Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका पालिकाहरुको कुल बजेट ५ अर्व ६९ करोड ९६ लाख, पूर्वाधार विकासमा केन्द्रित
दोलखाका पालिकाहरुको कुल बजेट ५ अर्व ६९ करोड ९६ लाख, पूर्वाधार विकासमा केन्द्रित चरिकोट - दोलखा जिल्लाका नौ वटा स्थानीय तहको कुल बजेटको आकार ५ अर्व ६९ करोड ९६ लाख १ हजार पुगेको छ । आगामी आर्थिक वर्ष २०७९÷को लागि जिल्ला स्थित ९ वटै पालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । दोलखामा जनप्रतिनिधिको दोस्रो कार्यकालमा पनि अघिल्लो कार्यकालको जस्तै...
बैतेश्वर गाउँपालिकाको बजेट ५५ करोड ४ लाख 
बैतेश्वर गाउँपालिकाको बजेट ५५ करोड ४ लाख  चरिकोट - दोलखाको बैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र०८० को को लागि ५५ करोड ४ लाख ३० हजार रुपैयाँ बरावरको बजेट प्रस्तुत गरेको छ ।  गाउँपालिका अध्यक्ष छबि लामाको अध्यक्षयतामा भएको गाउँसभामा उपाध्यक्ष कल्पना उप्रेतीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा पुर्वाधार विकासलाई प्राथमिकता दिँदै १०...
मेलुङको बजेट : सुत्केरी पोषण भत्ता, उद्यम विकास कोष स्थापनादेखि योजना बैंकको प्रस्ताव
मेलुङको बजेट : सुत्केरी पोषण भत्ता, उद्यम विकास कोष स्थापनादेखि योजना बैंकको प्रस्ताव चरिकोट – दोलखाको मेलुङ गाउँपालिका आगामी आर्थिक वर्ष २०७९ ८० को लागि ५७ करोड ६६ लाख २४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आज आयोजित गाउँसभामा उपाध्यक्ष गायत्री आचार्यले गाउँपालिका नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।
गौरीशंकर गाउँपालिकाले ल्यायो ५६ करोड ९८ लाखको बजेट, पालिका र वडाको पूर्वाधारमा १० करोड ९१ लाख
गौरीशंकर गाउँपालिकाले ल्यायो ५६ करोड ९८ लाखको बजेट, पालिका र वडाको पूर्वाधारमा १० करोड ९१ लाख चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिकाले पुर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९ ८० का लागि गौरीशंकर गाउँपालिकाले ५६ करोड ९८ लाख बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाको आज आयोजित गाउँसभामा उपाध्यक्ष श्यामसुन्दर तमाङले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सहित कुल...
भीमेश्वर नगरपालिकाद्धारा ९० करोड ७० हजार रुपैयाँको बजेट सार्वजनिक
भीमेश्वर नगरपालिकाद्धारा ९० करोड ७० हजार रुपैयाँको बजेट सार्वजनिक चरिकोट – दोलखाको सबैभन्दा ठुलो स्थानीय तह भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९० करोड ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सदरमुकाम चरिकोट स्थित नगरपालिकाको कार्यालयमा आज आयोजित नगरसभामा उपप्रमुख कमला बस्नेतको तर्फबाट नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत भएको हो ।
कालिञ्चोक गाउँपालिकाको आगामी आवको बजेट ७२ करोड १९ लाख, पूर्वाधार, कृषि र शिक्षामा जोड 
कालिञ्चोक गाउँपालिकाको आगामी आवको बजेट ७२ करोड १९ लाख, पूर्वाधार, कृषि र शिक्षामा जोड  चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ७२ करोड भन्दा ठुलो बजेट सार्वजानिक गरेको छ । आज आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले नीति कार्यक्रमसँगै कुल ७२ करोड १९ लाख ८० हजार रुपैयाँ बरावरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।  
वाग्मती प्रदेश बजेट : लोकरिझ्याईमा केन्द्रीत, कृषि अनुदान खारेज, घुमफिर वर्ष घोषणा
वाग्मती प्रदेश बजेट : लोकरिझ्याईमा केन्द्रीत, कृषि अनुदान खारेज, घुमफिर वर्ष घोषणा हेटौंडा – वागमती प्रदेश सरकारको बजेटमा चुनावलक्षित वितरणमुखी कार्यक्रमहरुले प्राथमिकता पाएको छ । लोकरिझ्याइँका कार्यक्रमलाई जोड दिँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको हो । प्रदेशले आफ्नो खर्च र स्रोत क्षमता भुलेर चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि ठूलो आकारको बजेट ल्याएको छ ।
बागमती प्रदेशका कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि, २ हजार महंगी भत्ता
बागमती प्रदेशका कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि, २ हजार महंगी भत्ता हेटौंडा - बागमती प्रदेश सरकारले प्रदेश मातहतमा रहेका कर्मचारीहरुको तलव बढाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश निजामती कर्मचारीहरुको तलब पनि संघीय निजामती कर्मचारी सरह १५ प्रतिशतले तलब वृद्धि गरेको घोषणा गरे ।
वाग्मती प्रदेश सरकारद्धारा ७० अर्ब ९३ करोड ९३ लाखको बजेट सार्वजनिक (पुर्णपाठ)
वाग्मती प्रदेश सरकारद्धारा ७० अर्ब ९३ करोड ९३ लाखको बजेट सार्वजनिक (पुर्णपाठ) हेटौंडा - वागमती प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि २०७९ ८० को लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजानिक गरेको छ । बुधवार बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले नयाँ आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्नुभएको हो ।
चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले महँगियो 
चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले महँगियो  काठमाण्डौं - दैनिक उपभोग्य बस्तुको मुख्य बढ्ने क्रम रोकिएको छैन । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको हो ।
डलरको भाउले कायम गर्यो नयाँ रेकर्ड
डलरको भाउले कायम गर्यो नयाँ रेकर्ड काठमाडौँ - नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । सोही क्रममा एक अमेरिकी डलरको विनिमय दर १ सय २४.८४ रुपैयाँ पुगेको छ । यो हालसम्मकै बलियो र बलियो हो ।
Weather Update