दोलखाको बैतेश्वर गाउँपालिकामा करेन्ट लागेर महिलाको मृत्यु
आइतबार, भदौ ३१, २०८०
राईलाई मारेको थाहा पाउने डरले दोलखाका तीन जनाको पनि हत्या भएको खुलासा
आइतबार, भदौ ३१, २०८०
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा एक जनाको हत्या थाहा पाउने डरले अरुको पनि हत्या भएको तथ्य खुलेको छ । शुक्रबार राति भएको सामूहिक हत्यामा एक जना युवकको संलग्नता रहेको निष्कर्ष निकाल्दै प्रहरीको प्रारम्भिक अनुसन्धानले यस्तो तथ्य फेला पारेको हो ।
बहुविवाह मुद्दामा दोषी ठहर दोलखाका एक पुरुष पक्राउ
आइतबार, भदौ ३१, २०८०
चरिकोट । बहुबिवाह गरेर फरार रहेका दोलखाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका वडा नम्बर ६, निवासी दावा तामाङ रहेका छन् । उनलाई अदालतले बहुविवाह मुद्दामा दोषी ठहर गरेपनि फरार रहेका थिए ।
तिनकुने स्थित स–मिलमा चार जनाको हत्या गर्ने व्यक्ति पक्राउ
आइतबार, भदौ ३१, २०८०
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार पक्राउ परेका ती आरोपित व्यक्तिले चार जनाको हत्या घट्नामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।
गैरीगाउँ सामुहिक हत्या अनुसन्धानका लागि थप चार जना पक्राउ
शनिबार, भदौ ३०, २०८०
काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणको छानविनका लागि प्रहरीले थप चार जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको पहिचान भने गोप्य राखेको छ । शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखा कालिञ्चोक गाउँपालिका–८, का ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६...
तीनकुनेमा भएको सामुहिक हत्या प्रकरण छानविन गर्न समिति गठन
शनिबार, भदौ ३०, २०८०
काठमाडौं । काठमाण्डौंको तीनकुनेमा भएकोसामूहिक हत्या प्रकरणको छानबिन गर्न समिति गठन गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरील एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा रहेको समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु रहेका छन्...
आयल निगमले बढायो ईन्धनको मुल्य
शनिबार, भदौ ३०, २०८०
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजलमा ३ रुपैयाँ बढाएको हो ।
काठमाण्डौंमा दोलखा घर भएका एकै परिवारका तीन जनाको हत्या
शनिबार, भदौ ३०, २०८०
काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा दोलखा घर भएका तीनसहित चार जनाको हत्या भएको छ । हत्या गरिएका तीन जना एकै परिवारका सदस्य हुन् । प्रहरीका अनुसार गैह्रीगाउँको दिव्य स–मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको छ ।
सुन तस्करीका लागि खोलिएको थियो दोलखा इलेक्ट्रिक, पवटी इलेक्ट्रिक सहित ७ कम्पनी
बुधबार, भदौ २७, २०८०
काठमाडौं । हङकङबाट नेपालमा हुने सुन तस्करीका लागि दोलखाका युवाहरुलाई प्रयोग गरी थप कम्पनी खडा गरिएको खुलेको छ छ । सुन तस्करीको योजनाकार मध्येका हर्क राईमार्फत दोलखाका दिलीप भुजेलले विभिन्न कम्पनी खडा गरेका हुन्
दोलखाली संंचालक रहेको रेडी ट्रेडर्सविरुद्ध साढे तीन अर्ब बिगो दाबी
बुधबार, भदौ २७, २०८०
काठमाडौं । दोलखा घर भएका दिलिप भुजेल संचालक रहेको रेडी ट्रेडर्स प्रालिले ३०२ किलो सुन भित्र्याएको पाईएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानमा तस्करीको सुन ल्याउन प्रयोग भएको कम्पनी रेडी ट्रेडर्सले कुल ३०२ किलो सुन भित्र्याएको पाइएको उल्लेख छ ।
६० किलो सुन प्रकरणमा ५० जना प्रतिवादी
बुधबार, भदौ २७, २०८०
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । सीआईबीले रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको हो । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।
त्रिभुवन विमानस्थलबाट फेरी एककिलो सुन बरामद, काभ्रेका तीन जना पक्राउ
मंगलबार, भदौ २६, २०८०
काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट फेरी एक किलो सुन बरामद गरेको छ । एक किलो सुनसहित काभ्रेसका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका-३ का २८ वर्षीय बाबुलाल दोङ, काभ्रेककै रोशी गाउँपालिकाका जगत लामा र काभ्रेकै मिङ्मा दोर्जे स्यान्तान रहेका छन् ।
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ
मंगलबार, भदौ २६, २०८०
फिक्कल । इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा ९एमाले० संसदीय दलको उपनेतासमेत थिए ।