Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एनसेलको सेयर कारोबारमा अनुमति नदिन राज्य व्यवस्था समितिको निर्देशन
एनसेलको सेयर कारोबारमा अनुमति नदिन राज्य व्यवस्था समितिको निर्देशन काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर कारोबारमा कुनै स्वीकृति र सहमति नदिन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको समितिले एनसेल छानबिन समितिको प्रतिवेदन नआउन्जेल यसको कारोबार गर्न नदिने निर्देशन दिएको हो । 
माल्टा पठाईदिन्छु भन्दै ठगी, रामेछापका युवक पक्राउ
माल्टा पठाईदिन्छु भन्दै ठगी, रामेछापका युवक पक्राउ काठमाडौं । वैदेशिक रोजगारीका निम्ति माल्टा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा रामेछापका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का २६ वर्षीय पोसाक सुनुवार छन् ।
रुस–युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न आयोगको आग्रह
रुस–युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न आयोगको आग्रह काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको  छ । रूसी सेनामा भर्ती भएकाहरु युक्रेनसँगको युद्धका क्रममा धमाधम मारिन थालेपछि आयोगले यस्तो आग्रह गरेको हो । 
दोलखा सुस्पाक्षमावतीका किशोर मृत अबस्थामा फेला
दोलखा सुस्पाक्षमावतीका किशोर मृत अबस्थामा फेला दोलखा । दोलखा जिल्ला सुस्पाक्षमावतीका एक किशोर मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा भीमेश्वर नगरपालिका वडा नम्ब १ सुस्पाक्षमावती पानीघाटका १४ वर्षीय अविरल उप्रेती रहेका छन् ।
दोलखामा भीआईपीहरुको लर्को, दुई पुर्वप्रधानमन्त्री आए, बहालवाला प्रधानमन्त्री आउँदै  
दोलखामा भीआईपीहरुको लर्को, दुई पुर्वप्रधानमन्त्री आए, बहालवाला प्रधानमन्त्री आउँदै   चरिकोट । दोलखामा भीआईपीहरु आउने क्रम बढेको छ । एकै साता दुई जना पूर्वप्रधानमन्त्रीहरु दोलखा आईसकेका छन् भने पुषको दोस्रो साता बहालवाला प्रधानमन्त्री आउने कार्यक्रम तय भैसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी पुष १३ गते दोलखा सदरमुकाम चरिकोट आउने कार्यक्रम छ ।
भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता खाँण ३० लाख धरौटीमा छुट्ने
भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता खाँण ३० लाख धरौटीमा छुट्ने काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि कांग्रेस नेता बालकृष्ण खाँण ३० लाख रुपैयाँ धरौटीमा छुट्ने भएका छन् । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको अवस्थाको अभाव देखिएको भन्दै उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । 
धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपातको प्रयास
धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपातको प्रयास धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा दुर्व्यबहारको प्रयास भएको छ । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार गर्ने प्रयास भएको हो । ओलीमाथि सोही स्थानमा महेश राईले मुक्का प्रहार गरेपनि सुरक्षागार्ड र अन्य सहभागीले रोकेका थिए...
१५ वर्षमा वैदेशिक रोजगारीका क्रममा १३ हजार नेपालीले ज्यान गुमाएको तथ्यांक
१५ वर्षमा वैदेशिक रोजगारीका क्रममा १३ हजार नेपालीले ज्यान गुमाएको तथ्यांक काठमाडौं । वैदेशिक रोजगारीको क्रममा करिब १३ हजार नेपालीले ज्यान गुमाएको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भैरहेको छ । बोर्डका अनुसार उक्त तथ्यांक आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्मको...
टिकटक माथिको प्रतिबन्ध हटाउने प्रधानमन्त्रीको संकेत
टिकटक माथिको प्रतिबन्ध हटाउने प्रधानमन्त्रीको संकेत काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटक टिकटक प्रतिबन्ध हटाउने संकेत गरेका छन् । टिकटकका उच्च अधिकारीसँग भएको अनौपचारिक कुराकानीका क्रममा उनले यस्तो संकेत दिएका हुन् । प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले आफूहरूले टिकटकका प्रतिनिधिसँग छलफल गरेको जानकारी दिए ।
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
धादिङ केन्द्रबिन्दु भएर भूकम्प काठमाडौँ । धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
Weather Update