दोलखामा ठुलो परिमाणमा अबैध सुन बरामद, केही व्यक्ति पक्राउ
बिहीबार, असोज ११, २०८०
सुन तस्करी प्रकरणमा थुनछेक बहस
बुधबार, असोज १०, २०८०
काठमाडौँ । हङकङबाट नेपालमा भएको तस्करी प्रकरणबारे आजदेखि अदालतमा थुनछेक बहस हुँदैछ । काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएसँगै बुधबारबाट थुनछेक बहस हुन लागेको हो ।
असोज २१ देखि सुपथ मुल्य पसल संचालन
बुधबार, असोज १०, २०८०
काठमाडौं । सरकारले यो वर्षपनि चाडपर्वकेन्द्रित सहुलियत (सुपथ) मूल्य पसल २१ असोजबाट सञ्चालन गर्ने भएको छ । उपभोक्तालाई राहत दिन, आपूर्ति व्यवस्थापन सहज बनाउन र बजारमा हुन सक्ने मूल्यवृद्धि रोक्न सरकारी स्वामित्वका संस्थानहरूमार्फत सुपथ मूल्य पसल ३ मंसिरसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
दुई दिनदेखि बेपत्ता भीमेश्वर नगरपालिकाकी महिला मृत अवस्थामा फेला
मंगलबार, असोज ९, २०८०
चरिकोट । सोमबारदेखि बेपत्ता दोलखा भीमेश्वर नगरपालिकाकी एक महिला मृत अबस्थामा फेला परेकी छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ५ की ४० वर्षीया सिता बस्याँल हिजोदेखि बेपत्ता थिईन् ।
मान्छेमाथि आक्रमण गर्न थालेपछि दोलखामा राँगोलाई गोली हानी मारियो
मंगलबार, असोज ९, २०८०
चरिकोट । मानिसहरुमाथि आक्रमण गर्न थालेपछि दोलखामा एउटा राँगोलाई गोली हानेर मारिएको छ । प्रहरीका अनुसार भीमेश्वर नगरपालिका–५, पुछारमाटीमा राँगोलाई गोली हानेर मारिएको हो ।
श्रीमती र नातिनीलाई खुकुरी प्रहार गर्ने दोलखा तामाकोशीका एक पुरुष पक्राउ
सोमबार, असोज ८, २०८०
चरिकोट । श्रीमती र नातिनीलाई खुकुरी प्रहार गर्ने दोलखाको तामाकोशी गाउँपालिकाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका–५ झुलेका ७२ वर्षिय मोहनवहादुर कार्की रहेका छन् । कार्कीले आईतवार राती ६८ वर्षीया श्रीमती तारादेवी कार्की र ८ वर्षिया नातिनी सुहाना कार्कीलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए...
खिम्ती आयोजनामा पहिरोमा पुरिएर एक युवकको मृत्यु
आइतबार, असोज ७, २०८०
चरिकोट । जिरी नगरपालिका–८, स्थित खिम्ती–२ जलविद्युत आयोजनामा पहिरोले पुरिएर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका–३ का अन्दाजी ३८ वर्षीय आङकाजी शेर्पा रहेका छन् ।
दोलखामा चोरी मुद्धाका फरार थप एक जना अभियुक्त पक्राउ
आइतबार, असोज ७, २०८०
चरिकोट । दोलखामा चोरी कार्यमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले चोरी कार्यमा संलग्न फरार रहेका थप एक जनालाई शनिवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका वडा नम्वर ९ का २१ वर्षिय सागर खत्री रहेका छन् ।
चोरी कार्यमा संलग्न दोलखाका एक युवक पक्राउ
बिहीबार, असोज ४, २०८०
चरिकोट । दोलखामा चोरी कार्यमा संंलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्धामा फरार रहेका दोलखाको भीमेश्श्रर नगरपालिका ९ का २५ बर्षिय रमेश केसी पक्राउ परेका हुन् । उनलाई खोजतलासको क्रममा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
मापदण्ड बिपरित विशिष्ट व्यक्तिलाई दिईएको सुविधा फिर्ता गर्न निर्देशन
बिहीबार, असोज ४, २०८०
काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विशिष्ट व्यक्तिहरुलाई मापदण्डविपरीत दिइएको सुविधा फिर्ता गर्न निर्देशन दिएको छ । समितिले सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।
दोलखाकी सदीक्षाको वेलायतमा कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको पुष्टि
बिहीबार, असोज ४, २०८०
काठमाडौं । अध्ययनका लागि बेलायत पुगेकी दोलखाकी एक विद्यार्थीको कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको तथ्य बाहिर आएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका–३, घर भएकी २२ वर्षिया सदीक्षा तामाङको एम्बुलेन्सका कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको पाईएको हो ।
काठमाडौंमा सुनजस्तो धातु देखाई ठगी, दोलखाका एकजना सहित चार जना पक्राउ
आइतबार, भदौ ३१, २०८०
चरिकोट । सुनजस्तो धाुत देखाई ठगी गर्ने दोलखाका एक जना सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिल्ला विगु गाउँपालिका वडा नम्बर ५ घर भई हाल भक्तपुर नयाँ ठिमी बस्ने ३० वर्षिय भीमसेन विक, काभ्रे तेमाल गाउँपालिका १ का ३१ वर्षिय विशुराम थपलिया, सप्तरी सितापुरका दिलिप...