Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लागु औषध कारोवारको अभियोगमा दोलखा बैतेश्वरका युवक पक्राउ
लागु औषध कारोवारको अभियोगमा दोलखा बैतेश्वरका युवक पक्राउ काठमाडौं । लागु औषध कारोबार गर्ने गरेको अभियोगमा प्रहरीले दोलखा बैतेश्वरका एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बैतेश्वर गाउँपालिका वडा नम्बर २ मिर्गेका २९ वर्षिय भुवन तामाङ रहेका छन् ।
दोलखाको फलाक नाकाबाट ३३ किलो सुन तस्करी, अरबौं रुपैयाँ भुक्तानी
दोलखाको फलाक नाकाबाट ३३ किलो सुन तस्करी, अरबौं रुपैयाँ भुक्तानी चरिकोट । चीनबाट दोलखाको भूमि प्रयोग गर्दै ३३ किलो सुन तस्करी भएको पाईएको छ । चीनसँग सिमाना जोडिएको लामावगर नाका हुँदै उक्त सुन नेपाल भित्रिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख, प्रहरी नायव उपरीक्षक डिपक खड्काले लामावगरको फलाक नाका हुँदै ६ पटक गरी ३३ किलो सुन नेपाल...
हमासको नियन्त्रणमा रहेका विपिन सकुशल रहेको पुष्टि
हमासको नियन्त्रणमा रहेका विपिन सकुशल रहेको पुष्टि काठमाडौं । ईजरायलमा हमास समूहको आक्रमणपछि बेपत्ता कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ । जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा थाइल्यान्डका नागरिकहरूसँगै सुरक्षित अवस्थामा रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई आएको हो । 
युवा संघ र प्रसाई समुहलाई एकैठाउँ कार्यक्रम गर्न नदिने प्रशासनको तयारी
युवा संघ र प्रसाई समुहलाई एकैठाउँ कार्यक्रम गर्न नदिने प्रशासनको तयारी काठमाडौं । स्थानीय प्रशासनले युवा संघ र दुर्गा प्रसाईं समुहलाई एकै स्थानमा कार्यक्रम गर्न नदिने तयारी गरेको छ । यही मंसिर ७ का लागि माईतीघरमा तोकिएको कार्यक्रम एकैठाउँमा गर्न प्रशासनले नदिने भएको हो । दुवै पक्षले ७ मंसिरमा बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलबाट शक्ति प्रदर्शन गर्ने निर्णय गरेका थिए...
टिकटक बन्द गर्ने निर्णयबारे सर्वोच्चमा सुनुवाई
टिकटक बन्द गर्ने निर्णयबारे सर्वोच्चमा सुनुवाई काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटहरुमा आजबाट सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णयबाट सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत खुलेकै दिन १० रिट दर्ता भएका थिए । 
दूरसञ्चार प्राधिकरणले भन्यो : टिकटक अझै चलिरहेको भए खबर गर्नु
दूरसञ्चार प्राधिकरणले भन्यो : टिकटक अझै चलिरहेको भए खबर गर्नु काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटक चलिरहेको भए खबर गर्न आग्रह गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै प्राधिकरणले टिकटक प्रयोगमा रोक लगाउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको अवस्थामा अझै पनि कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट टिकटक चलिरहेको भए खबर गर्न आग्रह गरेको...
दोलखाको भिरकोटमा सवारी दुर्घट्ना हुँदा एक युवकको मृत्यु, एकजना गम्भिर घाईते
दोलखाको भिरकोटमा सवारी दुर्घट्ना हुँदा एक युवकको मृत्यु, एकजना गम्भिर घाईते चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । दुर्घट्नामा अर्का एक जना गम्भिर घाईते भएका छन् । 
नेपाल-भारत सिमा समस्या समाधान गर्न पत्राचार
नेपाल-भारत सिमा समस्या समाधान गर्न पत्राचार काठमाडौं । नेपालले सीमासम्बन्धी समस्याको प्राविधिक विषयहरु समाधान गर्न भारतलाई पत्राचार गरेको छ ।  बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लुजी) को बैठक राखेर सीमा लगायतका समस्या समाधान गर्न भारत सरकारसमक्ष प्रस्ताव गरिएको हो । 
टिकटक बन्द गर्ने निर्णय बिरुद्ध सर्वोच्चमा आधा दर्जन रिट
टिकटक बन्द गर्ने निर्णय बिरुद्ध सर्वोच्चमा आधा दर्जन रिट काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारी निर्णय बिरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट दायर हुन थालेको छ । सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा कम्तिमा पनि ६ वटा रिट निवेदन दर्ता भैसकेका छन् । तिहार बिदापछि अदालत खुलेको पहिलो दिन कानून व्यवसायीहरुले सरकारको निर्णयमाथि चुनौती दिई रिट निवेदनहरु पेश गरेका हुन् ।
टिकटक बन्द गर्ने सरकारको निर्णय
टिकटक बन्द गर्ने सरकारको निर्णय काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको जानकारी दिईन् । 
यमपञ्चकको दोस्रो दिन : यसरी गरिन्छ कुकुर र लक्ष्मीपूजा
यमपञ्चकको दोस्रो दिन : यसरी गरिन्छ कुकुर र लक्ष्मीपूजा काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर र लक्ष्मीको पूजा गरिँदैछ । साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाईन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।
जुवातास खेल्ने/खेलाउनेलाई यस्तो हुन्छ सजाय
जुवातास खेल्ने/खेलाउनेलाई यस्तो हुन्छ सजाय काठमाडौं । जुवातास खेल्ने र खेलाउने कार्यमा संलग्नलाई कैद र जरिवानासहितको कारबाही हुने व्यवस्था कानुनले गरेको छ । उक्त कार्यलाई नेपालको कानुनले अपराधको रुपमा परिभाषित गर्दै यस्तो व्यवस्था गरेको हो । दिनहुँजसो जुवातास खेल्ने तथा खेलाउनेलाई पक्राउ परिरहेको नेपाल प्रहरीले जनाएको छ ।
Weather Update