दोलखाबाट कार्यालयहरु सार्न थालियो, नागरिक समाजद्धारा एउटा कार्यालयमा तालाबन्दी
मंगलबार, साउन १६, २०८०
पत्रकार महासंघ दोलखामा अनियमितता र बेथिति बढेको भन्दै प्रेस चौतारीको ध्यानाकर्षण
आइतबार, साउन १४, २०८०
चरिकोट । नेपाल पत्रकार महासङ्घ दोलखा शाखामा अनियमितता र बेथिति बढेको भन्दै प्रेस चौतारी दोलखाले ध्यानाकर्षण गराएको छ । महासंद्धको जिल्ला नेतृत्वले आर्थिक अनियमितता लगायत पदको चरम दुरुपयोग गरेको चौतारीको आरोप छ ।
दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्ने अबसर, आवेदन खुल्यो
आइतबार, साउन १४, २०८०
काठमाडौं । दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्न जनशक्ति माग भएको छ । उक्त कम्पनीमा काम गर्न जान चाहनेहरुलाई फारम भर्न ईपीएस कोरिया शाखाले आह्वान गरेको छ । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज सूचना प्रकाशित गरी भाषा परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको हो ।
नियमानुसार होटल व्यवसाय संचालन गर्न निर्देशन
सोमबार, साउन ८, २०८०
चरिकोट । दोलखाको प्रसिद्ध पर्यटकीय कालिञ्चोक क्षेत्रका होटल व्यवसायीहरुलाई नियमानुसार चल्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । होटेल व्यवसायीहरूले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि स्थानीय प्रशासनले यस्तो निर्देशन दिएको हो । होटल व्यवसायीले महंगो शुल्क लिएकोबारे जिल्ला समन्वय समिति, कालिञ्चोक गाउँपालिका र स्थानीय प्रशासनको टोलीले सोमवार संयुक्त अनुगमन गरेको...
दोलखाको विगु गाउँपालिकामा चितुवा आतंक, स्थानीय त्रसित
सोमबार, साउन ८, २०८०
चरिकोट । दोलखाको विगु गाउँपालिकामा चितुवाले आतंक मच्चाएको छ । चितुवाले लगातार आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । विगु गाउँपालिका वडा नम्बर ६ र ७ मा एक साताको अन्तरालमा मात्रै १० वटा बाख्रा मारेको छ । आईतवार राती निस्किएको चितुवाले वडा नम्बर ७ मानेडाँडा स्थित अनिल दुलालको पाँच...
दोलखाका तत्कालीन प्रजिअ खतिवडा विरुद्ध भ्रष्टाचारको मुद्दा, जिम्मेवारीबाट निलम्बन
आइतबार, साउन ७, २०८०
कालिञ्चोक ६ की कक्षा ८ मा अध्ययनरत वालिका दुई दिनदेखि बेपत्ता
शनिबार, साउन ६, २०८०
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकाकी एक वालिका दुई दिनदेखि बेपत्ता भएकी छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ जनज्योति माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा १३ वर्षिया करिना थामी शुक्रवारदेखि बेपत्ता भएकी हुन् ।
अबैध क्रसर बन्द गर्ने जिसस दोलखाको निर्णय नमान्ने व्यवसायीको घोषणा
शुक्रबार, साउन ५, २०८०
चरिकोट । दोलखाका क्रसर व्यवसायीले नियम बिपरितका क्रसर बन्द गर्ने जिल्ला समन्वय समितिको निर्णय नमान्ने घोषणा गरेका छन् । जिससको निर्णय बिरुद्ध दोलखा जिल्ला क्रसर व्यवसायी संघले भोलीदेखि जिल्लाका सबै क्रसर उद्योगहरु अनिश्चिकालका लागि बन्द गर्ने जनाएको छ ।
देशभरका झण्डै अढाई लाख पशुमा लम्पी स्किनको गम्भिर संक्रमण
शुक्रबार, साउन ५, २०८०
काठमाडौँ । नेपालमा २ लाख ३७ हजार पशु लम्पी स्किन रोगको गम्भिर संक्रमण देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार कुल १० लाख ५४ हजार ५५ पशुमा यो रोग देखा परेको छ । जसमध्ये ४८ हजार १३३ मरेका छन् । ७ लाख ६८ हजार ६४१ निको भएका मन्त्रालयको...
सर्वोच्चद्धारा बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट खारेज
शुक्रबार, साउन ५, २०८०
काठमाडौँ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट खारेज गरेको छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह र भाटभटेनी सुपर स्टोरका सञ्चालक व्यापारी मीनबहादुर गुरुङको र धर्मप्रसाद गौतमको रिट खारेज भएको हो ।
चौतारी अध्यक्ष बस्नेतमाथिको उजुरी बिरुद्ध महासंघको विज्ञप्ती, उजुरी फिर्ता लिन माग
शुक्रबार, साउन ५, २०८०
काठमाण्डौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत बिरुद्ध गृहमन्त्रीको सचिवालयले जाहेरी दिएपछि नेपाल पत्रकार महासंघले बिज्ञप्ती निकालेर त्यसको बिरोध गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले बस्नेत बिरुद्ध साईबर क्राईमको कसुरमा प्रहरीमा उजुरी दिएको थियो ।