प्रचण्डलाई जुत्ता प्रहार गर्ने भन्छन् : भाषण चित्त नबुझेपछि आवेशमा आएछु,
आइतबार, फागुन १८, २०७६
वालिका खड्काले दिएको मुद्धा छिट्टै टुंगिन्छ-मुख्यमन्त्री राई
शनिबार, फागुन १७, २०७६
खड्काले राईलाई आफ्नो पति भएको दावी सहित अदालतमा अंश मुद्धा दायर गरेपछि राईले सञ्चारमाध्यममा सार्वजानिक प्रतिक्रिया दिएका हुन् । मुख्यमन्त्री राईले खड्काको आरोपलाई आफुबिरुद्धको षड्यन्त्रको रुपमा प्रस्तुत गरेका छन् । उनले आफु विरुद्ध २०७२ सालमा सञ्चार मन्त्रीदेखि नै षड्यन्त्र सुरु भएको र अहिले पनि त्यसैको निरन्तरता स्वरुप मुद्धा हालिएको बताए...
यस्ता छन् मन्त्री गुरुङको सय दिने उपलब्धी (विस्तृत बिवरणसहित)
शनिबार, फागुन १७, २०७६
सय दिनको उपलब्धी सार्वजानिक गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा केही नयाँ कार्यक्रम समेत घोषणा गरिएको छ । मन्त्री गुरुङले मानव बेचबिखन तथा ओसारपसारमा पीडितको तत्काल उद्धार तथा संरक्षण गर्न सबै स्थानीय तहमा अल्पकालीन पुनःस्थापना कोष स्थापनाको घोषणा गरेका हुन् । घोषित कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) (दोस्रो...
राष्ट्रपतिको भेटी र गृहको बोकासहित भीमेश्वरमा क्षमापूजा
बिहीबार, फागुन १५, २०७६
भिमेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष विराजमान श्रेष्ठका अनुसार भिमेश्वर मन्दिर गृह मन्त्रालयले पठाएका दुई काला बोका र स्थानीयवासीका तर्फबाट दुई गरी चार वटा बोकाको बली दिएर क्षमापूजा गरिएको छ । मंगलबार बिहान ९ बजेबाट सुरु गरिएको क्षमापूजामा ११ आवर्ती, रुद्री पाठ तथा राष्ट्रमा कुनै अशुभ घटना नहोस् भन्ने...
देउवाको आरोप : सरकारले मनपरी गर्न थाल्यो
सोमबार, फागुन १२, २०७६
सभापति देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने विषय नभएकाले यसमा संलग्न कसैलाई छाड्न नहुने बताए। यो प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने भन्दै देउवाले त्यसमा नेपाली कांग्रेसले पनि खोजी गर्ने बताए।
प्रेस काउन्सिल विद्येयक सच्याउन सभामुखको ध्यानाकर्षण
सोमबार, फागुन १२, २०७६
महासंघको टोलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु रहेकाले त्यसलाई बन्देज लगाउने प्रावधानलाई सच्याउन ध्यानाकर्षण गराएको कार्यबाहक अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । कार्यबाहक अध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टसहितको टोलीले सोमबार सभामुख सापकोटालाई भेटेर अभिव्यक्ति स्वतन्त्रतासँग सरोकार राख्ने कानून निर्माण गर्दा सरोकारवालाको आवाज सुन्न पनि आग्रह गरेको छ...
राजीनामापछि बाँस्कोटामाथि अख्तियारको निगरानी
शुक्रबार, फागुन ९, २०७६
७० करोडको कमिसन डिल गरेको अडिओ सार्वजनिक भएपछि छानविनलाई सघाउन भन्दै बाँस्कोटाले राजीनामा दिएका थिए । यस प्रकरणसँग सम्बन्धित तथ्य र प्रमाण नष्ट हुनसक्ने खतरा ध्यानमा राख्दै अख्तियारले बाँस्कोटालाई निरगानीमा राखेको स्रोतले बताएको छ ।
संचारमन्त्री वास्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजानिक
बिहीबार, फागुन ८, २०७६
अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा सुन्न सकिन्छ । मन्त्री बास्कोटाले लेनदेनमा सहमति जनाउँदै एजेन्टसँग कर्मचारीहरुलाई नभन्नु भनेका छन् । मन्त्री बास्कोटासँग कमिसनबारे सम्वाद गर्ने व्यक्ति स्वीस कम्पनीका एजेन्ट विजय मिश्र रहेको स्रोतहरुले जनाएका छन् ।
स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित
मंगलबार, फागुन ६, २०७६
सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्ववियू चुनाव स्थगित भएको सूचना आएको बताए ।