई जनालाई प्रहरीमा बुझाईयो
खसी किन्ने बहानामा गाउँ छिरेर चोरी, दुई जनालाई प्रहरीमा बुझाईयो चरिकोट । दोलखा भीमेश्वर नगरपालिका–९, स्थित लाकुरीडाँडामा खसी बोका किन्ने भन्दै गाउँ छिरेका युवाहरुले स्थानीयको गरगहना र नगद चोरी गरेका छन् । खसीबोका किन्न भन्दै उनीहरु गाउँ छिरेका उनीहरुले स्थानीय एक बृद्धाको गरगहना र नगद चोरी गरी फरार भएका थिए ।
यस्तो छ चैते दशैँको महत्व
यस्तो छ चैते दशैँको महत्व काठमाडौं । हरेक वर्ष चैत्र शुल्क अष्टमीका दिन चैते दशैं पर्व मनाईन्छ । नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । शक्तिपीठ एवं देवीका मन्दिरहरुमा भेला भई भक्तजनहरुले पूजाआरधना गर्ने गर्दछन् । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो...
रामेछापको मन्थली नजिकैको वन क्षेत्रमा दुई दिनदेखि डढेलो
रामेछापको मन्थली नजिकैको वन क्षेत्रमा दुई दिनदेखि डढेलो मन्थली । रामेछापको सदरमुकाम नजिकैको जंगलमा दुई दिनदेखि डढेलो लागिरहेको छ । दुई दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलो जंगलको ठुलो क्षेत्रफलमा फैलिएको छ । बस्तीबाट नजिकै रहेको जंगलमा जताततै डढेलो फैलिएपछि स्थानीय त्रसित बनेका छन् ।
न्यायलय १३ महिनादेखि नेतृत्वविहिन
न्यायलय १३ महिनादेखि नेतृत्वविहिन काठमाडौँ । न्यायपालिका (सर्वोच्च अदालत) विगत १३ महिनादेखि नेतृत्वविहिन भएको छ । व्यवस्थापिका र कार्यपालिका मिलेर अदालतलाई तदर्थ नेतृत्वमा चल्न बाध्य बनाएका हुन् । यही अवधिमा ७५३ स्थानीय पालिका, ७ प्रदेश र संघको निर्वाचन सम्पन्न भएर प्रधानमन्त्री र मुख्यमन्त्रीहरू छानिएपनि न्यायलय भने नेतृत्वविहिन बनाईएको हो ।
जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट काठमाण्डौं । जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । द्वन्द्वपीडितहरूले जनयुद्ध दिवस खारेज गर्नुपर्ने मागसहित आज सर्वोच्चमा रिट दिवेदन दिएका हुन्।
Weather Update