लम्पी स्किन रोग बिरुद्ध एमालेको औषधी बितरण र सचेतना कार्यक्रम
शुक्रबार, साउन ५, २०८०
चरिकोटस्थित होटलमा एक युवक मृत भेटिए
बिहीबार, साउन ४, २०८०
चरिकोट । दोलखा सदरमुकाम चरिकोट स्थित होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । चरिकोट सातदोवाटो नजिकैको एक होटलमा अन्दाजी २५ वर्षिय युवक कोठाभित्र मृत फेला परेका हुन् । सोलुखुम्बु घर भएका उनको बिस्तृत ठेगाना खुल्न बाँकी छ ।
विमानस्थलमा अझै १०० केजी सुन रहेको आशंका, अप्रेसन जारी
बिहीबार, साउन ४, २०८०
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंका गरिएको छ । थप सुन रहेको आशंकामा राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ । विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको थियो ।
विमानस्थलबाट सुन भित्रिएपछि भन्सारले बनायो छानविन समिति
बिहीबार, साउन ४, २०८०
काठमाडौं । विमानस्थलबाट एक क्वीन्टल सुन भित्रिएपछि भन्सार विभागले छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
विमानस्थल सुन काण्डमा दोलखाका दुई युवक समातिए
बिहीबार, साउन ४, २०८०
काठमाडौं । त्रिभुवन विमानस्थलबाहिरबाट बरामद भएको करिब सय किलो सुन जडित ब्रेक सु ल्याउने कम्पनीका मालिक २१ वर्षीय युवक रहेको पाइएको छ ।
सार्वजनिक यातायातको भाडा घट्यो (सुचीसहित)
सोमबार, साउन १, २०८०
काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।
मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने विधेयक पारित
सोमबार, साउन १, २०८०
काठमाडौँ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको हो । यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कम रकम दिई बढीको लिखत बनाउने, रकम नै नदिई लिखत बनाउने, आपसी लेनदेनको ब्याजलाई मूल ऋणमा जोड्ने तथा त्यस्तो लेनदेनका आधारमा...
गौरीशंकर गाउँपालिका उपाध्यक्ष तामाङको निधन
आइतबार, असार ३१, २०८०
चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ । उपाध्यक्ष तमाङको काठमाण्डौं स्थित गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारका क्रममा निधन भएको हो । यद्यपी अस्पतालले मृत्युको औपचारिक घोषणा गर्न भने बाँकी छ ।
दोलखा र सिन्धुपाल्चोकमा अत्याधिक वर्षा र बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइतबार, असार ३१, २०८०
काठमाडौं । देशका विभिन्न भागमा आज पनि भारी वर्षा र बाढीको सम्भावना रहेको छ । दोलखा, सिन्धुपाल्चोक र आसपास भएर बहने केही स–साना नदी तथा खोलामा आज उल्लेख्य बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
खिम्ति आयोजनामा कार्यरत ईन्जिनियर खोलामा बेपत्ता
शुक्रबार, असार २९, २०८०
चरिकोट । खिम्ती २ जलविद्युत आयोजनामा कार्यरत ईन्जिनियर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिरी ४ घैलेश्वारा घर भएका सव ओभरसियर कुशल कार्की रहेका छन् । उनी खिम्ती २ जलविद्युत आयोजनाको हेडवक्सबाट चिप्लिएर खिम्ती खोलामा खस्दा बेपत्ता भएका हुन् ।
विषालु च्याउ खाँदा दोलखामा एक जनाको मृत्यु
बुधबार, असार २७, २०८०
चरिकोट । विषालु च्याउ खाँदा दोलखामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौरीशंकर गाउँपालिका–६ चंखुकी ३२ वर्षिया सोमलेकी शेर्पा रहेकी छन् । स्थानीयका अनुसार जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा शेर्पा परिवारका ४ जना बालबालिका समेत बिरामी भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको निधन
बिहीबार, असार २८, २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।