उर्जा र सिँचाई क्षेत्रमा बाढीपहिरोबाट १३ अर्ब बढीको क्षति
मंगलबार, मंसिर ४, २०८१
मध्य भोटेकोसी आयोजनाको सुरुङ परीक्षण
शुक्रबार, कात्तिक ३०, २०८१
चौतारा । सिन्धुपाल्चोक स्थित १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको सुरुङ परीक्षणको काम अन्तिम चरणमा पुगेको छ । ७ किमि सुरुङ परीक्षणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ पानी भरेर पावरहाउसमा इलेक्ट्रोमेकानिकल परीक्षणको तयारी गरिएको छ ।
नेपालको बिजुली अब बंगलादेशमा
शुक्रबार, कात्तिक ३०, २०८१
काठमाडौं । नेपालमा उत्पादन भएको बिजुली शुक्रबारदेखि बंगलादेश पुग्दैछ । शुक्रबार ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुनेछ । आगामी वर्षको जुन महिनाबाट नियमित निर्यात गर्ने प्राधिकरणको तयारी छ।
उद्योगमा विद्युत नजोड्न परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
बुधबार, कात्तिक २८, २०८१
काठमाडौं । उद्योगमा विद्युत नजोड्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार, प्राधिकरण र आफू स्वयं (कार्यकारी निर्देशक) विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न लगाएका थिए । दोस्रो रिटमा पनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार...
पिक डिमाण्डको समयमा पनि २५३ मेगावाट विजुली भारत निर्यात
शुक्रबार, कात्तिक १६, २०८१
काठमाडौं । यस वर्षको तिहारको पिक डिमाण्डमा पनि २५३ मेगावाट विजुली भारत निर्यात गरिएको छ । लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको छ । उक्त डिमाण्ड आपुर्ति भएर बाँकी बिद्युत भारत निर्यात भएको हो ।
विस्फोटक पदार्थ आयातमा भारतको अबरोध, जलविद्युत आयोजना प्रभावित
शनिबार, कात्तिक १०, २०८१
काठमाडौँ । भारतले विस्फोटक पदार्थ आयात रोक्दा नेपालका जलविद्युत आयोजनाहरु फेरी प्रभावित भएका छन् । भारतले अनुमतिपत्र अर्थात् ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) दिन आनाकानी गरेको हो । जसका कारण तीन दर्जनभन्दा बढी जलविद्युत् आयोजना समस्यामा परेका छन् ।
अपर तामाकोशीमा कति भयो क्षति, कहिले हुन्छ संचालन ?
मंगलबार, असोज २२, २०८१
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्यूत आयोजनामा बाढीपहिरोले पु¥याएको क्षतिको एकिन बिवरण आउन सकेको छैन । आयोजना अधिकारीहरुका अनुसार क्षति मूल्यांकनको काम भैरहेको छ । अविरल वर्षासँगै गत असोज १२ गते आएको पहिरोले आयोजनाको बाँधस्थलको कन्ट्रोल रुममा पूर्ण रुपमा क्षति पुगेको छ ।
११ सय मेगावाट बिजुली उत्पादन बन्द, अपर तामाकोशीमा बढी क्षति
आइतबार, असोज १३, २०८१
काठमाडौं । बाढिपहिरोका कारण ऊर्जा क्षेत्रमा ठुलो क्षति पुगेको छ । उर्जा क्षेत्रमा २ अर्ब ४५ करोड रुपैयाँ हाराहारी क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री दीपक खड्काका अनुसार अहिले ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ । सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबर क्षति आकलन...
आर्थिक बृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण
बिहीबार, असोज १०, २०८१
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यस वर्ष कृषि उत्पादनमा सुधार, बिजुली उत्पादनमा वृद्धि र सुध्रिँदै गएको पर्यटन क्षेत्रलगायत कारण आर्थिक वृद्धिमा सुधार हुने एडीबीको प्रक्षेपण छ । सरकारले भने चालु आर्थिक वर्ष २०८१/८२ मा ६...
इन्धनको मूल्यमा निरन्तर गिरावट
बिहीबार, असोज १०, २०८१
काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य र खपतमा निरन्तर गिरावट देखिएको छ । पछिल्लो दुई यता इन्धनको मूल्यसँगै खपत समेत घट्दो क्रममा छ। २०७९ असार ६ गते काठमाडौं उपत्यकामा प्रतिलिटर डिजेलको मूल्य १९२ रूपैयाँ र पेट्रोलको १९९ रूपैयाँ थियो ।
नयाँ क्षेत्रमा कर लगाउने सरकारको तयारी
सोमबार, भदौ ३१, २०८१
काठमाडौं । सरकारले आन्तरिक राजस्व परिचालन सम्बन्धी नयाँ योजना अघि सारको छ । राजस्व परिचालनका लागि आगामी पाँच वर्षे रणनीति (डिआरएमएस) कार्यान्वयनमा ल्याईएको हो ।
लगाडी बोर्डको सिइओमा सुशील ज्ञवाली
शुक्रबार, भदौ २८, २०८१
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।