Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जिल्ला सहकारी संघ दोलखाको अध्यक्षमा शर्मा चयन
जिल्ला सहकारी संघ दोलखाको अध्यक्षमा शर्मा चयन दोलखा । जिल्ला सहकारी संघ लिमिटेड दोलखाको १८ औँ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । सदरमुकाम चरिकोटमा सम्पन्न साधारणसभाले संघको अध्यक्षमा देवी प्रसाद शर्मालाई चयन गरेको छ । यस्तै साधारण सभाले वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, महिला उपाध्यक्षमा सरुणा बस्नेत, महासचिवमा दिलबहादुर केसी र कोषाध्यक्षमा नविन कुमार खतिवडालाई...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ । १४ किलो सुनसहित एक जना व्यक्ति पनि पक्राउ परेका छन् । फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको हो ।
एनसेल खरिद–बिक्री छानविन गर्न उच्च स्तरिय समिति गठन
एनसेल खरिद–बिक्री छानविन गर्न उच्च स्तरिय समिति गठन काठमाडौं । सरकारले एनसेलको खरिद–बिक्रीबारे छानविन गर्न उच्च स्तरिय समिति गठन गरेको छ । ८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद–बिक्रीको निर्णयबारे समितिले अध्ययन गर्नेछ । मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
एनसेल खरिद–बिक्री प्रक्रिया रोक्न लेखा समितिको निर्देशन
एनसेल खरिद–बिक्री प्रक्रिया रोक्न लेखा समितिको निर्देशन काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेल खरिद–बिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको समिति बैठकले एनसेलको अहिले चलिरहेको खरिद–बिक्री प्रक्रिया तत्काल अगाडि नबढाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।
रुसी सेनामा भर्ती भएका काभ्रेका युवक युक्रेनको नियन्त्रणमा
रुसी सेनामा भर्ती भएका काभ्रेका युवक युक्रेनको नियन्त्रणमा काठमाडौँ । युक्रेनी सेनाले रुसी सेनामा भर्ती भएका थप एक जना नेपालीलाई नियन्त्रणमा लिएको छ । काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई नियन्त्रण लिएको भिडियो सार्वजनिक भएको हो । यसअघि गत असोज २७ गते बर्दियाका २३ वर्षीय विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा रहेको भिडियो सार्वजनिक भएको थियो ।
क्यासिनो प्रवेश गर्न नेपालीलाई भारतीय कार्ड, दोलखा मेलुङका पुरुष पक्राउ
क्यासिनो प्रवेश गर्न नेपालीलाई भारतीय कार्ड, दोलखा मेलुङका पुरुष पक्राउ काठमाडौं । नेपालीलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाईदिने दोलखा मेलुङका पुरुष पक्राउ पक्राउ परेका छन् । दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ४७ वर्षिय गोविन्द खड्का र उनका अन्य दुई जना सहयोगी पक्राउ परेका हुन् ।
अबैध सुन गाल्ने कारखानामा प्रहरीको छापा, एक जना पक्राउ
अबैध सुन गाल्ने कारखानामा प्रहरीको छापा, एक जना पक्राउ काठमाडौं । काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखाना संचालन गर्ने एक जना व्यक्ति पक्राउ गरेका छन् । मंगलबार राति न्युरोडस्थित कारखानामा छापा मार्ने क्रममा न्यु ओमपर्ल गोल्ड प्रालिका सञ्चालक समेत रहेका कैलाली घर भई काठमाडौंको सानोभर्‍याङ बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डे पक्राउ परेका हुन् । 
अपरिचित व्यक्तिको कुटपिटबाट शैलुङ च्वाईचापका एक पुरुष घाईते
अपरिचित व्यक्तिको कुटपिटबाट शैलुङ च्वाईचापका एक पुरुष घाईते चरिकोट । अपरिचित व्यक्तिको कुटपिटबाट दोलखाको शैलुङ गाउँपालिकामा एक पुरुष घाईते भएका छन् । घाईते हुनेमा शैलुङ गाउँपालिका ६ का अन्दाजी ४५ वर्षिय काले तामाङ रहेका छन् । ढुङ्गेबाट छिमेकीको बिहेभोज खाई घर फर्कने क्रममा उनीमाथि खोकरेदोङ भन्ने जंगलमा कुटपिट भएको प्रहरीले जनाएको छ ।
नेपालबाट रुसी सेनामा पठाउने गिरोह पक्राउ
नेपालबाट रुसी सेनामा पठाउने गिरोह पक्राउ काठमाडौं । प्रहरीले नेपालबाट रुसी सेनामा युवाहरु पठाउने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।
नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैद
नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैद काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणका सम्बन्धमा फैसला सुनाएको छ । अदालतले २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो । 
मेलुङ गाउँपालिकामा स्वास्थ्य स्वयंसेविकाहरुको सम्मान र बिदाई
मेलुङ गाउँपालिकामा स्वास्थ्य स्वयंसेविकाहरुको सम्मान र बिदाई चरिकोट । दोलखाको मेलुङ गाउँपालिकाले स्वास्थ्य स्वयंसेविकाहरुको सम्मान र बिदाई गरेको छ । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित कार्यक्रमका बीच गाउँपालिकाले ६० वर्ष उमेर पुगेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई गरेको हो ।
जिरीबाट बर्दीबास जाँदै गरेको बस र स्कुटी आपसमा ठोक्किँदा एक जना घाईते
जिरीबाट बर्दीबास जाँदै गरेको बस र स्कुटी आपसमा ठोक्किँदा एक जना घाईते चरिकोट । जिरीबाट बर्दीबास जाँदै गरेको बस र स्कुटी आपसमा ठोक्किँदा एक महिला घाईते भएकी छन् । बा.प्र.–०३०–०१ ख् २१९४ नम्बरको बसले मन्थलीबाट खिम्ती जाँदै गरेको बा. ७६ प २५३२ नम्बरको स्कुटी आपसमा ठोक्किएर दुर्घट्ना भएको हो ।
Weather Update