सरकारले भन्यो - कास्कीमा कोरोना संक्रमण पुष्टि भएको छैन
शुक्रबार, चैत २१, २०७६
नगरपालिकालाई सहकारी संस्थाहरुको ५ लाख ४४ हजार सहयोग
बिहीबार, चैत २०, २०७६
सहकारी संस्थाहरुले नगरपालिकालाई आर्थिक सहयोग गर्ने निर्णयसँगै सामाजिक संजालमा विरोध र आलोचना पनि सुरु भएको छ । जिल्ला दैवी प्रकोष उद्धार कोषमा रहेको रकम खर्च गर्ने योजना बन्न नसकेको बेला सहकारीहरुले सहयोग गर्नु उचित नभएको भन्दै आलोचना भएको हो । पत्रकार महासंघ दोलखा शाखाका पुर्वअध्यक्ष राजेन्द्र मानन्धरले कोरोना भाईरस बिरुद्ध...
कोरोना रोकथाम : दोलखाका स्थानीय तहलाई प्रदेश सरकारको ९४ लाख
मंगलबार, चैत १८, २०७६
जिल्लाका दुई नगरपालिकाले १२/१२ लाखका दरले २ लाख र ७ वटा गाउँपालिकाले १०/१० लाखका दरले ७० लाख गरी कुल ९४ लाख रुपैयाँ बजेट प्राप्त गरेका हुन् । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशबासीलाई सम्वोधन गर्दै उक्त रकम स्थानीय तहलाई निकासा दिएको जानकारी दिए । सो रकम स्थानीय तहले कोरोना संक्रमण...
महासंघको भवनका लागि ९ वटै स्थानीय तहबाट सहयोग जुट्यो, मेलुङ गाउँपालिकाको ३ लाख
मंगलबार, चैत १८, २०७६
लकडाउन सफल पार्न दोलखामा निषेधाज्ञा जारी
मंगलबार, चैत १८, २०७६
प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले संक्रामक रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिहरुलाई सोही ऐन बमोजिम सजाय गर्न र उक्त आदेश प्रभावकारी रुपमा कार्यान्वयन गर्न निषेधाज्ञा जारी गरिएको स्पष्ट पारे । संक्रामक रोग कोरोना भाईरस जिल्लामा फैलिन नदिन यस्तो निर्णय लिनु परेको उनले बताए...
जिप दुर्घट्नामा रामेछाप दोरोम्बाका दुई जनाको मृत्यु
मंगलबार, चैत १८, २०७६
उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक बिक्रमकुमार थापाले जानकारी दिए । गोपीलालको शिर मेमोरियल अस्पताल बनेपा र संगीताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कोरोना रोकथाममा सेनाको बैकल्पिक तयारी
मंगलबार, चैत १८, २०७६
हाल तयार गरिएका क्वारेन्टाईन र आईसोलेसनले धान्न नसक्ने अवस्था आए सेनाले तत्काल ४० जनालाई उपचार गर्नसक्ने गरी बैकल्पिक तयारी गरेको गणपति निखिल कुँवरले जानकारी दिए । ‘जिल्लामा कोरोनाले महामारीको रुप लिएको अवस्थामा जिल्लाबासिको जिवन रक्षका लागि स्रोत साधन र क्षमताले भ्याएसम्म सम्पुर्ण रुपले परिचालित हुन्छ, जिल्ला स्थित संचारकर्मीसँगको छलफलमा उनले...