फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
शुक्रबार, मंसिर १६, २०७९
कालिञ्चोक केवलकारमा वैदेशिक रोजगारीमा रहेका र दोलखालीलाई सेयर खुल्यो
बुधबार, मंसिर १४, २०७९
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले दोलखा जिल्लाबासी र बैदेशिक रोजगारीमा रहेकाहरुको लागि (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको जनाएको छ ।
आयल निगम पाक्षिक १८ करोड नाफामा, ईन्धन मुल्य नघट्ने
बिहीबार, कात्तिक १७, २०७९
काठमाडौँ - नेपाल आयल निगम करौडौं नाफामा गएपनि सरकारले ईन्धनको मुल्य नघटाउने भएको छ । भारतबाट पछिल्लो समय इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगम आगामी पाक्षिक अवधि (१५ दिन) मा १८ करोड नाफा रहनेछ । निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले दुई दिनअघि इन्धनको मूल्य बढाएर सूची पठाएको...
डलरको भाउ बढेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर
बिहीबार, कात्तिक ३, २०७९
काठमाडौँ - नेपाली मद्रा हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको विनिमयदर १३३.१४ रुपैयाँ (बिक्रीदर) तोकेको छ । खरिद दर १३२.५४ रुपैयाँ छ । यो हालसम्मकै उच्च दर हो । पछिल्लो तीन महिनायता निरन्तरजसो डलरको भाउ उकालो लागिरहेको छ ।
माथिल्लो तामाकोशीबाट विद्युत उत्पादनको एक बर्ष : दैनिक ४ करोड आम्दानी
बिहीबार, भदौ ३०, २०७९
चरिकोट – माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दैनिक ४ करोड रुपैयाँ आम्दानी गरिरहेको छ । आयोजनाका अधिकारीहरुका अनुसार आयोजनाबाट अहिले पूर्ण क्षमतामा विद्युत उत्पादन भैरहेको छ । जसबाट आयोजनाले दैनिक ४ करोड रुपैयाँ बराबरको विद्युत बिक्रि गरिरहेको छ । आयोजनाले २०७८ भदौ ४ गतेदेखि ४ वटा युनिटहरू र सोही महिनाको २५...
युक्रेन युद्ध र प्रतिकूल मौसमले खाद्य संकटको जोखिम
मंगलबार, साउन २४, २०७९
काठमाडौँ - युद्ध र प्रतिकुल मौसमका कारण नेपालमा पनि खाद्य संकट निम्तिने जोखिम बढेको छ । रूस–युक्रेन तनावले आपूर्ति शृंखला खुम्चिँदै गएका बेला उत्पादनमा पनि गिरावट आएपछि खाद्यान्न संकट निम्तिने चिन्ता बढेको हो । मनसुन समयमै सक्रिय भए पनि साउन दोस्रो सातासम्म ८६.३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।
१०२ मेगावाटको मध्यभोटेकोशी आयोजनाको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न, सुरुङमा ब्रेक थ्रु
बुधबार, साउन १८, २०७९
चौतारा - सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार ७१२४ मिटरको सुरुङ समेत ब्रेक–थ्रु भएको छ । ब्रेक थ्रुपछि हाल सुरुङ ढलान गर्ने काम भइरहेको छ । आयोजनाका प्रशासकीय अधिकृत रामराज रायले पावर हाउस र ड्यामसहित निर्माणका सबै काम अन्तिम...
जग्गा धितोमा राखेर पाउने ऋणको सीमा घट्यो
बुधबार, साउन १८, २०७९
काठमाडौं - जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा आजबाट कार्यान्वयनमा आएको छ । ऋणको सीमा काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्था कार्यान्वयनमा आएको हो ।
बन्द र रुग्ण उद्योगहरु पुनः संचालन गर्ने योजना, खरिढुंगा म्याग्नेसाईट संचालन होला ?
मंगलबार, साउन १७, २०७९
चरिकोट - दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ खरिढुंगा स्थित रुग्ण उद्योग ओरियन्ट म्याग्नेसाईट पुनः संचालनमा ल्याउने तयारी भैरहेको जनाएको छ । बन्द र रुग्ण अवस्थामा रहेका उद्योगहरु पुनः संचालनमा ल्याउने योजना अन्तर्गत खरिढुंगा म्याग्नेसाईट उद्योग पनि संचालन गर्ने सरकारको तयारी छ ।
पुँजीगत खर्च ५७.२३ प्रतिशतमै सिमित, लक्ष्यभन्दा १६२ अर्ब कम
आइतबार, साउन १, २०७९
काठमाडौं - हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्दै शतप्रतिशत लक्ष्य भेट्याउने उद्घोष गरेको वर्तमान सरकारले आर्थिक वर्ष सकिंदा मात्र ५७.२३ प्रतिशत पुँजीगत खर्च गर्न सकेको छ ।
बजारमा मुल्य बृद्धिदरको नयाँ रेकर्ड, महंगी ६ वर्षयताकै उच्च विन्दुमा
मंगलबार, असार २८, २०७९
काठमाण्डौं - बजारमा महँगी बृद्धिदरले नयाँ रेकर्ड कायम गरेको छ । गत जेठमा मूल्य वृद्धिदर ६ वर्षयताकै उच्च विन्दुमा पुगेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले नै देखाएको छ । चालु आर्थिक वर्षको जेठ महिनामा समग्र मूल्य वृद्धिदर ८.५६ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक...
साना किसान सहकारीमा झण्डै १३ लाख घरपरिवार जोडिए, ८५ अर्ब बराबरको पुँजी परिचालन
आइतबार, असार २६, २०७९
चरिकोट – नेपालमा साना किसान सहकारी संस्थाहरुको पुँजी परिचालन ८५ अर्वको हाराहारीमा पुगेको छ । करिव १२ सय साना किसान सहकारी संस्था र सोही प्रकृतिका कृषि सहकारी संस्था गरी १३ सय सहकारी संस्थाहरुले ८५ अर्व वरावरको पुँजी परिचालन गरिरहेका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठकले कुल...