Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चर्णावती त्रिवेणीधाम महायज्ञमा शारदा घिमिरेको १५ लाख २ हजार सहयोग
चर्णावती त्रिवेणीधाम महायज्ञमा शारदा घिमिरेको १५ लाख २ हजार सहयोग चरिकोट । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कु स्थित चर्णावती धाममा जारी महायज्ञमा सहयोग आउने क्रम जारी छ । उक्त श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रममा आईतवार एक जना समाजसेवीले १५ लाख २ हजार रुपैयाँ सहयोग गरेका छन् ।
सबै भ्रष्टाचारको छानविन र कारबाही गर्न दोलखाका नागरिक समाजको दबाब
सबै भ्रष्टाचारको छानविन र कारबाही गर्न दोलखाका नागरिक समाजको दबाब चरिकोट । दोलखामा क्रियाशिल नागरिक समाज सम्बद्ध संघ/संस्थाहरुले भ्रष्टाचारजन्य सबै घट्नाहरुको छानविन गर्न दबाब दिएका छन् । जिल्ला स्थित नागरिक समाजका प्रतिनिधिहरुले बिभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घट्नाहरुको निष्पक्ष र पारदर्शी छानविनका साथै दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
दोलखा लगायत जिल्लाका युवाहरुको लाखौं ठगी, तीन जना पक्राउ
दोलखा लगायत जिल्लाका युवाहरुको लाखौं ठगी, तीन जना पक्राउ काठमाडौँ । दोलखा लगायत जिल्लाका युवाहरुलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पवन राणा, उज्ज्वल खड्का र सीताराम बास्तोला रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका अनुसार काठमाडौं महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणा, भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका...
दोलखामा ३ महिनाको अवधिमा २६ घर जलेर नष्ट,सबैभन्दा बढि कालिन्चोक गाउँपालिकामा क्षति
दोलखामा ३ महिनाको अवधिमा २६ घर जलेर नष्ट,सबैभन्दा बढि कालिन्चोक गाउँपालिकामा क्षति दोलखामा ३ महिनाको अवधिमा आगोलागिबाट २६ वटा घर जलेर नष्ट भएका छन । चालु आर्थिक वर्ष २०७९ ÷ ८० को गत माघ महिना देखि चैत्र मसान्त सम्म आगोलागिबाट २६ घर जलेर नष्ट भएका हुन । जसमा सबै भन्दा बढि आगोलागि बाट कालिन्चोक गाउँपालिकामा क्षति भएको छ ।
सरकारले घटायो सार्वजनिक यातायातको भाडा 
सरकारले घटायो सार्वजनिक यातायातको भाडा  काठमाडौं । लामो दुरीको सार्वजनिक यातायातको भाडा घटेको छ । डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।
टोपबहादुर रायमाझी पक्राउ
टोपबहादुर रायमाझी पक्राउ काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
दैनिक दुई हजार बढीको श्रम स्वीकृति, ९ महिनामा ६ लाख
दैनिक दुई हजार बढीको श्रम स्वीकृति, ९ महिनामा ६ लाख काठमाडौं । चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।...
नागरिक समाजको अगुवाईमा काठमाण्डौंमा भ्रष्टाचारबिरुद्ध प्रदर्शन
नागरिक समाजको अगुवाईमा काठमाण्डौंमा भ्रष्टाचारबिरुद्ध प्रदर्शन काठमाडौं । नागरिक समाजको अगुवाईमा काठमाण्डौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्र्दै शनिवार प्रदर्शन भएको हो ।
दोलखाको मेलुङमा युवकद्धारा दिदीको हत्या, विगुमा बिषालु वन तरुल खाँदा बृद्धको मृत्यु
दोलखाको मेलुङमा युवकद्धारा दिदीको हत्या, विगुमा बिषालु वन तरुल खाँदा बृद्धको मृत्यु चरिकोट । दोलखाको मेलुङ गाउँपालिकामा एक युवकले दिदीको हत्या गरेका छन् । मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी स्थित पिपलबोट बस्ने लाल बहादुर श्रेष्ठकी ३२ वर्षिय श्रीमती कल्पना भुजेलको हत्या भएको हो ।
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुुर्घट्ना
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुुर्घट्ना संखुवासभा । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घट्ना भएको छ । भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएपनि क्षतिको बिवरण आईसकेको छैन । उक्त हेलिकप्टर हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर गएको थियो ।
Weather Update