Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पाठकको नेतृत्वमा हाम्रो साना किसान कृषि सहकारीको संचालक समिति चयन
पाठकको नेतृत्वमा हाम्रो साना किसान कृषि सहकारीको संचालक समिति चयन चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–८, स्थित हाम्रो साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा होम पाठक चयन भएका छन् । शनिवार सम्पन्न प्रथम साधारण सभाले पाठकको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा बद्रीनाथ शिवाकोटी, सचिव गुरु प्रसाद खरेल, कोषाध्यक्षमा तुलसा बसेल चयन भएका छन् ।
देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता
देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता काठमाण्डौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो ।
रामेछाप कारागारमा एक कैदीको मृत्यु
रामेछाप कारागारमा एक कैदीको मृत्यु मन्थली । रामेछाप मन्थली स्थित कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु तामाकोशी गाउँपालिका–५ का ५२ बर्षिय बिरे दर्जीको रहेका छन् । उनी अदालतको आदेशपछि कर्तव्य ज्यान मुद्धामा पुर्पक्षको लागि कारागारमा थिए ।
रामेछापमा बोलेरो दुर्घट्ना हुँदा चार जनाको मृत्यु, १० जना घाईते
रामेछापमा बोलेरो दुर्घट्ना हुँदा चार जनाको मृत्यु, १० जना घाईते मन्थली । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) जिप दुर्घटना भएको छ । दुर्घट्नामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना बढी घाईते भएका छन् । मृतकहरूको पहिचान खुल्न बाँकी छ । प्रहरीका अनुसार घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मानवअधिकारवादी संस्था हुराडेक नेपाल ३१ औं वर्षमा
मानवअधिकारवादी संस्था हुराडेक नेपाल ३१ औं वर्षमा चरिकोट । मानवअधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल ३० वर्ष पुरा गरेर ३१ औं वर्षमा प्रवेश गरेको छ । मोफसलको बलियो मानवअधिकारवादी संस्थाको रुपमा स्थापित हुराडेकले दोलखा सदरमुकाम चरिकोटमा बिहीबार एक कार्यक्रमको आयोजना गरी आफ्नो ३१ औं वार्षिक उत्सव मनाएको छ ।
दोलखाको कालिञ्चोकमा मानव कंकाल भेटियो
दोलखाको कालिञ्चोकमा मानव कंकाल भेटियो चरिकोट । दोलखाको कालिञ्चोकमा मानव कंकाल फेला परेको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर १ मा पर्ने भैसे पात्लेखोला भन्ने स्थानमा मानव कंकाल फेला परेको हो । कंकालसँगै ती व्यक्तिले लगाएको गम्बुट भेटिएको छ ।
सर्वोच्चले माग्यो रवि लामिछानेलाई मुद्धा नचलाउनुको कारण
सर्वोच्चले माग्यो रवि लामिछानेलाई मुद्धा नचलाउनुको कारण काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दामा कारण देखाउ आदेश दिएको छ । आदालतले लामिछाने बिरुद्ध मुद्धा नचलाउनुको कारण मागेको हो । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार महान्यायाधिवक्ता दिनमणि पोखरेल र महान्यायाधिवक्ताको कार्यालयलाई दोहोरो राहदानी लिएका लामिछानेविरुद्ध मुद्दा नचलाउनुको कारण माग...
निजामती कर्मचारीको उमेरहद बढाउने तयारी
निजामती कर्मचारीको उमेरहद बढाउने तयारी काठमाडौं । संघीय सरकारले निजामती कर्मचारीको उमेरहद बढाउने तयारी गरेको छ । संसदमा पेश गर्ने अन्तिम तयारी गरिएको संघीय निजामती सेवा ऐन, २०७९ निजामती कर्मचारीको उमेर हद बढाइएको हो । अहिले ५८ वर्ष उमेर हद लागू हुँदै आएकोमा ऐनमा ६० वर्षे उमेर हदको व्यवस्था गरिएको छ । 
नाबालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक र काभ्रेका दुई जना पक्राउ
नाबालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक र काभ्रेका दुई जना पक्राउ काठमाडौं । एक नाबालिगमाथि सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक र काभ्रेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्दै आएका २१ वर्षका निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भई टोखा–६ धापासी बस्दै आएका २१ बर्षका कुशल श्रेष्ठ...
पूर्व नगरप्रमुख र प्रशासकीय अधिकृत बिरुद्ध अख्तियारमा मुद्धा
पूर्व नगरप्रमुख र प्रशासकीय अधिकृत बिरुद्ध अख्तियारमा मुद्धा काठमाडौँ । सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध ५० लाख रुपैयाँ बिगोसहितको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्य पालिकाहरूमा भएको कामको डुप्लिकेसन गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुबिरुद्ध मुद्धा दायर गरेको हो ।
एमालेनिकट जनजाति महासंघको नयाँ नेतृत्व चयन
एमालेनिकट जनजाति महासंघको नयाँ नेतृत्व चयन काठमाडौं । नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा पासाङ शेर्पा निर्विरोध निर्वाचित भएका छन् । महासंघको दोस्रो महाधिवेशनले सर्वसम्मतरूपमा पासाङलाई अध्यक्ष र पेम्बा गुरुङ भोटेलाई महासचिव चयन गरेको हो ।
रवि लामिछाने बिरुद्ध फेरी सर्वोच्चमा रिट
रवि लामिछाने बिरुद्ध फेरी सर्वोच्चमा रिट काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा फेरी रिट परेको छ । नेपाली राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको हो । रिट दर्ता भने भईसकेको छैन । 
Weather Update