यस कारण विशेष छ महानवमी
सोमबार, कात्तिक ६, २०८०
पत्रकार महासंघ दोलखाको सदस्यता शुद्धिकरणबारे उठ्यो प्रश्न, कार्यालयमा तालाबन्दी
बुधबार, कात्तिक १, २०८०
चरिकोट । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाका सदस्यहरुको शुद्धिकरणबारे प्रश्न उठेको छ । पुराना सदस्यहरुको शुद्धिकरण र नयाँ सदस्यता प्रदानको विषयमा महासंघको केन्द्रीय समितिले गरेको निर्णयमाथि प्रश्न उठेको हो । महासंघ आफैले बनाएको मापदण्ड बिपरित सदस्यता शुद्धिकरण र नयाँ सदस्यता प्रदान गरिएको भन्दै प्रेस चौतारी दोलखाले महासंघको कार्यालयमा तालाबन्दी...
दोलखाबाट ३९ किलो सुन तस्करी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष
शुक्रबार, असोज १९, २०८०
काठमाडौं । चीनसँग सिमाना जोडिएको दोलखाको नाका भएर गत १० महिनामा ३९ किलो सुन तस्करी भएको प्रहरीको अनुसन्धानले देखाएको छ । जिल्लाको बिगु गाउँपालिका–१ बाट बरामद भएको ११ किलो सुनको अनुसन्धानका क्रममा यस्तो तथ्य खुलेको हो ।
शैलुङमा एक पुरुषद्धारा बुवा र बुहारीमाथि खुकुरी प्रहार
शुक्रबार, असोज १९, २०८०
चरिकोट । दोलखाको शैलुङ गाउँपालिकामा एक पुरुषले आफ्नै बुबा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट बुबा र बुहारी दुबै जना गम्भिर घाईते भएका छन् । शैलुङ गाउँपालिका वडा नम्बर २ का पञ्च वहादुर तामाङले ७५ वर्षीय बुबा रामवहादुर तामाङ र बुहारी २७ वर्षीया जेनिसा तामाङलाई खुकुरी प्रहार...
कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र कुभिण्डेलाई बनाउने निर्णय बिरुद्ध सर्वोच्चमा मुद्धा
बिहीबार, असोज १८, २०८०
चरिकोट । कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र तोक्ने निर्णय बिरुद्ध अदालतमा रिट दायर भएको छ । कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ४ स्थित सामुदायिक वन क्षेत्रमा पर्ने कुभिण्डेमा तोक्ने निर्णय बिरुद्ध सर्वोच्च अदालतमा बुधवार रिट दायर भएको हो ।
जडिबुटी बसपार्क नभत्काउन अदालतको आदेश
शुक्रबार, असोज १२, २०८०
काठमाडौं । काठमाडौंको जडीबुटीमा निर्माण गरिएको वसपार्क नभत्काउन अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नाममा यस्तो आदेश दिएको हो । महानगरपालिकाले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको उक्त बसपार्क भत्काउने चेतावनी दिँदै आएको थियो ।
अवैध सुन प्रकरणसँग जोडिएका दोलखा विगु–१, का अर्का युवक काठमाडौंमा पक्राउ
शुक्रबार, असोज १२, २०८०
काठमाण्डौं । सुन तस्करी प्रकरणमा जोडिएका दोलखा जिल्ला विगु गाउँपालिकाका एक युवक काठमाण्डौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विगु गाउँपालिका वडा नम्बर १ का १९ वर्षिय राज तामाङ रहेका छन् ।
दोलखाको जामुनेबाट थप तीन किलो सुन बरामद
शुक्रबार, असोज १२, २०८०
काठमाडौँ । थप तीनकिलो सुनसहित दोलखामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रबार दोलखा जिल्ला विगु गाउँपालिका वडा नम्बर ३, स्थित जामुनेबाट केशव तामाङ पक्राउ परेका हुन् ।
दोलखा प्रहरीद्धारा सुन तस्करीका पाँच जना अभियुक्त सार्वजनिक
बिहीबार, असोज ११, २०८०
चरिकोट । दोलखामा अवैध सुन भित्र्याएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी विगु गाउँपालिका–१ का २८ बर्षिय केशर तामाङ, १८ बर्षिय पेम्बा तामाङ, २० बर्षिय माधव मगर, विगु गाउँपालिका १ का ५५ वर्षिय नुर्वछिरिङ शेर्पा र ३० वर्षिय सुनमाला तामाङलाई...
यी हुन दोलखामा सुनसहित पक्राउ परेका तीन व्यक्ति
बिहीबार, असोज ११, २०८०
चरिकोट । दोलखाको विगु गाउँपालिकामा पक्राउ परेका तीन जना व्यक्तिहरुको पहिचान खुलेको छ । स्रोतका अनुसार पक्राउ पर्नेमा विगु गाउँपालिका–१, स्यालुका केशर तामाङ, लामाबगरका राज तामाङ र लामाबगर गोंगरका माधव मगर रहेका छन् ।