Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पहिरोको जोखिमपछि सिंगटी खोलीखिम बजारका करिब दुई दर्जन घर खाली गराईयो
पहिरोको जोखिमपछि सिंगटी खोलीखिम बजारका करिब दुई दर्जन घर खाली गराईयो चरिकोट । दोलखाको विगु गाउँपालिका–४ सिंगटी स्थित खोलीखिम बजारका करिब दुई दर्जन घर खाली गराइएको छ । बजारको माथिल्लो क्षेत्रमा सडकको पहिरोसँगै ठूलो ढुंगा बस्तीमा खस्ने जोखिम बढेपछि घरहरू खाली गराइएको हो । प्रहरीका अनुसार उक्त क्षेत्रमा सवारी आवागमन पनि बन्द गराइएको छ ।
सवारी दुर्घट्नामा दोलखा भीमेश्वर नगरपालिकाका दुई जना घाईते
सवारी दुर्घट्नामा दोलखा भीमेश्वर नगरपालिकाका दुई जना घाईते धुलिखेल । सवारी दुुुुुुुुुुुुुुुुुुुुुुुुुुुर्घटनामा परी दोलखा जिल्ला भीमेश्वर नगरपालिकाका दुई जना घाइते भएका छन् । काभ्रेलाञ्चोकको पाँचखाल नगरपालिका ८ मा मोटरसाईकल र मिनिटिपर आपसमा ठोक्किएर दुर्घट्ना भएको हो । दुर्घट्नामा घाईते हुनेमा भीमेश्वर नगरपालिका ९ का मोटरसाइकल चालक १८ वर्षीय सुदिप कुमार गौतम र ३३ वर्षीय दिपक गौतम रहेका छन्...
क्रिकेटर सन्दीप बिरुद्धको मुद्धामा सर्वोच्चमा फेरी सुनुवाई 
क्रिकेटर सन्दीप बिरुद्धको मुद्धामा सर्वोच्चमा फेरी सुनुवाई  काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको बलात्कार मुद्दामा फेरि सुनुवाइ हुँदैछ । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित...
विगु गाउँपालिकामा पहिरोले ४ घरमा क्षति, स्थानीयले भागेर ज्यान जोगाए
विगु गाउँपालिकामा पहिरोले ४ घरमा क्षति, स्थानीयले भागेर ज्यान जोगाए चरिकोट । दोलखाको विगु गाउँपालिका–३ ओलीटारमा पहिरोका कारण ४ घरमा क्षति पुगेको छ । अविरल वर्षापछि आएको पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति पु¥याएको हो ।
सद्भाव काम राख्न धरान प्रबेश र सुरक्षामा कडाई
सद्भाव काम राख्न धरान प्रबेश र सुरक्षामा कडाई काठमाण्डौं । धरान उपमहानगरपालिकामा धार्मिक सहिष्णुता बिग्रनसक्ने सम्भावनालाई मध्येनजर गर्दै कडाई गरिएको छ । त्यहाँ आयोजना गरिने भएको धार्मिक र्‍यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले सहर प्रवेशमा कडाइ गरेको छ ।
तीन हप्तादेखि बेपत्ता लापिलाङका एक पुरुष मृत भेटिए
तीन हप्तादेखि बेपत्ता लापिलाङका एक पुरुष मृत भेटिए चरिकोट । तीन सातादेखि बेपत्ता दोलखा जिल्ला कालिञ्चोक गाउँपालिकामा एक पुरुष मृत भेटिएका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ५८ वर्षिय मानबहादुर थामीलाई शुक्रवार मृत अबस्थामा भेटिएको हो ।
दोलखा स्पीकरको प्रथम, द्धितिय र तृतीय उपाधी मेलिसा, सविना र विपनालाई
दोलखा स्पीकरको प्रथम, द्धितिय र तृतीय उपाधी मेलिसा, सविना र विपनालाई चरिकोट । दोलखा स्पीकरणको उपाधि मेलिसा ढुंगेलले जितेकी छन् । सहिद स्मृति आवासिय मावि जिरीका छात्रा ढुंगेल दोलखा स्पीकरण वतृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै उपाधि जित्न सफल भएकी हुन् । राष्ट्रिय स्वाधिनता र वैदेशिक हस्तक्षेप विषयक वक्तृत्वकलामा प्रथम भएसँगै उनले नगद तीस हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरेकी छन्...
शरणार्थी प्रकरण अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको सरुवा
शरणार्थी प्रकरण अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको सरुवा काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको सरुवा गरिएको छ । अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखको जिम्मेवारी खोसिएको हो । 
काभ्रेमा श्रीमानद्धारा श्रीमतीको हत्या
काभ्रेमा श्रीमानद्धारा श्रीमतीको हत्या काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–१२ मा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीको हत्या गरेका हुन् । उनले श्रीमतीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 
डेंगी संक्रमणबाट १० जनाको मृत्यु, १४ हजार संक्रमित
डेंगी संक्रमणबाट १० जनाको मृत्यु, १४ हजार संक्रमित काठमाडौँ । डेंगी संक्रमणका कारण देशभर १० जनाको मृत्यु भएको छ । ७५ वटा जिल्लामा फैलिसकेको डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ ।  संक्रमितको संख्या १४ हजार ३५७ पुगेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
Weather Update