Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नयाँ आर्थिक वर्षको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड (पूर्णपाठ)
नयाँ आर्थिक वर्षको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड (पूर्णपाठ) काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको आकार बढाएको छ । अर्थमन्त्री प्रकाशसरण महतले नयाँ आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्बजनिक गरेका हुन् । यो चालु आर्थिक वर्ष २०७९र८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब...
वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक 
वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक  हेटौंडा । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको आईतवार बसेको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा केही पुराना र नयाँ कार्यक्रमलाई समेटिएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।
नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने
नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने काठमाडौँ । नेपालको आर्थिक बृद्धिदर खुम्चिने भएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने देखिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २.१६ प्रतिशतमा सिमित हुनेछ ।
दोलखाको मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड
दोलखाको मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड काठमाडौं । दोलखाकोक गौरीशंकर गाउँपालिका स्थित मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । उक्त हाईड्रोपावरले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटले बुधबार आईपीओ बाँडफाँट गरेको हो ।
माथिल्लो तामाकोशीको विद्युत निर्यात प्रस्ताव भारतले अझै स्वीकृत गरेन
माथिल्लो तामाकोशीको विद्युत निर्यात प्रस्ताव भारतले अझै स्वीकृत गरेन काठमाडौँ । बिजुली निर्यात गर्न नेपालले पठाएको माथिल्लो तामाकोशी जलविद्यूत आयोजनाको प्रस्ताव भारतको अझै स्वीकृत गरेको छैन । नेपालले माथिल्लो तामाकोशी आयोजनाको विद्यूत भारतिय बजारमा बिक्रीका लागि गत फागुनमा भएको ऊर्जा सम्मेलनअघि नै प्रस्ताव पठाएको थियो । 
सिन्धुपाल्चोकको तातोपानी नाका संचालनमा आउने
सिन्धुपाल्चोकको तातोपानी नाका संचालनमा आउने काठमाडौं । चीनसँगको सिमा स्थित व्यापारिक नाकाहरु खुल्ने भएका छन् । चीनले बैशाख १८ देखि नेपालसँगका थप दुई व्यापारिक सिन्धुपाल्चोकको तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको हो । चैत १५, अर्थात २९ मार्च मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण साउनभित्र सक्न प्राधिकरणको निर्देशन
नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण साउनभित्र सक्न प्राधिकरणको निर्देशन काठमाडौँ । तामाकोसी–काठमाडौं २२०–४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न नहुँदा मध्ये भोटेकोसी जलविद्युत आयोजनाको विद्युत खेर जाने अबस्था आएको छ । विद्यूत खेर जाने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न गर्न ताकेता गरेको छ ।
बैंक तथा बित्तीय संस्थाको बृहत समिक्षा गर्ने प्रधानमन्त्रीको तयारी
बैंक तथा बित्तीय संस्थाको बृहत समिक्षा गर्ने प्रधानमन्त्रीको तयारी काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याको समिक्षा गर्ने तयारी गरेका छन् । समस्या समाधानका लागि उनले बृहत् समीक्षा बैठक बोलाउने भएका हुन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो जानकारी दिएका हुन् ।
नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब
नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब काठमाडौँ ।  चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी...
Weather Update