Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा लम्पी स्किन रोगको संक्रमण बढ्दै, मर्न थाले पशुचौपाया
दोलखामा लम्पी स्किन रोगको संक्रमण बढ्दै, मर्न थाले पशुचौपाया चरिकोट । पशुचौपायामा प्रकोपको रुपमा फैलिएको लम्पी स्किन रोगको संक्रमण दोलखामा पनि पुष्टि भएको छ । जिल्लाको कालिञ्चोक गाउँपालिका–६ मा पालिएका चौंरीमा लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको हो । लम्पी स्किन संक्रमण भएका २ वटा चौंरी मरेको स्थानीयले जानकारी दिएका छन् ।
लम्पी स्किनबिरुद्ध १० लाख ३७ हजार खोप आयात
लम्पी स्किनबिरुद्ध १० लाख ३७ हजार खोप आयात काठमाडौँ । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध १ लाख ८० हजार ९ सय २२ पशुमा  खोप लगाउने कार्य सम्पन्न भएको छ । हालसम्म १० लाख ३७ हजार डोज खोप आयात भएकोमा उक्त खोप लगाउने कार्य सम्पन्न भएको हो । सरकारले पशुमा देखिएको महामारी नियन्त्रण गर्नकै निम्ति निजी क्षेत्रलाई खोप...
कोशी प्रदेश सरकार बिरुद्धको मुद्धा सर्वोच्चमा
कोशी प्रदेश सरकार बिरुद्धको मुद्धा सर्वोच्चमा काठमाडौँ । कोशी प्रदेशमा बनेको नयाँ सरकार बिरुद्धको मुद्धा सर्वोच्च अदालत पुगेको छ । सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमाले सर्वोच्च अदालतमा पुगेको हो । सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनेपछि सरकार बिरुद्धको मुद्धा अदालत पुगेको छ ।
दोलखा, सिन्धुपाल्चोक र सोलुखुम्बुमा बाढिपहिरोको जोखिम
दोलखा, सिन्धुपाल्चोक र सोलुखुम्बुमा बाढिपहिरोको जोखिम काठमाण्डौ । दोलखा, सिन्धुपाल्चोक र सोलुखुम्बुमा ठूलो वर्षासँगै बाढीपहिरोको जोखिम बढेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार यी तीन जिल्ला अत्याधिक वर्षासँगै पहिरोको जोखिम देखिएको हो । गएराति सिन्धुपाल्चोकको नाकोटे र गुम्थाङमा ठूलो वर्षा भएको छ ।
रमण थामीको ‘निलो सलको’ म्युजिक भिडियो सार्वजनिक (भिडियो)
रमण थामीको ‘निलो सलको’ म्युजिक भिडियो सार्वजनिक (भिडियो) काठमाण्डौं । गायक रमण थामीको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । निलो सल नामक म्यूजिक भिडियो बज्रटिभि युट्युव च्यनल मार्फत रिलिज भएको हो । गायक थामीको  आफ्नै शब्दमा तयार भएको गीतमा संगीत र स्वरपनि उनी आफैले दिएका छन् । मिराज बिक्रम सिंहले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन सम्पादन रणधिर...
त्रिवेणीधाम महायज्ञको आम्दानी एक करोड ४ लाख, ३१ लाख ७१ हजार खर्च
त्रिवेणीधाम महायज्ञको आम्दानी एक करोड ४ लाख, ३१ लाख ७१ हजार खर्च दोलखा । दोलखाको प्रसिद्ध चरणावती त्रिवेणी धाममा गत जेठमा सम्पन्न श्रीमद् देवी भागवत महायज्ञको आयव्यय बिवरण सार्वजनिक गरिएको छ । सदरमुकाम चरिकोटमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आम्दानी तथा खर्चको बिवरण सार्वजनिक गरिएको हो । महायज्ञका आर्थिक संयोजक एवं चरणावती धाम विकास तथा प्रवद्र्धन संस्थाका कोषाध्यक्ष शम्भु खड्काका अनुसार महायज्ञमा...
थामी जातिको कर्मकाण्ड ‘सिलोके पालाखे’ विमोचन
थामी जातिको कर्मकाण्ड ‘सिलोके पालाखे’ विमोचन सिंगटी । नेपालको अतिसिमान्तकृत थामी जातिले आफ्नो कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेका छन् । जिल्लाको विगु गाउँपालिकाको आर्थिक सहयोगमा थामी समुदायको साझा संस्था नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेको हो । उक्त कर्मकाण्डको दोलखा जिल्लाका संघीय सांसद गंगा कार्की ‘विश्व’, वाग्मती प्रदेशसभा सांसदहरु कुन्दन काफ्ले,...
ओखलढुंगामा पहिरोमा परी श्रीमान श्रीमतीको मृत्यु
ओखलढुंगामा पहिरोमा परी श्रीमान श्रीमतीको मृत्यु ओखलढुंगा । चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाउँदा २ जनाको मृत्यु भएको छ । पहिरोमा परी २ जना बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङको मृत्यु भएको हो ।
साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा हेर्ने अधिकार जिल्ला अदालतलाई 
साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा हेर्ने अधिकार जिल्ला अदालतलाई  काठमाडौं । सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा अब जिल्ला अदालतहरूमै दर्ता गर्ने बाटो खोलिदिएको छ । मन्त्रिपरिषद बैठकले यी मुद्दा जिल्ला अदालतहरूबाटै नै सुरू कारबाही र किनारा लगाउने अधिकार दिएको हो । 
वेलायतमा नेपाली कामदार पठाउन श्रम सम्झौता कार्ययोजना स्वीकृत
वेलायतमा नेपाली कामदार पठाउन श्रम सम्झौता कार्ययोजना स्वीकृत काठमाडौं । सरकारले बेलायतमा नेपाली कामदार पठाउन श्रम सम्झौता कार्ययोजना स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत गरेको हो । कार्ययोजना स्वीकृत भएसँगै बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको हो ।
नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरु पुर्पक्षका लागि थुनामा
नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरु पुर्पक्षका लागि थुनामा काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरु १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जना पूर्पक्षका लागि थुनामा गएका हुन् । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि यस्तो आदेश दिएको हो...
प्रधानन्यायधिसमा कार्कीको नाम सर्वसम्मत अनुमोदन
प्रधानन्यायधिसमा कार्कीको नाम सर्वसम्मत अनुमोदन काठमाडौँ । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मतिले अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । समिति सभापति पशुपति शमशेर जबराले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले स्वीकृत गरिएको जानकारी दिए । 
Weather Update