Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
काठमाडौंमा अनलाईनमार्फत यौन व्यवसाय, रामेछाप, सिन्धुली, ओखलढुंगाका ५ जना पक्राउ
काठमाडौंमा अनलाईनमार्फत यौन व्यवसाय, रामेछाप, सिन्धुली, ओखलढुंगाका ५ जना पक्राउ काठमाडौं । काठमाडौंमा अनलाइनमार्फत यौन व्‍यवसाय सञ्‍चालन भैरहेको पाईएको छ । अनलाईन मार्फत यौन व्यवसाय संचालन गरेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्‍न ठाउँबाट ५ जनालाई पक्राउ गरेको छ । 
दोलखाको झुलेमा सिकार खेल्न गएका एक युवकको मृत्यु, ६ जना पक्राउ
दोलखाको झुलेमा सिकार खेल्न गएका एक युवकको मृत्यु, ६ जना पक्राउ चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्कीएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षिय सन्जीव सार्की रहेका छन् । प्रहरीका अनुसार जंगलमा सिकार खेल्न गएका बेला भरुवा बन्दुक पड्कीदा उनको मृत्यु भएको हो ।
दोलखामा बरामद ११ किलो सुन प्रकरण : ९ जना पुर्पक्षका लागि थुनामा 
दोलखामा बरामद ११ किलो सुन प्रकरण : ९ जना पुर्पक्षका लागि थुनामा  चरिकोट । दोलखाको लामाबगर–फलाक नाकाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि थुनामा गएका छन् । दोलखा जिल्ला अदालतले ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो भने तीन जनालाई धरौटी र तीन जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । 
रुसी सेनामा भर्ती भएको दुई महिनामै दोलखा मेलुङका युवक मारिएको पुष्टि
रुसी सेनामा भर्ती भएको दुई महिनामै दोलखा मेलुङका युवक मारिएको पुष्टि काठमाडौं । रुसी सेनामा भर्ना भएका दोलखा मेलुङका एक युवकको मृत्यु भएको छ । जिल्लाको मेलुङ गाउँपालिका–६ सुनारपानी टोलका राजकुमार रोक्काको मृत्यु भएको हो । उनी २ महिनाअघि रोजगारीको सिलसिलामा रुस पुगेका थिए । रुसी सेनामा भर्ति भएर तालिम गरिरहेका बेला गत कात्तिक २९ गते उनको मृत्यु भएको खबर आएको...
भूकम्पको पिडा : एक हजार ७६ सुत्केरीको त्रिपालमुनि बास
भूकम्पको पिडा : एक हजार ७६ सुत्केरीको त्रिपालमुनि बास काठमाडौं । गत कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय...
भन्सार छलि दोलखा ल्याईदै गरेको सामान प्रहरीद्धारा बरामद
भन्सार छलि दोलखा ल्याईदै गरेको सामान प्रहरीद्धारा बरामद चरिकोट । भन्सार छलेर दोलखा ल्याईदै गरेको सामान प्रहरीले बरामद गरेको छ । सर्लाहीबाट दोलखा आउँदै गरेको बा.प्र.०३–००१ च १४६९ नम्बरको पिकअप भ्यानमा ल्याईदै गरेको भन्सार छलिको सामान बरामद भएको हो ।
जिरीको रामबोले मेलामा कुटपिटबाट दुई जना घाईते, दुई जना पक्राउ
जिरीको रामबोले मेलामा कुटपिटबाट दुई जना घाईते, दुई जना पक्राउ चरिकोट । दोलखाको जिरी नगरपालिका वडा नम्बर ८ को रामबोले मेलामा कुटपिटको घट्ना भएको छ । रामबोलेको कालिदेवी मन्दिरमा लागेको एकादशी मेलामा बिवादपछि कुटपिट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमवार बिहान बैतेश्वर गाउँपालिका वडा नम्बर १ गैरीमुदीका जियाङ घिसिङ र सागर घिसिङको कुटपिटबाट जिरीका दुई जना युवक घाइते...
उप्रेतीलाई अन्तराष्ट्रिय साहसिक महिला पुरस्कार
उप्रेतीलाई अन्तराष्ट्रिय साहसिक महिला पुरस्कार काठमाडौँ । नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको छ । भारतीय मानवअधिकार परिषद्ले मानवअधिकार र शान्तिका लागि योगदान पुर्‍याउनेमध्ये एकलाई सन् २०१५ देखि पुरस्कृत गर्दै आइरहेको छ । 
नेपाली सेनाले माग्यो ठूलो संख्यामा दरखास्त
नेपाली सेनाले माग्यो ठूलो संख्यामा दरखास्त काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो । 
एक लाख ६५ हजार कामदार लैजाने दक्षिण कोरियाको तयारी
एक लाख ६५ हजार कामदार लैजाने दक्षिण कोरियाको तयारी काठमाडौं । दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत लैजाने कामदारको संख्या बढाएको छ । उसले सन् २०२४ का लागि १ लाख ६५ हजार कामदार लैजाने तयारी गरेको हो । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समिति बैठकले उक्त निर्णय गरेको हो ।  
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयनमा रोक लगाउन सर्वोच्चद्धारा अस्वीकार
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयनमा रोक लगाउन सर्वोच्चद्धारा अस्वीकार काठमाडौं । सर्वोच्च अदालतले टिकटकबारे सरकारले गरेको निर्णयबारे अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन सर्वोच्चले अस्वीकार गरेको हो । न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 
लागु औषध कारोवारको अभियोगमा दोलखा बैतेश्वरका युवक पक्राउ
लागु औषध कारोवारको अभियोगमा दोलखा बैतेश्वरका युवक पक्राउ काठमाडौं । लागु औषध कारोबार गर्ने गरेको अभियोगमा प्रहरीले दोलखा बैतेश्वरका एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बैतेश्वर गाउँपालिका वडा नम्बर २ मिर्गेका २९ वर्षिय भुवन तामाङ रहेका छन् ।
Weather Update