Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मुख्य सचिवमा बैकुण्ठ अर्याल नियुक्त
मुख्य सचिवमा बैकुण्ठ अर्याल नियुक्त काठमाडौं । सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।
नेपाल भित्रियो मनसुन, कोशी, वग्मती र गण्डकीमा वर्षात् सुरु
नेपाल भित्रियो मनसुन, कोशी, वग्मती र गण्डकीमा वर्षात् सुरु काठमाडौँ । नेपालमा एक दिन ढिला गरेर मनसुन भित्रिएको छ । नेपालमा सरदर जुन १३ मा भित्रिँदै आएकोमा यो वर्ष केही ढिला मनसुन् प्रवेश गरेको हो । बुधबार पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ...
जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न निर्देशन
जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न निर्देशन काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिले आवधिक निर्वाचन स्वतन्त्र, स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गराउन निर्वाचन आयोगसँग परामर्श गरी जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने प्रस्ताव पुनरावलोकन गर्न निर्देशन दिएको हो ।
टिपरले मोटरसाईकललाई ठक्कर दिँदा दोलखा शैलुङका एक युवकको मृत्यु
टिपरले मोटरसाईकललाई ठक्कर दिँदा दोलखा शैलुङका एक युवकको मृत्यु काठमाण्डौं । काठमाडौंको जडिबुटीमा टिपरले ठक्कर दिँदा दोलखा घर भएका एक युवकको मृत्यु भएको छ । काठमाण्डौंबाट भक्तपुरतर्फ जाँदै गरेको टिपरले मंगलबार राती ठक्कर दिँदा मोटरसाईकलमा सवार एकजनाको मृत्यु भएको हो ।
कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समितिको नयाँ कार्यसमिति चयन
कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समितिको नयाँ कार्यसमिति चयन दक्षिण कोरिया । दक्षिण कोरिया स्थित पुरानो संस्था नेपाली सम्पर्क समितिको नयाँ कार्यसमिति चयन भएको छ । यो दक्षिण कोरियामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो र नेपाली संघसंस्थाहरूको छाता संस्था हो ।
नागरिकता विद्येयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नागरिकता विद्येयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार उक्त विद्येयक प्रमाणीकरण गरेको थिए ।
गौर हत्याकाण्ड छानविनको माग गर्दै सर्वोच्चमा रिट
गौर हत्याकाण्ड छानविनको माग गर्दै सर्वोच्चमा रिट काठमाडौं । गौर हत्याकाण्ड छानविनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । १६ वर्षअघि उक्त हत्याकाण्ड भएको थियो । जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै घटनामा मारिएका आफन्तहरुले अनुसन्धान अघि बढाउन आदेशको माग गरेर सर्वोच्चमा रिट दायर गरेका हुन् । 
७१ देशमा वैदेशिक रोजगारी खोल्ने तयारी
७१ देशमा वैदेशिक रोजगारी खोल्ने तयारी काठमाडौं । सरकारले ७१ देशमा रोजगारी खोल्ने भएको छ । दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य गरिरहेको छ ।
सुनकोशी नदीमा बेपत्ता तीन जना अझै भेटिएनन्, गोताखोर टोली परिचालन
सुनकोशी नदीमा बेपत्ता तीन जना अझै भेटिएनन्, गोताखोर टोली परिचालन सिन्धुली । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका तीन जना अझै फेला पर्न सकेका छैनन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई निर्देशक र अधिकृतको खोजीमा गोताखोर टोली परिचालन गरिएको छ । 
फ्रान्स पठाईदिन्छु भन्दै ४० लाख ठगी गर्ने दोलखाका एक पुरुष पक्राउ
फ्रान्स पठाईदिन्छु भन्दै ४० लाख ठगी गर्ने दोलखाका एक पुरुष पक्राउ काठमाण्डौं । फ्रान्स पठाईदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दोलखाका एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर ३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ५० वर्षिय सुरेश कुमार पाख्रिन रहेका छन् ।
चर्णावती त्रिवेणीधाम महायज्ञमा जुट्यो १ करोड ५ लाख सहयोग
चर्णावती त्रिवेणीधाम महायज्ञमा जुट्यो १ करोड ५ लाख सहयोग चरिकोट । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्नावती धाममा लगाईएको महायज्ञमा एक करोड भन्दा बढी सहयोग जुटेको छ । जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालानका लागि लगाईएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञमा १ करोड ५ लाख भन्दा वढि नगद संकलन भएको हो ।
कैद मिनाहा भएपछि रिहा भए रेशम चौधरी
कैद मिनाहा भएपछि रिहा भए रेशम चौधरी काठमाडौँ । सरकारले कैद माफी मिनाहा गरिदिएपछि कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आममाफी दिएका थिए । सोही अनुसार चौधरी गणतन्त्र दिवसको अवसरमा रिहा भएका हुन् ।
Weather Update