Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मोटरसाईकल चोरी अभियोगमा सिन्धुपाल्चोक र काभ्रेका दुई जना पक्राउ
मोटरसाईकल चोरी अभियोगमा सिन्धुपाल्चोक र काभ्रेका दुई जना पक्राउ काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले काभ्रे र सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा मोटरसाईकल चोरी गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई हाल ललितपुरको भैसेपाटी बस्‍ने २५ वर्षीय विजय भन्‍ने लोकबहादुर पाख्रिन र काभ्रेको तिमाल गाउँपालिका–७ धुल्खु घर भई हाल...
सिन्धुलीमा कार दुर्घट्ना, दुई जनाको मृत्यु
सिन्धुलीमा कार दुर्घट्ना, दुई जनाको मृत्यु सिन्धुली । सिन्धुलीमा सवारी दुर्घट्ना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर २ पिपलभञ्ज्याङमा कार दुर्घटना भएको हो । प्रहरीका अनुसार बा८च ९१३५ नम्बरको कार आज बिहान दुर्घटना हुँदा झापा चारपानेका ५० वर्षीय कुमार पुरी र काठमाडौंको गौरीघाटकी ४३ वर्षीया सहारा प्रसाईंको मृत्यु भएको छ...
अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयको बिरोध
अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयको बिरोध काठमाडौँ । सरकारले पुर्व अयोग्य लडाकुलाई दुई लाखका दरले आर्थिक सहायता दिने निर्णय गरेपछि त्यसको बिरोध भएको छ । सरकारले शान्ति प्रक्रियाको १८ वर्ष बितेपछि सशस्त्र द्वन्द्वकालका माओवादी ‘अयोग्य लडाकु’लाई राहत वितरण गर्न कार्यविधि बनाईसकेको छ ।
दोलखाको भीनपा ९ का पुर्ब जनप्रतिनिधि तामाङ वाथरुममा मृत फेला
दोलखाको भीनपा ९ का पुर्ब जनप्रतिनिधि तामाङ वाथरुममा मृत फेला चरिकोट । शौचालयमा लडेर दोलखामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका वडा नम्बर ९ झिगानेका सञ्जे भनिने लालबहादुर तामाङ रहेका छन् ।
वाग्मती प्रदेशको हिउँदे अधिवेशन अन्त्य
वाग्मती प्रदेशको हिउँदे अधिवेशन अन्त्य हेटौंडा । वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
विगु गाउँपालिकाको आलम्पुमा सम्पन्न स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित
विगु गाउँपालिकाको आलम्पुमा सम्पन्न स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित चरिकोट । दोलखाको विगु गाउँपालिका वडा नम्बर ६ आलम्पुमा सम्पन्न स्वास्थ्य शिशिरबाट एक हजार भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । यही वैशाख ९ देखि १२ गते (चार दिन) सम्म चलेको शिविरबाट १०४४ जनाले स्वास्थ्य सेवा लिएका हुन् । जसमा ४१४ पुरुष र ६३० महिला रहेका छन् ।
काठमाण्डौंमा भएको आगलागीमा दोलखा बोचका युवक बेपत्ता, मृत्यु भएको आशंका
काठमाण्डौंमा भएको आगलागीमा दोलखा बोचका युवक बेपत्ता, मृत्यु भएको आशंका काठमाण्डौं । काठमाडौंमा भएको आगलागी घट्नामा दोलखाका एक युवक बेपत्ता भएका छन् । काठमाण्डौं–१३ बाफलचोकमा शुक्रवार राति भएको आगलागीमा परी दोलखा भीमेस्वर नगरपालिका–८, बोचका २० बर्षीय भुपेन्द्र बस्नेत बेपत्ता भएका हुन् । उनको आगलागीमा परी मृत्यु भएको आशंका गरिएको छ ।
सिंहदरवारको फोहोर तीन दिनभित्र उठाउन काठमाण्डौं महानगरलाई सर्वोच्चको आदेश
सिंहदरवारको फोहोर तीन दिनभित्र उठाउन काठमाण्डौं महानगरलाई सर्वोच्चको आदेश काठमाडौँ । काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउनुपर्ने भएको छ । सर्वोच्च अदालतले फोहोर तीन दिन भित्र उठाउन अनतरिम आदेश दिएको हो । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले शुक्रवार सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई...
फेसवुकमा केटी साथीको चरित्रहत्या गर्ने दोलखा भीमेश्वरका युवक पक्राउ
फेसवुकमा केटी साथीको चरित्रहत्या गर्ने दोलखा भीमेश्वरका युवक पक्राउ चरिकोट । फेसवुकको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको अभियोगमा दोलखा भीमेश्वर नगरपालिकाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका वडा नम्बर ८ का ३७ वर्षिय शम्भु कार्की रहेका छन् ।
दोलखामा अपराधका नयाँ घट्ना : किसानले पालेका बाख्रा पानीमा मल हालेर मारियो
दोलखामा अपराधका नयाँ घट्ना : किसानले पालेका बाख्रा पानीमा मल हालेर मारियो चरिकोट । दोलखामा नयाँ प्रकृतिका अपराधका घट्ना बढ्न थालेका छन् । जिल्लामा खसीबोका किन्ने बहानामा गरगहना लुटपाट गर्नेदेखि किसानले पालेका बाख्रा मार्ने सम्मका घट्ना भएका हुन् । रासायनिक मल मिसाईएको पानी पिउँदा बैतेश्वर गाउँपालिका–४ का ६६ बर्षिय कृषक ढालबहादुर दाहालले पालेको एउटा खसी र २ वटा बाख्रा मरेका हुन् ।
उत्कृष्ट विद्यार्थी ‘स्पीकर’ छनौट गर्न दोलखामा प्रतियोगिता हुने, आकर्षक पुरस्कार दिईने
उत्कृष्ट विद्यार्थी ‘स्पीकर’ छनौट गर्न दोलखामा प्रतियोगिता हुने, आकर्षक पुरस्कार दिईने चरिकोट । दोलखाका माध्यामिक विद्यालयहरुबाट उत्कृष्ट विद्यार्थी बक्ता छनोट गरिने भएको छ । माध्यामिक विद्यालय तहका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराई उत्कृष्ट बक्ता छनोट गर्न लागिएको हो । दोलखाली समाज दक्षिण कोरियाले जिल्ला स्तरिय बतृत्वकला प्रतियोगिता मार्फत मावि तहको विद्यार्थी स्पीकर छनोट गर्ने घोषणा गरेको छ ।
अर्थ मन्त्रालयले बनायो विज्ञ सल्लाहाकार समूह
अर्थ मन्त्रालयले बनायो विज्ञ सल्लाहाकार समूह काठमाडौँ । अर्थमन्त्रालयको सल्लाहकारमा ३ जना नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले आर्थिक सल्लाहकारहरूमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । 
Weather Update